पछिल्लो कारोबार दिनहरुमा लघुवित्त कम्पनीको शेयर प्रति लगानीकर्ताहरु आकर्षित भैरहेको अवस्थामा हालसम्म तेस्रो त्रैमासिक रिपोर्ट प्रकाशित गर्ने २५ वटा लघुवित्तहरुमद्दे एनएमबि लघुवित्त बाहेक अन्य लघुवित्त कम्पनीहरुले नाफा कमाएको रिपोर्ट प्रकाशित गरेकाछन् । हाल सेक्टर रोटेसनको दोस्रो नम्बरमा उक्लिएको लघुवित्त कंपनीका शेयरहरु बढ्दोक्रममा रहेको छ । खासगरी लोक्याप कम्पनीहरु प्रति लगानीकर्ताहरुको आकर्षण रहेको पाइएकोले हाइक्याप लघुवित्तहरु अझै बढ्न सकिरहेको छैन । आरएसआइ, म्याकडि, सुपरट्रेण्ड लगायत धेरै इन्डिकेटरले लघुवित्त सेक्टर बुलिस रहेको देखाएको अवस्था छ ।
हाल नेप्सेमा ५१ वटा लघुवित्त कम्पनीहरु सूचिकृत छन् । प्राय लघुवित्त कम्पनीहरुले खराब कर्जा घटाएको कारण हाल धेरै जसो कम्पनीहरु नाफामा गएको देखिएको छ तर कतिपय लघुवित्त कम्पनीहरुको खराब कर्जाको अनुपात अझै धेरै रहेको पाइएको छ ।

लघुवित्त कम्पनीहरुको चुक्तापुँजी र कारोबारयोग्य शेयर संख्याः
कारोबारमा रहेका लघुवित्त कम्पनीहरुमद्दे तेस्रो त्रैमासिक रिपोर्ट प्रकाशित गरिसकेका २५ वटा लघुवित्त कम्पनीहरुको चुक्तापुँजी र कारोबारयोग्य रकमको आधारमा आत्मनिर्भर लघुवित्त कम्पनीको सबैभन्दा कम रहेको छ । आत्मनिर्भर लघुवित्तको दोस्रो बजारमा जम्मा २.२४ लाख कित्ता शेयर मात्र कारोबारयोग्य छ । दोस्रो बजारमा लो क्याप कम्पनीको शेयरमा बढी मूल्य उतारचढाब हुने हुनाले पनि यस्ता लो क्याप कम्पनीहरुको बारेमा जानकारी हुनुपर्दछ । यसैगरी सपोर्ट लघुवित्त कम्पनीको दोस्रो बजारमा जम्मा ९.५२ लाख कित्ता मात्र कारोबारयोग्य शेयर रहेको छ । प्रकाशित २५ वटा लघुवित्तहरुमद्दे सबैभन्दा बढी चुक्तापुँजी निर्धनउत्थान लघुवित्त कम्पनीको रहेको छ । जस्को चुक्तापुँजी २.६१ अर्ब रहेको छ भने कारोबारयोग्य शेयरको संख्या ८८.८१ लाख कित्ता रहेको छ ।
यस सम्वन्धि विस्तृत विवरण तलको तालिकामा देखाइएको छ ।

Finance (Net Profit, EPS & Net Worth)
S.NSymbolTime PeriodListed ShareFloated Shares
1ANLBThird Q (Q3)6.86 Lac2.24 Lac
2SMBThird Q (Q3)9.52 Lac2.86 Lac
3GLBSLThird Q (Q3)10.14 Lac3.24 Lac
4ULBSLThird Q (Q3)10.61 Lac3.82 Lac
5JALPAThird Q (Q3)18.28 Lac5.85 Lac
6CYCLThird Q (Q3)26.64 Lac8.53 Lac
7MLBSLThird Q (Q3)21.76 Lac8.70 Lac
8MLBBLThird Q (Q3)19.60 Lac9.60 Lac
9MSLBThird Q (Q3)32.24 Lac9.67 Lac
10SDLBSLThird Q (Q3)38.23 Lac12.23 Lac
11KMCDBThird Q (Q3)37.23 Lac13.03 Lac
12NADEPThird Q (Q3)48.58 Lac14.57 Lac
13HLBSLThird Q (Q3)31.98 Lac15.67 Lac
14ILBSThird Q (Q3)49.74 Lac15.92 Lac
15GILBThird Q (Q3)61.89 Lac18.57 Lac
16ALBSLThird Q (Q3)64.16 Lac20.53 Lac
17NMBMFThird Q (Q3)72.14 lAC21.64 Lac
18FOWADThird Q (Q3)1.06 Cr31.67 Lac
19RSDCThird Q (Q3)94.44 Lac37.77 Lac
20MEROThird Q (Q3)1.32 Cr39.60 Lac
21SWBBLThird Q (Q3)1.45 Cr43.50 Lac
22SWMFThird Q (Q3)91.08 Lac44.63 Lac
23FMDBLThird Q (Q3)1.23 Cr60.46 Lac
24DDBLThird Q (Q3)1.55 Cr76 Lac
25NUBLThird Q (Q3)2.61 Cr88.81 Lac
Paid Up Capital & Floated Shares

प्रकाशित रिपोर्ट अनुसार सबैभन्दा बढी चुक्तापुँजी र जगेडाकोषमा सबैभन्दा बढी रकम रहेको कम्पनीमा स्वावलम्बन लघुवित्त पर्दछ । यस लघुवित्त कम्पनीको जगेडाकोषमा १ अर्ब ६० करोड भन्दा बढी रकम रहेको छ । दोस्रो बढी जगेडाकोष भएको लघुवित्तमा फरवार्ड लघुवित्त पर्दछ जसको जगेडाकोष १ अर्ब ४४ करोडको हाराहारीमा छ ।

खुद नाफाको अवस्था कस्तो छ ?
तेस्रो त्रैमासिक रिपोर्ट प्रकाशित गर्ने २५ वटा लघुवित्त कम्पनीहरुले खुद नाफामा पनि उल्लेख्य बृद्धि गरेका छन् । एनएमबि लघुवित्त कम्पनीले भने ब्याज आम्दानी घटेपछि नोक्सानीमा गएको छ । समीक्षा अवधिमा लघुवित्त कम्पनी ७ करोड ४९ लाख रुपयाँ नोक्सानीमा गएको छ । यस लघुवित्त कम्पनीको वितरणयोग्य प्रतिशेयर पनि रु. १३.८५ ले ऋणात्मक रहेको छ ।
यस सम्वन्धि विस्तृत विवरण तलको तालिकामा देखाइएको छ ।

Finance (Net Profit, EPS & Net Worth)
S.NSymbolTime PeriodNet ProfitEPSNet Worth
1GLBSLThird Q (Q3)2.25 Cr29.56143.53
2ANLBThird Q (Q3)1.27 Cr24.7388.86
3MLBSLThird Q (Q3)4.03 Cr24.68204.86
4GILBThird Q (Q3)10.72 Cr23.1180.69
5SDLBSLThird Q (Q3)6.12 Cr21.25148.08
6MLBBLThird Q (Q3)3.01 Cr20.44169.41
7DDBLThird Q (Q3)25.29 Cr19.77212.84
8SMBThird Q (Q3)1.23 Cr17.28160.8
9RSDCThird Q (Q3)11.21 Cr15.83124.69
10FOWADThird Q (Q3)11.66 Cr14.72269.34
11ILBSThird Q (Q3)5.26 Cr14.1144.45
12FMDBLThird Q (Q3)13.03 Cr14.08131.83
13CYCLThird Q (Q3)2.80 Cr14.02216.4
14MSLBThird Q (Q3)3.23 Cr13.35197.43
15MEROThird Q (Q3)12.38 Cr12.51153.72
16KMCDBThird Q (Q3)3.21 Cr11.5164.18
17SWBBLThird Q (Q3)11.86 Cr11.02219
18ULBSLThird Q (Q3)72.98 Lac10.91221.2
19NUBLThird Q (Q3)17.58 Cr8.98186
20ALBSLThird Q (Q3)3.88 Cr8.07158.99
21HLBSLThird Q (Q3)1.14 Cr4.75126.46
22JALPAThird Q (Q3)62.82 Lac4.58280.24
23SWMFThird Q (Q3)2.29 Cr3.36157.38
24NADEPThird Q (Q3)18.11 Lac0.5172.24
25NMBMFThird Q (Q3)-7.49 Cr-13.85126.2
Net Profit, EPS & Book Value

खराब कर्जाको अवस्था कस्तो छ ?
प्रकाशित तेस्रो त्रैमासिक रिपोर्ट अनुसार आत्मनिर्भर लघुवित्तको खराब कर्जाको अनुपात ११.९४ प्रतिशत रहेको छ । त्यसैगरी स्वाबलम्बन लघुवित्तको १०.८८ प्रतिशत र समाज लघुवित्तको पनि १०.५३ प्रतिशत खराब कर्जा अनुपात रहेको छ । हालसम्म सबैभन्दा कममा फष्र्ट माइक्रोफाइनान्सको ०.७४ प्रतिशत मात्र खराब कर्जा रहेको छ ।

प्रति शेयर आम्दानीमा कसले छलाङ मारेको छ ?
प्रति शेयर आम्दानीमा हालसम्म गुराँस लघुवित्तको सबैभन्दा बढी देखिएको छ । गुराँस लघुवित्तको प्रति शेयर आम्दानी रु. २९.५६ देखिएको छ । दोस्रोमा आत्मनिर्भर लघुवित्तको प्रति शेयर आम्दानी रु. २४.७०, तेस्रोमा महिला लघुवित्तको प्रति शेयर आम्दानी रु. २४.६८ रहेको छ । त्यसैगरी चौथोमा ग्लोबल आइएमइ लघुवित्त र पाचौंमा साधाना लघुवित्त रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *