तेस्रो त्रैमासिक रिपोर्ट प्रकाशित गर्ने ५ वटा लघुवित्तहरुमद्दे फस्र्ट माइक्रोफाइनान्स बाहेक अन्यको अवस्था सन्तोषजनक देखिएको छ । हालसम्म तेस्रो त्रैमासिक रिपोर्ट प्रकाशित ५ वटा लघुवित्त कंपनीहरुमा गुराँस लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, सपोर्ट लघुवित्त वित्तीय संस्था, आरएसडिसी लघुवित्त वित्तीय संस्था र फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था हुन् ।

प्रकाशित रिपोर्ट अनुसार गुराँस लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा आइपुग्दा ऋणात्मक रहेको आफ्नो नाफालाई धनात्मकमा बदलेको छ । गत आर्थिक वर्षसम्म रु. ५४ लाख रुपयाँले ऋणात्मक रहेको यस लघुवित्तले यस त्रैमासमा रु. २ करोड २४ लाख भन्दा बढी नाफा कमाएर आफ्नो नाफालाई धनात्मक बनाउन सफल भएको छ ।
त्यसैगरी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले पनि गत वर्षको तुलनामा खुद नाफा बढाउन सफल भएको छ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ करोड ४० लाखभन्दा बढी खुद नाफा आर्जन गरेर गत वर्षको सोहि अवधिको दाँजोमा २७.१५ प्रतिशत खुद नाफा बढाएको हो ।
सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको तुलनामा खुद नाफामा ९४.९१ प्रतिशतको छलांङ मारेर यस आर्थिक वर्षको तेस्रो त्रैमासमा रु. १ करोड २३ लाख रुपया भन्दा बढी नाफा कमाउन सफल भएको छ ।
तेस्रो त्रैमासिक रिपोर्ट प्रकाशित गर्ने पहिलो लघुवित्त आरएसडिसी लघुवित्त वित्तीय संस्थाले पनि खुदन नाफामा बृद्धि गरेको छ । चालु आर्थिक वर्षको ९ महिनामा रु. ११ करोड २१ लाख भन्दा बढी खुद नाफा गरेर गत आर्थिक बर्षको सोहि अवधिको तुलनामा ३०.३४ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ ।
तेस्रो त्रैमासिक रिपोर्ट प्रकाशित गर्ने फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले भने गत वर्षको दाँजोमा खुद नाफामा गिरावट आएको छ । खुद व्याज आम्दानी घटेसँगै खुद नाफामा २०.५२ प्रतिशतको गिरावट आई यस आर्थिक वर्षको ९ महिनामा खुद आम्दानी जम्मा रु. ५ करोड ६ लाख मात्र गर्न सफल भएको छ ।
लघुवित्तले गरेको खुद नाफा तलको तालिकामा प्रस्तुत गरिएको छ ।

Finance (Net Profit, EPS & Net Worth)
S.NSymbolTime PeriodNet ProfitEPSNet Worth
1GLBSLQ3 – 080/0812.25 Cr29.56143.53
2GILBQ3 – 080/0813.40 Cr23.1180.69
3SMBQ3 – 080/0811.23 Cr17.28160.8
4RSDCQ3 – 080/08111.21 Cr15.83124.69
5FMDBLQ3 – 080/0815.06 Cr14.08131.83
Microfinance Third Quarter Report

प्रकाशित तेस्रो त्रैमासिक रिपोर्ट अनुसार गुराँस लघुवित्त वित्तीय संस्थाले केहि मात्रामा खराब कर्जा उठाउन सफल हुनुको साथै खुद ब्याज आम्दानी र अन्य संचालन आम्दानी पनि बढाउन सफल भएको छ । खुद ब्याज आम्दानीमा ६०.७१ प्रतिशत र संचालन आम्दानीमा ४४.९२ प्रतिशत बृद्धि गरेको छ । यस लघुवित्तले निष्क्रिय कर्जा पनि ६.८९ प्रतिशतबाट २.६९ प्रतिशतमा झारेको छ । यि विविध कारणले गर्दा गतवर्ष ऋणात्मक रहेको प्रति शेयर आम्दानी यस आ.ब को तेस्रो त्रैमासमा रु. २९.५६ हुन पुगेको छ ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थालले पनि खुद ब्याज आम्दानी र संचालन आम्दानी बढाएसँगै प्रति शेयर आम्दानी बढाउन सफल भएको छ । समीक्षा अवधिमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको प्रति शेयर आम्दानी रु. २१.९८ पुगेको छ ।
सपोर्ट लघुवित्त वित्तीय संस्थाले खुद ब्याज आम्दानीमा ८.७८ प्रतिशत र संचालन आम्दानीमा ८९.३५ प्रतिशतले बृद्धि गरि प्रति शेयर आम्दानी बढाउन सफल भएको छ । समीक्षा अवधिमा यस लघुवित्त संस्थाको प्रति शेयर आम्दानी रु. १७.२८ हुन पुगेको छ ।
आरएसडिसी लघुवित्त वित्तीय संस्थाको खुद ब्याज आम्दानी घटेता पनि इम्पेरमेन्ट चार्ज ५५ लाख रुपयाँ रिर्भस भएको कारण खुद नाफा बढाउन सफल भएको छ । समीक्षा अवधिमा यस लघुवित्त संस्थाको प्रति शेयर आम्दानी रु. १५.८३ हुन पुगेको छ ।
फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद ब्याज आम्दानीमा ३३.२७ प्रतिशतले गिरावट आउनुको साथसाथै संचालन मुनाफामा पनि २६.६० प्रतिशत गिरावट आएर प्रति शेयर आम्दानीमा असर परेको छ । चाल आ.ब को समीक्षा अवधिमा प्रति शेयर आम्दानी रु. १४.०८ मा सिमित हुन पुगेको छ ।
जगेडा कोषको कुरा गर्नुपर्दा गुराँस लघुवित्त वित्तीय संस्थाको ४ करोड ३८ लाख, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको ५० करोड ४३ लाख, सपोर्ट लघुवित्त वित्तीय संस्थाको ५ करोड ७९ लाख, आरएसडिसी लघुवित्त वित्तीय संस्थाको २३ करोड ३१ लाख र फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ४८ करोड ६३ लाख रुपयाँ रहेको छ ।
त्यसैगरी खराब कर्जाको हकमा गुराँस लघुवित्त वित्तीय संस्थाको २.६९ प्रतिशत, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको ४.७६ प्रतिशत, सपोर्ट लघुवित्त वित्तीय संस्था १.४७ प्रतिशत, आरएसडिसी लघुवित्त वित्तीय संस्थाको २.९९ प्रतिशत र फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १.९१ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *