चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक रिपोर्ट प्रकाशन गरेका दुई होटल सोल्टी र तारागाउँ होटलले खुद नाफामा बृद्धि गरेसगैं सबैजसो सूचकमा प्रगति गरेको रिपोर्ट प्रकाशन गरेका छन् । होटल समूहको अन्य होटलहरु ओरियन्टल र सिटी होटलको तेस्रो त्रैमासिक रिपोर्ट भने प्रकाशन गर्न बाकीं छ ।
प्राप्त रिपोर्ट अनुसार जगेडा कोषमा तारागाउँ रिजेन्सी होटलले ४१.९८ प्रतिशतको बृद्धि गरेको छ भने सोल्टी होटलले पनि आफ्नो जगेडा कोषमा ३०.७३ प्रतिशतको बृद्धि गरेको छ ।
गत वर्षको तुलनामा यस आ.ब को समीक्षा अवधिमा ति दुई होटल तारागाउँ र सोल्टीले खुद नाफामा पनि उल्लेख्य बृद्धि गरेको छ । तारागाउँ होटलले यस त्रेमासमा ३३ करोड ३२ लाख ८१ हजार रुपयाँ खुद नाफा कमाएको छ जुन गत वर्षको दाँजोमा ३९.५४ प्रतिशत हुन आउँछ । त्यसैगरी होटल सोल्टीले यस त्रैमासमा ४१ करोड २३ लाखको हाराहारीमा खुद नाफा कमाएको छ जुन गत वर्षको तुलनामा ११.०८ प्रतिशतले बढी हुन आउँछ ।
खुद नाफा बृद्धिसगैं प्रति शेयर आम्दानीमा पनि बृद्धि भएको छ । सोल्टी होटलको प्रति शेयर आम्दानी ४.४४ रुपयाँ पुगेको छ जुन गत वर्ष ४.२० रुपयाँ मात्र थियो । त्यसैगरी तारागाउँ होटलले भने गत वर्षको तुलनामा रु. ४.३३ ले बृद्धि गरी प्रति शेयर आम्दानी १६ रुपयाँ ९९ पैसा पुगेको छ । त्यसैगरी प्रति शेयर नेटओर्थमा पनि सोल्टी होटलले रु. १३७.१७ पु–याएको छ । त्यसै गरी सोल्टी होटलको नेटओर्थमा पनि रु. २.८७ ले बृद्धि गरि २४.५८ पु–याएको छ ।
यस सम्वन्धि विस्तृत विवरण तलको चार्टमा देखाइएको छ ।

Net Profit, EPS & Net Worth
S.NSymbolReportNet ProfitEPSNet Worth
1SHLQ3 – 080/08141.23 Cr4.4424.58
2TRHQ3 – 080/08133.33 Cr16.99137.19
Third Quarter Report

होटल ओरियन्टल र सिटी होटलले भने तेस्रो त्रैमासिक रिपोर्ट यो समाचार लेख्दासम्म प्रकाशित गरेका छैनन् । दोस्रो त्रैमासिक रिपोर्टको आधारमा सोल्टी होटलको प्रति शेयर आम्दानी रु. ४.७४ रहेको छ भने सिटी होटलको प्रति शेयर आम्दानी ऋणात्मक रहेको छ । त्यसैगरी सोहि त्रैमासको रिपोर्ट अनुसार प्रति शेयर नेटओर्थमा ओरियन्टलको रु. ३४२.५८ र सिटी होटलको प्रति शेयर नेटओर्थ रु. ९६.५० रहेको छ ।
यस सम्वन्धि विस्तृत विवरण तलको चार्टमा देखाइएको छ ।

Net Profit, EPS & Net Worth
S.NSymbolReportNet ProfitEPSNet Worth
3OHLQ2 – 080/0815.35 Cr4.74342.58
4CITYQ2 – 080/081-11.80 Cr-7.0596.5
Second Quarter Report

सूचिकृत शेयर संख्याको कुरा गर्नुपर्दा तेस्रो त्रैमासिक रिपोर्ट अनुसार सोल्टी होटलको ९२ लाख ९० हजारको हाराहारीमा शेयर सूचिकृत छ भने तारागाउँ होटलको सूचिकृत शेयर संख्या १ करोड ९६ लाख कित्ता छ ।
त्यसैगरी कारोवारयोग्य फ्लोटेड शेयर संख्यामा सोल्टी होटलको २८ लाख ८० हजारको हाराहारीमा र तारागाउँ होटलको ८४ लाख ३७ हजारको हाराहारीमा सेयर रहेको छ ।

यस सम्वन्धि विस्तृत विवरण तलको चार्टमा देखाइएको छ ।

Listed & Floated Shares
S.NSymbolReportListed ShareFloated Shares
1SHLQ3 – 080/08192.90 Lac28.80 Lac
2TRHQ3 – 080/0811.96 Cr84.37 Lac
Third Quarter Report

तर ओरियन्टल र सिटी होटलको तेस्रो त्रैमासको रिपोर्ट प्राप्त भैनसके पनि दोस्रो त्रैमासिक रिपोर्टको आधारमा ओरियन्टल होटलको बजारमा कारोवारयोग्य फ्लोटेड शेयर संख्या ३३ लाख ८४ हजारको संख्यामा र सिटी होटलको १६ लाख ७४ हजारको हाराहारीमा रहेको छ ।

यस सम्वन्धि विस्तृत विवरण तलको चार्टमा देखाइएको छ ।

Listed & Floated Shares
S.NSymbolReportListed ShareFloated Shares
3OHLQ2 – 080/0811.13 Cr33.84 Lac
4CITYQ2 – 080/0811.67 Cr16.74 Lac
Second Quarter Report


टेक्निकल चार्टको आधारमा हेर्दा होटल समूह अहिले बुलिस जोनमा प्रवेश गरेको देखिन्छ । दैनिक चार्टमा सुपरटे्रण्ड र म्याकडीले भरखरै बुलिस क्रसओभर गरेको छ भने आरएसआई ६२.३२ मा रहेकोले ट्रेडिङ जोनमा प्रवेश गरेको देखाएको छ । प्राविधिक सूचकांकले होटल समूह केहि समय बढ्न सक्ने देखाएको छ भने विक्ली चार्ट अनुसार आरएसआइ ५२.४६ मात्र रहेकोले ट्रेडिङ जोनमा प्रवेश गरि नसकेको र म्याकडीमा पनि वियरिस क्रस ओभर नै रहेको देखाएको छ ।
यस सम्वन्धि विस्तृत विवरण तलको चार्टमा देखाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *