मैनबत्ति चार्ट विश्लेषण (Candlesticks Pattern Analysis) भनेको के हो ?

यस्को माध्यमबाट कसरी Successful Trader बन्न सकिन्छ ?

जापानीजहरुले सबैभन्दा पहिले प्रयोगमा ल्याएको Candlesticks Pattern Analysis को बारेमा जानकारी दिनु पूर्व मैनवत्ति (Candle) भनेको के हो र यस्का विभिन्न भागहरुको बारेमा बुझ्नु आवश्यक छ । 

खासगरी Stock Market मा प्रयोग हुने मैनवत्तिले कुनै पनि कारोवारमा भएको मूल्यको उतारचढाबलाई प्रतिनिधित्व गर्दछ । मैनबत्तिको चित्र (Picture)  भित्र कुनै पनि कंपनीको कारोवारको कथा लुकेको हुन्छ । यस कथालाइ पुर्ण रुपमा बुझ्न सकिएमा Stock Market मा सजिलै Trade गर्न सकिन्छ ।

प्रत्येक मैनवत्तिले चार प्रकारको Price Action लाई प्रतिनिधित्व गर्दछ । ति हुन् Open, Close, High  र Low.

यसलाई तलको चित्रबाट बुझ्ने प्रयास गरौं ।

चित्रमा दुई किसिमको मैनवत्ति देख्न सकिन्छ । पहिलो हरियो मैनवत्ति (Green Candle) र दोस्रो रातो मैनवत्ति (Red Candle).

पहिलो मैनवत्तिमा बजार Low बाट खुल्छ र बजार माथि (Up) मा बन्द हुन्छ । त्यस बाहेक कारोवारको अवधिभरमा बजार उथलपुथल (Volatile) हुँदा कुनै पनि Stock को Price बजार खुलेको विन्दुभन्दा पनि तल झर्नसक्छ र त्यसैगरी उक्त स्टकको मूल्य बजार बन्द हुँदाको विन्दुभन्दा पनि माथिसम्म पुग्न सक्छ । माथिको Stick र तलको Stick अर्थात Shadow लाई Wick  भनिन्छ । Open  र Close  विचको भागलाई चाहिँ Body  भनिन्छ ।

त्यसैगरी दोस्रो मैनवत्तिमा (Second Candle) बजार माथिल्लो विन्दुबाट खुल्छ र बजार तल्लो विन्दुमा बन्द हुन्छ । पहिलो मैनवत्तिमा जस्तै कारोवार अवधिभरमा कुनै पनि Stock को Price बजार खुलेको विन्दुभन्दा माथि वा बन्द हुँदाको विन्दुभन्दा पनि तल जान सक्छ । 

मैनवत्ति (Candle) दुइ प्रकारको हुन्छ । Bullish Candle  र Bearish Candle .

तलको चित्रमा पहिलो हरियो मैनवत्ति ( Candle) Bullish  Candle  हो र दोस्रो चाहिँ राताे मैनवत्ति (Bearish Candle).

मैनवत्ति (Candle) विभिन्न प्रकारको हुन्छ । सवै प्रकारका मैनवत्तिमा Body  वा Wicks हुनै पर्छ भन्ने छैन । बजारमा मूल्यमा भएको उतारचढावलाई विभिन्न किसिमका मैनवत्तिले प्रतिनिधित्व गर्दछ ।

तलको चित्रमा हरियो मैनवत्तिहरुले बजार Bullish  रहेको संकेत गर्दछ अर्थात बजार बढ्ने प्रक्षेपण गर्दछ ।

तलको चित्रमा रातो मैनवत्तिहरुले बजार Bearish  छ भन्ने संकेत गर्दछ अर्थात बजार घट्ने प्रक्षेपण गर्दछ । मूख्य कुरा कुनै पनि मैनवत्ति चार्टको कुन भागमा (Top or Bottom) बनेको छ त्यसले विशेष महत्व राख्दछ ।

अव लागौं विभिन्न मैनवत्तिहरुको Pattern तर्फ (Candlesticks Pattern). चार्टमा बन्ने मैनवत्तिको विभिन्न Pattern ले अब बजार बढ्ने दिशातर्फ गएको छ कि घट्ने दिशातर्फ बजार गएको छ भन्ने जानकारी दिन्छ । खासगरी लगानीकर्ताको लागि यस प्रकारको Pattern अतेन्तै फलदायी हुन्छ । चार्टमा बन्ने तिनै Pattern को आधारमा कुनै पनि Stock खरीद गर्ने कि विक्रि गर्ने भन्ने निर्णयमा पुग्न सकिन्छ । 

केहि महत्वपूर्ण बुलिस र वियरिस (Bullish & Bearish) प्रकृतिका मैनवत्ति Patternलाई तलको चित्रमा प्रस्तुत गरिएको छ ।

माथिकाे चित्रले बजारकाे Trend Reversal काे संकेत गर्दछ अर्थात अब बजार बढ्ने प्रक्षेपण गर्दछ ।

माथिकाे चित्रमा पहिलाे चित्रले बजारकाे Trend Reversal काे संकेत गर्दछ अर्थात अब बजार घट्ने प्रक्षेपण गर्दछ । त्यसैगरी दाेस्राे चित्रले बजार बढ्ने प्रक्षेपण गर्दछ । 

माथिकाे चित्रले बजारकाे Trend Reversal काे संकेत गर्दछ अर्थात अब बढ्ने प्रक्षेपण गर्दछ । 

माथिकाे चित्रले बजारकाे Trend Reversal काे संकेत गर्दछ अर्थात अब बढ्ने प्रक्षेपण गर्दछ । दाेस्राे चित्रले पनि बजार बढ्ने प्रक्षेपण गर्दछ तर यस्ताे चित्र (Pattern) चार्टकाे तल्लाे बिन्दुमा बन्नुपर्दछ ।

Stock Market मा अत्यधिक प्रयोगमा आउने महत्वपूर्ण केहि बुलिस मैनवत्ति Pattern हरु:

त्यसैगरी केहि महत्वपूर्ण वियरिस मैनवत्ति Pattern हरु:

माथि उल्लेखित मैनवत्ति Pattern हरु वास्तविक कंपनीको चार्टमा कसरी देखा पर्दछन् भन्ने बुझ्न र सोहि अनुसार खरीद र विक्रिको लागि अर्डर (Order) राख्नुपूर्व ति कंपनीहरुको चार्टलाई राम्ररी अध्ययन गर्नुपर्दछ । जब सम्म सहि तरिकाले चार्ट Pattern हरुलाई बुझ्न र विश्लेषण गर्न सकिन्न तव सम्म चार्टको आधारमा कुनै पनि स्टक (Stock) खरीद वा विक्रि (Buy or Sell) गर्नु गलत सावित हुनसक्छ । कतिपय अवस्थामा चार्टमा फल्स सिंग्नल (False Signal) पनि देखा पर्दछन् त्यसलाई पनि राम्ररी केलाउनु पर्दछ । मूख्य कुरा त उल्लेखित चार्ट Pattern हरु पुरा चार्टको कुन ठाउँमा देखा परेको छ अर्थात चार्टको हाई प्वाइन्टमा वा लो प्वाइन्टमा (High or Low point of Chart) । त्यसले विशेष महत्व राख्दछ ।

केहि वास्तविक चार्ट Pattern हरुलाई तलको चित्रबाट पनि बुझ्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *