नेपाली शेयर बजारमा अहिले केहि कंपनीहरुको मूल्य तिनको वास्तविक नेटओर्थ (Net Worth) भन्दा पनि तल आएको छ । त्यस्ता कंपनीहरुको नाम लिनुपर्दा बैंकिंङ सेक्टरबाट नेपाल बैंक लि., नेपाल इन्भेष्टमेन्ट मेघा बैंक, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक र कुमारी बैंक रहेका छन् । के ति बैंकहरुको अवस्था नाजुक नै भैसकेको हो त ? के ति बैंकका शेयरहरु खरीद गर्न लायक छैनन् त ? खरीद गर्नको लागि के यो उपयुक्त समय हो त जुन कंपनीको शेयर मूल्य नेटओर्थ (Net Worth) भन्दा तल गएका छन् ? आज तिनै प्रश्नहरुको समाधानको लागि कंपनीको विश्लेषण गरिएको छ ।

नेपाल बैंक लिमिटेडको खराब कर्जा बढेको कारण खुद नाफामा असर पुगेको छ । गत वर्षको यसै अवधिमा ४.१६ प्रतिशत रहेको खराब कर्जा समीक्षा अवधिमा बढेर ४.८५ प्रतिशत पुगेको छ । चुक्तापुँजी १४.६९ अर्वभन्दा बढी रहेको यस बैंकको जगेडा कोषमा २२.५६ अर्वभन्दा बढी सञ्चित छ । खुद नाफामा गतवर्षको सोहि अवधिको तुलनामा ठूलो गिरावट आएको छ अर्थात ९२.७० प्रतिशतले खुद नाफामा संकुचन आएको छ । खराब कर्जा बढ्नुको कारण रिटेन्ड अर्निङमा ऋणात्मक असर परेको र जसको कारण सञ्चित कोषमा १.०५ अर्बले गिरावट आएर २१.५२ अर्बमा सिमित हुन पुगेको छ । त्यस्तै नेपाल बैंकको ग्राहकबाट संकलित डिपोजिट र लोन एण्ड एड्भान्समा समेत समग्र वाषिज्य बैंकको एभरेज दर भन्दा कम रहेको छ । यस बैंकको प्रति शेयर आम्दानी १.१८ रुपयाँले ऋणात्मक रहेको छ भने वितरणयोग्य नाफा १.०५ अर्व रहेको छ । सबैभन्दा राम्रो पक्ष भनेको यसको वास्तविक नेटओर्थ (Net Worth) प्रति शेयर रु. २४६.४२ रहेकोमा पछिल्लो बजारमूल्य प्रति शेयर रु. १९९.२० मा कारोवार भैरहेको छ । यसको मतलब वास्तविक बुक भ्यालु भन्दा पनि बजारमूल्य १९.१६ प्रतिशतले कम हुनुले अहिलेको अवस्थामा नेपाल बैंक लिमिटेडको शेयरमा गरिने लगानी सुरक्षित रहेको जनाउँछ ।

नेपाल इन्भेष्टमेन्ट मेघा बैंक पछिल्लो समयमा खराब कर्जाले नराम्ररी थलिएको छ । बैंकको खराब कर्जा झन् झन् बढ्दै गएर अघिल्लो आ.ब को तेस्रो त्रैमासमा ३.९४ प्रतिशत रहेको खराब कर्जा समीक्षा अवधिमा ४.६६ प्रतिशत पुगेको छ । गत आ.ब को पहिलो त्रैमासमा भने यस बैंकको खराब कर्जा जम्मा १.५७ प्रतिशत मात्र थियो । खराब कर्जा अत्यधिक बढेको कारण यस बैंकले प्रोभिजनमा ३ अर्बभन्दा बढी रकम छुट्टाएको छ । खराब कर्जाको असर प्रति शेयर आम्दानीमा पनि परेको छ । समीक्षा अवधिमा यस बैंकको प्रति शेयर आम्दानी रु. १२.८० मात्र रहेको छ । यस बैंकले खुद नाफामा भने गत वर्षको सोहि अवधिको तुलनामा ७.५२ प्रतिशतले बृद्धि गरेको छ भने रिटेन्ड अर्निङमा ऋणात्मक असर परेको कारण सञ्चित कोषमा ५.०८ अर्बले ह्रास आई जम्मा रु. २४.७७ अर्वमा खुम्चनु परेको छ । ग्राहकबाट संकलित डिपोजिट र लोन एण्ड एड्भान्समा समग्र बैंकको एभरेज अनुपातमा बृद्धि भएको छ खुद ब्याज आम्दानीमा पनि बृद्धि भएको छ । यस बैंकको वास्तविक बुक भ्यालु भन्दा बजार मूल्य ११.९१ प्रतिशतले घटि हुनुको कारण अहिलेको अवस्थामा यस बैंकको शेयरमा हुने लगानी भने सुरक्षित रहेको मानिन्छ ।

लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफामा बृद्धि गरेको छ । गतवर्षको सोहि अवधिको तुलनामा खुद नाफामा २७.७० प्रतिशत बृद्धि गरेको हो । चुक्तापुँजी २३ अर्ब १८ करोड पु–याएको यस बंैकको जगेडा कोषमा १६ अर्ब ६० करोड सञ्चित छ । यस बैंकको पनि खराब कर्जा बढेको कारण प्रोभिजनमा रकम बढी छुट्टाउनु परेको र यसबाट प्रति शेयर आम्दानीमा संकुचन आई प्रति शेयर आम्दानी रु. ९.२९ मा सिमित हुन पुगेको छ । यस बैंकको वितरणयोग्य नाफा १.२५ अर्बले ऋणात्मक रहेको छ । खराब कर्जाको अनुपात भने ५.४९ प्रतिशत पुग्नुले यसको वास्तविक अवस्था निकै खस्केको देखाउँछ । सबैभन्दा राम्रो पक्ष भनेको यसको वास्तविक नेटओर्थ (Net Worth) प्रति शेयर रु. १७१.५९ रहेकोमा पछिल्लो बजारमूल्य प्रति शेयर रु. १४८ मा कारोवार भैरहेको छ । यसको मतलब वास्तविक बुक भ्यालु भन्दा पनि बजारमूल्य १३.७४ प्रतिशतले कम हुनुले अहिलेको अवस्थामा लक्ष्मी सनराइज बैंकको शेयरमा गरिने लगानी सुरक्षित रहेको जनाउँछ ।

प्रभु बैंकको खराब कर्जाको अनुपात समग्र वाणिज्य बैंक सेक्टरको तुलनामा बढी देखिन्छ । समीक्षा अवधिमा खराब कर्जाको अनुपात बढेर ४.८१ प्रतिशत पुगेको छ । गतवर्षको तुलनामा चुक्तापुँजीको संरचनामा कुनै परिवर्तन नभएको यस बैंकको जगेडा कोषमा खासै ठूलो परिवर्तन भएको छैन । ९.८७ अर्ब रुपयाँ जगेडा कोषमा रहेको यस बैंकको खुद नाफा १.८१ अर्ब रहेको छ । प्रति शेयर आम्दानी रु. १०.२६ रहेको यस बैंकको नेटओर्थ (Net Worth) रु. १४२.६० छ भने पछिल्लो बजार मूल्य रु. १३९.१० रहेको छ । यस अर्थमा यस बैंकको शेयर मूल्य वास्तविक बुक भ्यालु भन्दा पनि २.४५ प्रतिशतले कम हुनुले हालको अवस्थामा यस बैंकको शेयरमा गरिने लगानी सुरक्षित नै मान्नुपर्दछ ।

कुमारी बंैकले गत वर्षको तेस्रो त्रैमासिक भन्दा यस आ.ब को समीक्षा अवधिमा संचालन नाफामा २१.६० प्रतिशतले बृद्धि गर्दै रु. २ अर्ब २६ करोड १८ लाख पु–याएको छ । खराब कर्जा ह्वात्तै बढ्न पुगेको कारण खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी बढ्न गएता पनि वितरण योग्य मुनाफा ४ अर्ब ५२ करोडले ऋणात्मक रहेको छ । चुक्तापुँजीमा कुनै परिवर्तन नभएको यस बैंकको जगेडा कोषमा भने ९ अर्ब ६२ करोड रुपयाँ सञ्चित छ । समीक्षा अवधिमा खराब कर्जाको अनुपात ४.९५ प्रतिशत पुगेको छ भने प्रति शेयर आम्दानी रु. ५.३५ रहेको छ । वितरणयोग्य मुनाफा ऋणात्मक रहेको कारण प्रति शेयर वितरणयोग्य आम्दानी पनि रु. २१.३८ ले ऋणात्मक छ । कंपनीको प्रति शेयर नेटओर्थ (Net Worth) रु. १३६.५२ र पछिल्लो बजार मूल्य प्रति शेयर रु. १३४ रहेकोले कंपनीको वास्तविक अवस्था भने विग्रिसकेको भन्न सकिने अवस्था छैन । तसर्थ अहिलेको अवस्थामा कुमारी बैंकको शेयरमा गरिएको लगानी सुरक्षित नै मान्नु पर्दछ ।

Some Companies whose Market Price is less than Net Worth
SymbolTime PeriodCloseNet ProfitEPSNet WorthP/E RatioMP Less than
Net Worth %
NBLQ3 – 080/081199.213.05 Cr1.18246.42168.8119.16
NIMBQ3 – 080/0811523.28 Arab12.8172.5711.8811.91
LSLQ3 – 080/0811481.62 Arab9.29171.5915.9313.74
PRVUQ3 – 080/081139.11.81 Arab10.26142.613.562.45
KBLQ3 – 080/0811341.05 Arab5.35136.5225.051.84
Net Worth and Market Price

Leave a Reply

Your email address will not be published. Required fields are marked *