नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएका बन्द मुखी ३६ वटा म्यूचुअल फण्डहरु मद्दे १९ वटा म्यूचुअल फण्ड हरुले लाभांश घोषणा गरेका छन् । अन्य म्यूचुअल फण्ड हरुले पनि लाभांश घोषणा गर्ने क्रम रहेको छ । घोषित लाभांशहरू मद्दे ६ वटा म्यूचुअल फण्ड हरुको बुक क्लोज हुन बाकी रहेको छ भने अन्य म्यूचुअल फण्ड हरुको बुक क्लोज भैसकेको छ ।
यस सम्बन्धि विवरण तलको तालिकामा देखाइएको छ ।

CompanyBonus %Cash %Total %Book CloseFiscal YearStatus
SAEF015.00%15.00%Sep 11, 242080/2081Closed
NICSF014.00%14.00%Sep 13, 242080/2081Closed
SFMF012.50%12.50%Aug 25, 242080/2081Closed
NICFC010.50%10.50%Sep 13, 242080/2081Closed
NADDF010.00%10.00%Sep 13, 242080/2081Closed
SAGF010.00%10.00%Sep 11, 242080/2081Closed
NICBF09.25%9.25%Sep 13, 242080/2081Closed
NICGF09.50%9.50%Sep 13, 242080/2081Closed
KDBY09.50%9.50%Sep 4, 242080/2081Closed
KEF09.50%9.50%Sep 4, 242080/2081Closed
RMF208.74%8.74%Sep 16, 242080/2081Closed
NBF208.00%8.00%Sep 27, 242080/2081—
LUK07.50%7.50%2080/2081—
SIGS307.00%7.00%Aug 29, 242080/2081Closed
NIBLGF06.35%6.35%2080/2081—
GIBF105.00%5.00%2080/2081—
LVF204.50%4.50%2080/2081—
SFEF04.50%4.50%2080/2081—
RMF103.81%3.81%Sep 16, 242080/2081Closed
Mutual Fund Dividend 080/81

पछिल्लो समय कारोबारमा आइसकेका ३६ वटै म्यूचुअल फण्ड हरुको वास्तविक सम्पत्ति मूल्य भन्दा पनि तिनको बजार मूल्य सस्तो देखिन्छ । कतिपय म्यूचुअल फण्ड हरुको बजार मूल्य त धेरै नै सस्तो देखिन्छ भने केहि म्यूचुअल फण्ड हरुको मूल्य भने वास्तविक सम्पत्ति मूल्य भन्दा १० प्रतिशत भन्दा कम सस्तो देखिन्छ । पछिल्लो हप्ता अर्थात सन् २०२४ सेप्टेम्बर महिनाको न्याभ अनुसार २० वटा म्यूचुअल फण्ड हरुको बजार मूल्य भने वास्तविक सम्पत्ति मूल्य भन्दा २० प्रतिशत भन्दा बढी सस्तो देखिन्छ ।

यस सम्वन्धि विस्तृत विवरण तलको तालिकामा देखाइएको छ ।

S.N.SymbolMutual Fund NameWeekly
Nav (Rs.)
Weekly
Nav Date
LTP (Rs.)As of:Premium (+) or
Discount (-) %
1SFEFSunrise Focused Equity Fund11.86Sep 6, 248.68Sep 16, 24-26.81
2LUKLaxmi Unnati Kosh11.99Sep 6, 248.84Sep 16, 24-26.27
3RMF1RBB Mutual Fund 111.87Sep 6, 248.86Sep 16, 24-25.36
4SBCFSunrise Bluechip Fund11.80Sep 6, 248.87Sep 16, 24-24.83
5LVF2Laxmi Value Fund-II11.56Sep 6, 248.76Sep 16, 24-24.22
6SIGS2Siddhartha Investment Growth Scheme-212.02Sep 13, 249.14Sep 16, 24-23.96
7SIGS3Siddhartha Investment Growth Scheme 312.05Sep 13, 249.18Sep 16, 24-23.82
8NBF3Nabil Balanced Fund III11.38Sep 13, 248.67Sep 16, 24-23.81
9SEFSiddhartha Equity Fund11.92Sep 13, 249.1Sep 16, 24-23.66
10MMF1Mega Mutual Fund – 111.17Sep 13, 248.61Sep 16, 24-22.92
11NICGF2NIC Asia Growth Fund 210.86Sep 13, 248.43Sep 16, 24-22.38
12SLCFSanima Large Cap Fund11.79Sep 13, 249.22Sep 16, 24-21.8
13KSYKumari Sabal Yojana10.96Sep 13, 248.58Sep 16, 24-21.72
14KDBYKumari Dhanabriddhi Yojana11.47Sep 13, 249Sep 16, 24-21.53
15PRSFPrabhu Smart Fund13.30Sep 6, 2410.49Sep 16, 24-21.13
16KEFKumari Equity Fund10.91Sep 13, 248.61Sep 16, 24-21.08
17PSFPrabhu Select Fund13.34Sep 6, 2410.54Sep 16, 24-20.99
18RMF2RBB Mutual Fund 212.80Sep 6, 2410.14Sep 16, 24-20.78
19H8020Himalayan 80-2012.53Sep 6, 249.98Sep 16, 24-20.35
20GIBF1Global IME Balance Fund-I12.55Sep 6, 2410Sep 16, 24-20.32
Mutual Fund NAV September 2024

गतवर्षको लाभांश दर हेर्ने हो भने म्यूचुअल फण्ड हरुले ४ प्रतिशत देखि बढीमा १८ प्रतिशतसम्म नगद लाभांश प्रदान गरेका थिए । यस वर्ष कतिपय म्यूचुअल फण्ड हरुको वास्तविक सम्पत्ति मूल्य गत वर्षभन्दा बढी देखिएकोले सरसर्ती हेर्दा त्यस्ता म्यूचुअफ फण्ड हरुले यस वर्ष लाभांश बढाउन सक्ने अवस्था पनि देखिन्छ । म्यूचुअल फण्ड हरुको लाभांश आर्थिक वर्षको अन्तमा तिनले कमाएको नाफा वा वास्तविक सम्पत्तिको मूल्यमा निर्भर रहने हुनाले कतिपय अवस्थामा हामीले अनुमान गरेभन्दा बढी पनि लाभांश प्रदान गर्न सक्छन् । आ.ब २०७७÷७८ मा म्यूचुअल फण्ड हरुले वितरण गरेको लाभांश हेर्ने हो भने कम्तीमा ४ प्रतिशतदेखि बढीमा १०० प्रतिशतसम्म पनि लाभांश वितरण गरेको पाइन्छ । आ.ब २०७७÷७८ मा ले १०० प्रतिशत, हरुले ५० प्रतिशत र हरुले ४० प्रतिशत नगद वितरण गरेका थिए । बाकी म्यूचुअल फण्ड हरुले ३५ प्रतिशत भन्दा कम नगद लाभांश वितरण गरेका थिए ।

लगानी पोर्टफोलियो मिलाउनेहरूको लागि म्यूचुअल फण्डको शेयर एकदमै उपयुक्त हुन्छ । सामान्यता २० प्रतिशतसम्म म्यूचुअल फण्डको शेयर आफ्नो पोर्टफोलियोमा राख्दा उपयुक्त हुने पोर्टफोलियो म्यानेजरहरू बताउँछन् ।

म्यूचुअल फण्ड हरुले असार मसान्तको ब्यालेन्स सिटको आधारमा श्रावण देखि आश्विन महिना भित्रमा प्राय सबै म्यूचुअल फण्ड हरुले लाभांश घोषणा गरिसक्छन् । तसर्थ बैशाख, जेष्ठ र असार महिना म्यूचुअल फण्ड खरीद गर्नको लागि उपयुक्त महिना मानिन्छ तर विगतका गतिविधिहरु हेर्दा जति समय वित्दै जान्छ अर्थात असारको आसपास राम्रा म्यूचुअल फण्ड हरुको मूल्य बढिसक्ने हुँदा त्यतिबेला खरीद गरेको म्यूचुअल फण्डबाट हुने मुनाफाको प्रतिशत घट्न जानु स्वाभाविकै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *