(Including an estimate of potential market value)

हालै मात्र सर्वसाधारणलाई बाँडफाँड भएको सर्वोत्तम सिमेन्ट कंपनीको IPO सहित नेप्सेमा सूचिकृत हुने सिमेन्ट कंपनीको संख्या ४ पुग्नेछ । बुक विल्डिङ विधिबाट IPO जारी गरेको सर्वोत्तम सिमेन्टको सम्भावित बजार मूल्यको आँकलन गर्नु अघि सोहि प्रकृतिका अन्य सिमेन्ट कंपनीहरुको तुलनात्मक अध्ययन गर्नु आवश्यक देखिन्छ ।

COMPANY
NAME
ISSUEDSHARESISSUEDCLOSING% UP COMPARED
TO ISSUED IPO RATE
IPO- METHODISSUED IPO %IPO RATEPRICE
GCILWITH PREMIUM20435.00563.4029.51
SONAWITH PREMIUM40237.58526.90121.77
SHIVMWITH PREMIUM12300.00554.0084.66
SCMLBOOK BUILDING12.91360.90?
Listed Cement Company In Nepal Stock Exchange

यस अघि IPO जारी भैसकेका अन्य सिमेन्ट कंपनीहरुको अध्ययन गर्दा घोराही सिमेन्टले चुक्ता पुँजीको २० % , सोनापुर मिनरल्सले ४० % , र शिवम् सिमेन्टले १२ % IPO जारी गरेको थियो भने सर्वोत्तम सिमेन्टले १२.९१ % IPO जारी गरेको छ ।

त्यस्तै घोराही सिमेन्ट, सोनापुर मिनरल्स र शिवम् सिमेन्टले प्रिमियम ( With Premium) सहितको मूल्यमा IPO जारी गरेको थियो जस अनुसार घोराहीले प्रति कित्ता रु. ४३५/- सोनापुर सिमेन्टले प्रति कित्ता रु. २३७.५८, शिवम् सिमेन्टले प्रति कित्ता रु. ३००/- मा IPO जारी गरेकोमा सर्वोत्तम सिमेन्टले भने बुक विल्डिङ विधिबाट प्रति कित्ता रु. ३६०.९० मा IPO जारी गरेको छ ।

पछिल्लो कारोवार मूल्यका आधारमा तुलना गर्दा IPO जारी गर्दाको मूल्य भन्दा घोराहीको बजार मूल्य प्रति कित्ता २९.५१ % प्रतिशत बढीमा कारोवार भैरहेको छ भने सोनापुरको १२१.७७ % प्रतिशत बढीमा र शिवम् काे ८४.६६ % प्रतिशत बढीमा कारोवार भैरहेको छ ।

नेप्सेमा लिष्टेड सिमेन्ट कंपनीहरुको Opening Range को बारेमा कुरा गर्नुपर्दा नेप्सेले घोराही सिमेन्टको लागि २२६.६१ – ६७९.८३, सोनापुरको लागि १४२.०१ – ४२६.०३ र शिवम् काे लागि १६१.६० – ४८४.८० तोकेको थियो ।

OPEN PRICE RANGE SET BY NEPSE FOR THE FIRST TRANSACTION
COMPANY NAMERANGEFIRST TRANSACTION
GCIL226.61-679.83565.50
SONA174.98-426.03350.00
SHIVM161.60-484.80464.00
SCML
Listed Cement Company In Nepal Stock Exchange

तोकिएको रेञ्जभित्र रहेर कारोवार गर्दा पहिलो कारोवार घोराहीको प्रति कित्ता रु. ५६५.५० मा, सोनापुरको प्रति कित्ता रु. ३५० मा र शिवम् सिमेन्टको प्रति कित्ता रु. ४६४ मा भएको थियो ।

सर्वोत्तम सिमेन्ट बाहेक अन्य कंपनीहरुको चुक्तापुँजी, प्रमोटर शेयर, बजारमा Floated Share तथा स्थानीय शेयरको हिस्सा देहाय बमोजिम छ ।

COMPANY
NAME
SHARESNET
WORTH
EPS
PAID-UP CAPITALPROMOTER%FOLATED%LOCAL%
GCIL456768570036541485.6808678602.8319456768.571225.45-9.16
SONA30750500001845030060107626753515375255174.98-9.32
SHIVM5027000000005027000010000187.695.91
Listed Cement Company In Nepal Stock Exchange

चुक्तापुँजीमा सबैभन्दा बढी शिवम् सिमेन्टको रहेको छ भने कम चुक्तापुँजीमा सोनापुर मिनरल्सको रहेकोछ । शिवम् सिमेन्टको लकिङ पिरियड समाप्त भैसकेको हुँदा सम्पूर्ण शेयर साधारणमा परिणत भैसकेको छ भने घोराहिको १९ % प्रतिशत र सोनापुर मिनरल्सको ३५ % प्रतिशत शेयर बजारमा Float भैरहेकोछ ।

पछिल्लो रिपोर्ट अनुसार नेटओर्थको कुरा गर्नुपर्दा सबैभन्दा बढी नेटओर्थ घोराहीको रु. २२५.४५ छ भने दोस्रोमा शिवम् सिमेन्टको रु १८७.६९ र तेस्रोमा सोनापुर मिनरल्सको रु. १७४.९८ रहेकोछ । प्रति कित्ता आम्दानी भने घोराही सिमेन्ट र सोनापुरको नेगेटिभ ( Negative) छ भने शिवम् काे प्रति कित्ता रु. ५.९१ पोजिटिभ (Positive) रहेकोछ ।

सर्वोत्तम सिमेन्टको जारीपुँजी लगायतको अन्य विवरण तपशिल बमोजिम रहेकोछ ।

GENERAL INFORMATION ABOUT SARBOTTAM CEMENT(SCML)
Issued Capital4650000000
Total Issued Shares6000000
Issued Shares for Qualified Institutional Investors2400000
Issued Shares for Industry affected Locals930000
Issued Shares for Nepalese Citizens working Abroad267000
Allotted Shares for Industry affected Locals248470
Allotted Shares for Nepalese Citizens working Abroad267000
Issues Shares for General Public2776076
Earmarked for Mutual fund & Company employees154227

सर्वोत्तम सिमेन्टको जारीपुँजी रु. ४ अर्व ६५ करोड रहेकोछ भने १२.९१ % प्रतिशतले हुन आउने जम्मा ६० लाख कित्ता पब्लिकमा जारी गरिएकोछ । सो मध्ये योग्य संस्थापक लगानीकर्ताको लागि २४ लाख कित्ता, उद्योग प्रभावित स्थानीयको लागि ९ लाख ३० हजार कित्ता, बैदेशिक रोजगारीमा रहेका कामदारको लागि २ लाख ६७ हजार कित्ता छुट्टाइएको थियो । त्यसैगरी म्युचुअल फण्ड र कर्मचारीहरुको लागि १,५४,२२७ कित्ता छुट्टाइएको छ । उद्योग प्रभावित स्थानीयको लागि छुट्टाइएको सबै कित्ता विक्रि नभएपछि बाकीं रहेको कित्ता सहित सर्वसाधारणको लागि शेयर जारी गरिएको थियो ।

Application Details and Allotment Module of SCML
Total Applicant958959
Total applied units50538310
Oversubscribe18.20 times
Total allotted Applicants55521

सर्वसाधारणको लागि आव्हान गरेको शेयरमा जम्मा ९ लाख, ५८ हजार, ९५९ जनाको निवेदन परेको थियो । जारी गरिएको शेयर संख्या भन्दा बढी अर्थात १८.२० गुणा शेयरमा माग भएकोले जम्मा ५५ हजार ५२१ जनालाई मात्र गोलाप्रथाबाट शेयर वितरण गरिएको थियो ।

उपरोक्त विवरण अनुसार सर्वोत्तम सिमेन्टको शेयर नेप्सेमा लिष्टेड भए पश्चात पहिलो चरणमा अतेन्तै न्युन (Limited) संख्यामा मात्र बजारमा किनबेचको लागि उपलब्ध हुनेछ ।

Sarbottam Cement Company

योग्य संस्थापक लगानीकर्तालाई वितरण गरिएको शेयर, म्युचुअल फण्डको लागि छुट्टाइएको शेयर, उद्योग प्रभावित स्थानीयको लागि वितरण गरिएको शेयर तथा कर्मचारीलाई वितरण गरिएको शेयर तत्काल बजारमा कारोवार हुदैंन भने ८७.०९ % प्रतिशत संस्थापक शेयर समेत बजारमा कारोवार हुदैंन ।

एकातिर ज्यादै न्युन मात्रामा शेयरको आपुर्ति हुने कारण र सोहि प्रकृतिका अन्य सिमेन्ट कंपनीहरुको बजार मूल्य क्रमशः बढ्दै जानुले सर्वोत्तम सिमेन्टको बजार मूल्य पनि शुरुका केहि समयसम्म निरन्तर बढ्ने संभावना बलियो देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *