नेप्सेको पछिल्लो स्वीङ हाइ (Swing High) देखि आजको दिनसम्म आइपुग्दा अन्य सेक्टरमा के भयो ?
नेप्सेको पछिल्लो स्वीङ हाई जनवरी २४, २०२४ अर्थात वि.सं २०८० माघ २ को क्लोजिङलाई आधार मान्ने हो भने नेप्से २१७५.१७ विन्दुमा रहेर बजार बन्द भएको थियो । त्यसयता नेप्सेमा सामान्य उतारचढाबको बाबजुत पछिल्लो कारोबार दिन बैशाख १८ गतेको कारोबारलाई आधार मान्दा करीब ७.७६ प्रतिशत अर्थात १६९ अंकले नेप्सेमा गिरावट आएको छ ।
तर यसै अवधि विच फाइनान्समा भने १३.८० प्रतिशत अर्थात २६६.६८ प्रतिशतको उच्च अंकको बृद्धि भएको छ । अन्तिम दिनको कारोबारमा भने फाइनान्स सेक्टरमा करेक्सन आएको छ ।
त्यसैगरी यस अवधि विच फाइनान्स बाहेक म्यानुफ्याक्चरीङ सेक्टरमा ५.७१ प्रतिशत अर्थात ३५३.४९ अंक र माइक्रोफाइनान्स सेक्टरमा २.०६ प्रतिशत अर्थात ८१.४२ अंकले बृद्धि भएको छ ।
अन्य सेक्टरहरु विकास बैंक सेक्टरमा १.५४ प्रतिशत , वाणिज्य बैंक सेक्टरमा १३.७३ प्रतिशत, हाइड्रोपावर सेक्टरमा ११.५२ प्रतिशत, होटल सेक्टरमा ११.०३ प्रतिशत, लाइफ इन्स्योरेन्स सेक्टरमा ९.०२ प्रतिशत, नन लाइफ इन्स्योरेन्स सेक्टरमा ७.०९ प्रतिशत र इन्भेष्टमेन्ट सेक्टरमा १२.४६ प्रतिशत गिरावट देखिएको छ ।
यस सम्वन्धि विवरण तलको चार्टमा प्रष्ट पारिएको छ ।

Index UP & Down % in between Jan 24, 2024 to Apr 30, 2024
S.NSECTORUP %DOWN %
1NEPSE7.76
2FINANCE13.8
3MANUFACTURING5.71
4MICROFINANCE2.06
5DEV. BANK1.54
6COMMERCIAL BANK13.73
7HYDROPOWER11.52
8HOTEL AND TOURISM11.03
9LIFE INSURANCE9.02
10NON LIFE INSURANCE7.09
11INVESTMENT12.46
Index Up & Down ( 2024 Jan 24 to 2024 Apr 30)

मासिक सेक्टर रोटेसन (Monthly Sector Rotation) कस्तो देखिन्छ ?
मासिक सेक्टर रोटेसनको कुरा गर्नुपर्दा फाइनान्स सेक्टर पहिलो नंबरमा देखिन्छ । दोस्रोमा विकास बैंक सेक्टरले फाइनान्स सेक्टरलाई पछ्याएको देखिन्छ भने तेस्रोमा माइक्रोफाइनान्स र चौथोमा नन लाइफ देखिन्छ । अन्तिम नंवरमा म्यानुफ्याक्चरिङ सेक्टर देखिन्छ ।
यस सम्वन्धि विवरण तलको चार्टमा प्रष्ट पारिएको छ ।

Monthly Sector Rotation
SectorsMonthly RankIndex
Value
Daily
Gain
Monthly
Gain
Finance12198.962.94%14.80%
Development Banks24196.116.65%7.12%
Microfinance34031.621.40%4.90%
Non Life Insurance410506.641.86%0.39%
Life Insurance510123.60.70%0.06%
Tradings62729.720.29%-0.53%
Investment774.781.12%-1.41%
Hotels85064.971.91%-1.43%
Commercial Banks91044.821.40%-1.88%
Others101641.19-0.52%-1.99%
Hydro Power112433.381.10%-2.39%
Manufacturing And Processing126548.450.29%-6.52%
Sector Rotation

पछिल्लो एक महिनामा सबैभन्दा बढी कमाउने र गुमाउने ( Earn & Loose) कंपनीहरु कुन कुन हुन्र ?
पछिल्लो एक महिनाको कंपनी विश्लेषण गर्ने हो भने सबैभन्दा बढी पोखरा फाइनान्सको ७१ प्रतिशत भन्दा बढी मूल्य बृद्धि भएको छ भने दोस्रोमा नेपाल फाइनान्स, तेस्रोमा गुँरास लघुवित्त र चौथोमा जानकी फाइनान्स देखिन्छ ।
सबैभन्दा धेरै गुमाउने कंपनीहरुमा क्रमशः रुरु हाइड्रोपावर, सर्बोत्तम सिमेन्ट, धौलागिरी लघुवित्त पर्दछन् । रुरु हाइड्रोपावरले २४ प्रतिशत भन्दा बढी गुमाएको छ भने दोस्रोमा सर्बोत्तम सिमेन्टले २० प्रतिशत भन्दा बढी गुमाएको छ ।
यस सम्वन्धि सबैभन्दा बढी कमाउने ५ वटा कंपनीको विवरण तलको चार्टमा प्रष्ट पारिएको छ ।

One Month Return
CompanyOne Day ReturnOne Month ReturnLast Transaction
PFL-7.18%71.42%2024-04-30
NFS4.68%48.12%2024-04-30
GLBSL-6.60%47.55%2024-04-30
JFL3.48%38.96%2024-04-30
PPL6.38%38.43%2024-04-30
One Month Return

यस सम्वन्धि सबैभन्दा बढी गुमाउने ५ वटा कंपनीको विवरण तलको चार्टमा प्रष्ट पारिएको छ ।

One Month Loose
CompanyOne Day LooseOne Month LooseLast Transaction
RURU1.18%-24.26%2024-04-30
SARBTM0.63%-20.18%2024-04-30
DLBS0.09%-19.53%2024-04-30
BPW-3.04%-19.11%2024-03-06
BNL-5.73%-17.82%2024-04-30
One Month loose

प्राविधिक रुपमा अब कुन सेक्टरमा मोमेन्टम आउने सम्भावना छ त ?
पछिल्लो दिनको कारोबारलाई आधार मान्ने हो भने टप १० मा रहेको कंपनीहरुको विश्लेषण गर्ने हो भने विकास बैंकबाट ४ वटा कंपनी, लघुवित्तबाट २ वटा, हाइड्रोपावरबाट २ वटा, इन्स्योरेन्सबाट १ वटा र उत्पादन समूहबाट १ वटा कंपनीहरुले सबैभन्दा बढी कमाएको देखिन्छ । मासिक सेक्टर रोटेसनमा फाइनान्समा सबैभन्दा बढी मोमेन्टम आएको देखिएकोमा पछिल्लो कारोबार दिनमा फाइनान्समा आएको करेक्सनले सेक्टर रोटेसनको संकेत गरेको छ । सेक्टर रोटेसनमा दोस्रो नंबरमा रहेको विकास बंैकमा अझै आकर्षण रहेको छ भन्ने अन्तिम दिनको कारोवारमा ४ वटा विकास बैंक सेक्टरका कंपनी पर्नुले संकेत गरेको छ । त्यसैगरी सेक्टर रोटेसनमा तेस्रो नंबरमा परेको माइक्रोफाइनान्सबाट २ वटा र सेक्टर रोटेसनको ११ नंबरमा परेको हाइड्रोबाट २ वटा कंपनीले लिड गरेको अवस्थामा यसपछि माइक्रोफाइनान्स वा हाइड्रोपावरमा मोमेन्टम आउने हो कि भन्ने संकेत गरेको छ ।
जनवरी २४ यता सबैभन्दा बढी करेक्सन आएको सेक्टरहरुमद्दे पहिलोमा वाणिज्य बैंक समूह, दोस्रोमा इन्भेष्टमेन्ट समूह, तेस्रोमा हाइड्रोपावर र चौथोमा होटेल समूह रहेका छन् । विगत देखिको इन्डेक्स विश्लेषणलाई आधार मान्दा वाणिज्य बैंक समूह त्यति नचलेको र अघिल्ला बुलहरुमा पनि वाणिज्य बैंक समूह अलि पछि नै चल्ने गरेको देखिएकोले यस पटक पनि त्यस्तै हुने सम्भावना छ ।
प्राविधिक रुपमा दैनिक चार्ट विश्लेषण गर्ने हो भने माइक्रोफाइनान्स समूह र नन लाइफ समूहले बोलिंगर ब्याण्डको मिड लाइन क्रस गरिसकेको अवस्था रहेकोले यी दुई सेक्टर सबैभन्दा पहिले चल्ने हो कि भन्ने संकेत गरेको छ ।

तर विगतका केहि अघिल्ला इतिहासलाई हेर्ने हो भने फाइनान्स, विकास बैंक र हाइड्रोपावर समूह सबैभन्दा पहिले चल्ने गरेको देखिएकोले यस पछि हाइड्रोपावर सेक्टर चल्ने संभावना पनि बलियो छ । सेक्टर रोटेसनको हिसाबले माथिको चार्ट अनुसार ११ नंबरमा परेको अर्थात धेरै करेक्सन हुने सेक्टर भित्र परेको र धेरै लगानीकर्ताहरुको रोजाइमा पनि हाइड्रोपावर पर्ने देखिएकोले पनि यस सेक्टरको संभावना ज्यादा छ ।

नेप्से सहित सबै सेक्टरमा मोमेन्टम (Momentum) आउने सम्भावना कति ?

सन् २०२४ को अप्रिल ३० सम्म आइपुग्दा र अघिल्लो वर्षको यसै अवधिलाई विश्लेषण गर्दा अब नेप्सेमा सुधार आई समग्र समूह नै बढ्न सक्ने देखिन्छ । गत बर्ष मे १६ अर्थात जेष्ठ २ गते पश्चात बजार बढेको देखिन्छ । जेष्ठ २ गतेबाट श्रावण ७ गतेसम्म आइपुग्दा नेप्सेमा २२ प्रतिशत भन्दा बढी अर्थात ४०० अंकले बृद्धि भएको देखिन्छ । त्यसको साथसाथै अन्य सबै समूहमा राम्रै बृद्धि भएको थियो । यस आ.ब को अहिले बैशाख महिनाको अन्ततिर पुग्दै गर्दा र जेष्ठ महिना नजिक आँउदै गर्दा विगतको इतिहास दोहोरिने हो भने अहिलेको समय भनेको राम्रा र धेरै करेक्सन आइसकेको सेक्टरमा एक्युमुलेसन गर्ने बेला हो भन्न सकिन्छ । विस्तारै भोल्युममा पनि बृद्धि हुन खोजेको र तेस्रो त्रैमास सकिएर चौथो त्रैमासको सुरुवातमा रहेकोले आगामी केहि महिना बजारमा राम्रै उछाल नआउला भन्न सकिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *