कुन कुन जीवन विमा कम्पनीले लाभांश घोषणा गरिसकेका छन् ?
नेप्सेमा लिष्टेड १२ वटा जीवन विमा (Life Insurance) कंपनीहरुमद्दे ६ वटा कंपनीहरुले लाभांश घोषणा गरी सकेका छन् । लाभांश घोषणा गरेका कम्पनीहरुमा आइएमई लाइफ (ILI), सूर्यज्योति लाइफ (SJLIC), सिटिजन लाइफ (CLI), रिलायबल लाइफ (RNLI), एशियन लाइफ (ALICL) र सन नेपाल लाइफ (SNLI) कम्पनीहरु छन् । लाभांश घोषणा गरेका जीवन बीमा कम्पनीहरुमद्दे सबैभन्दा बढी लाभांश सूर्यज्याति लाइफ इन्स्योरेन्सले ३५ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमद्दे बोनस शेयर १०.२६ प्रतिशत र नगद २४.७४ प्रतिशत छ । घोषित लाभांश मद्दे सबैभन्दा घटी सिटिजन लाइफ इन्स्योरेन्सले नगद र बोनस शेयर गरी जम्मा ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।
यस सम्वन्धि विवरण यस प्रकार छ ।

Dividend Declaration Status 079/80
Life Insurance
CompanyBonus %Cash %Total %Book CloseFiscal Year
SJLIC10.26%24.74%35.00%2024-04-192079/2080
ILI25.00%9.50%34.50%2079/2080
SNLI23.80%1.25%25.05%2024-05-092079/2080
RNLI16.00%0.84%16.84%2024-01-292079/2080
ALICL7.75%0.41%8.16%2024-02-202079/2080
CLI5.00%0.26%5.26%2024-01-142079/2080
Life Insurance dividend declaration

लाभांश नदिने घोषणा गरेका कम्पनीहरुः

यसैगरी ४ वटा इन्स्योरेन्स कम्पनीहरुले यस आ.ब मा लाभांश नदिने घोषणा गरी सकेका छन् । ति इन्स्योरेन्स कम्पनीहरुमा नेपाल लाइफ (NLIC), लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) (LICN), हिमालयन लाइफ (HLI) र सानिमा रिलायन्स लाइफ (SRLI) छन् ।

लाभांश घोषणा हुन बाकीं कम्पनीहरुः

लाभांश घोषणा हुन बाकीं इन्स्योरेन्स कम्पनीहरुमा नेसनल लाइफ (NLICL) र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स (PMLI) कम्पनी छन् ।
पछिल्लो तथ्यांक अनुसार लाइफ इन्स्योरेन्स कम्पनीहरुको चुक्तापुँजी र कारोबारयोग्य शेयर संरचनाको कुरा गर्नुपर्दा सबैभन्दा धेरै चुक्तापुँजी रहेको कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ जस्को चुक्तापुँजी ८ अर्बभन्दा बढी रहेका छ भने सबैभन्दा कम चुक्तापुँजी रहेको इन्स्योरेन्स कम्पनीमा लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ जस्को चुक्तापुँजी २ अर्ब ६५ करोड रहेको छ । कारोबारमा रहेको शेयर संरचनाको कुरा गर्नुपर्दा सबैभन्दा बढी कारोबारयोग्य शेयर नेपाल लाइफ र सबैभन्दा कम प्रभुमहालक्ष्मी लाइफ इन्स्योरेन्सको रहेको छ ।
यस सम्वन्धि विवरण यस प्रकार छ ।

Paid Up Capital
SymbolShare OutstandingFloated SharesPaid Up Capital
NLIC8207966540219036.048207966539
HLI8020383639299879.648020383600
SJLIC5011947824558544.215011947797
NLICL5011666417540832.445011666411
ALICL3399836316659197.93399836306
RNLI46400000139200004640000000
SRLI41840000125520004184000000
ILI40000000120000004000000000
CLI39375000118125003937500000
SNLI3200000096000003200000000
LICN2653200079596002653200000
PMLI4296000065857684296000000
Paid Up and Floated Shares

पुँजीबृद्धि सम्बन्धी योजनाः
बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब रुपयाँ पुँजी पुर्याउन निर्देशन दिएको छ । यसको लागि कतिपय जीवन बीमा कम्पनीले एक आपसमा मर्जर गरेर पनि चुक्ता पुँजी बढाएका छन् भने कतिपय कम्पनीले बोनस शेयर र राइट शेयरको मद्दत लिने भएका छन् । लाभांश घोषणा गरेका ६ वटा कम्पनीहरु आइएमई लाइफ, सूर्यज्योति लाइफ, सिटिजन लाइफ, रिलायबल लाइफ, एशियन लाइफ र सन नेपाल लाइफ ले बोनस शेयरको सहायता लिने भएका छन् भने बोनस शेयरले नपुग हुने वा बोनस शेयर घोषणा गरेका कम्पनीहरुले राइट शेयरको पनि सहायता लिने भएका छन् । राइट शेयर जारी गर्न लागेका जीवन बीमा कम्पनीहरुमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), प्रभु महालक्ष्मी लाइफ, सानिमा रिलायन्स लाइफ, एशियन लाइफ, सन नेपाल लाइफ, सूर्यज्योति लाइफ इन्स्योरेन्स पर्दछन् । माथि उल्लेखित कम्पनीहरुलाई बीमा प्राधिकरणले राइट शेयर जारी गर्न स्वीकृति दिइसकेको छ ।

प्राविधिक रुपमा लाइफ इन्स्योरेन्सको अवस्था:

प्राविधिक रुपमा लाइफ इन्स्योरेन्सको अवस्थाको बारेमा कुरा गर्नुपर्दा नेप्सेको चार्टमा नन ट्रेडिङ जोनमा पर्दछ । आरएसआइ ४६ को आसपासमा रहेकोले अहिले नै लाइफ इन्स्योरेन्स ट्रेडिङको लागि उपयुक्त नभए पनि म्याकडी लाइनमा एकदिनको कारोवार टाइम फ्रेममा भने भर्खर बुलिस क्रसओभर आएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *