तेस्रो क्वार्टर रिपोर्ट (Third Quarter Report) प्रकाशित गरेका १५ वटा विकास बैंकहरुमद्दे मुक्तिनाथ विकास बैंकले प्रति शेयर आम्दानीमा अन्य बाकीं १४ वटा विकास बैंकलाई पछि पारेको छ । नेपाल स्टक एक्सचेन्जमा सूचिकृत १६ वटा विकास बैंकहरुमद्दे मुक्तिनाथ विकास बैंकको प्रति शेयर आम्दानी रु. १६.५० छ । दोस्रोमा गरिमा विकास बैंकको प्रति शेयर आम्दानी रु. १६.०४ छ भने तेस्रोमा साइन रेसुंङ्खा विकास बैेकको प्रति शेयर आम्दानी रु. १४.५० रहेको छ । प्राप्त पछिल्लो रिपोर्ट अनुसार ४ वटा कंपनीको प्रति शेयर आम्दानी (EPS) ऋणात्मक रहेको छ । ति कंपनीहरुमा नारायणी विकास बैंक, एक्सल विकास बैंक, सिन्धु विकास बैंक र सप्तकोसी विकास बैंकहरु हुन् ।

अन्तिम कारोबारको आधारमा विकास बैंक सेक्टरको ओभरअल पि.इ रेसियो (P.E Ratio) २९.०७ रहेकोमा ७ वटा विकास बैंकहरु क्रमशः मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, रेसुंङ्खा विकास बैेक, कामना सेवा विकास बैंक, महालक्ष्मी विकास बैंक, सांग्रीला विकास बैंक र लुम्बिनी विकास बैंकको पि.इ रेसियो (P.E Ratio) भने २९ भन्दा कम नै रहेको छ यस अर्थमा ति ७ वटा विकास बैंकहरुको औसत प्रति शेयर आम्दानी (EPS) संतोषजनक नै मान्नुपर्दछ । माथि उल्लेखित ४ वटा विकास बैंकहरु नारायणी विकास बैंक, एक्सल विकास बैंक, सिन्धु विकास बैंक र सप्तकोसी विकास बैंकको खुद आम्दानी ऋणात्मक रहेकोले पि.इ रेसियो (P.E Ratio) पनि ऋणात्मक नै देखिन्छ ।

तेस्रो क्वार्टर रिपोर्टको आधारमा विकास बैंकहरुको खुद आम्दानी, प्रति शेयर आम्दानी (EPS) र नेटओर्थ (Net worth) यस प्रकार रहेका छन् ।

Development Bank (Net Profit, EPS & Networth)
S.NSymbolTime PeriodNet ProfitEPSNet Worth
1MNBBLQ3 – 080/08187.18 Cr16.50143.48
2GBBLQ3 – 080/08166.13 Cr16.04148.55
3SHINEQ3 – 080/08151.47 Cr14.50141.40
4KSBBLQ3 – 080/08133.14 Cr13.47155.34
5LBBLQ3 – 080/08134.22 Cr12.97178.61
6MLBLQ3 – 080/08137.36 Cr11.94156.28
7SADBLQ3 – 080/081010.47137.47
8MDBQ3 – 080/0816.83 Cr8.19135.03
9JBBLQ3 – 080/08115.24 Cr4.62134.20
10GRDBLQ3 – 080/0811.81 Cr4.49
11CORDBLQ3 – 080/08187.25 Lac1.66144.67
12NABBCQ3 – 080/081-42.71 Lac-1.6322.30
13EDBLQ3 – 080/081-5.37 Cr-5.73151.59
14SINDUQ3 – 080/081-5.41 Cr-9.70106.04
15SAPDBLQ3 – 080/081-7.31 Cr-11.3867.26
Third Quarter Report (Net Profit, EPS, Net Worth)

यस्तै नेपाल स्टक एक्सचेन्जमा सूचिकृत १५ वटा फाइनान्सहरुमद्दे १४ वटा फाइनान्स कंपनीहरुले तेस्रो त्रैमासिक रिपोर्ट प्रकाशित गरेका छन् । प्रकाशित रिपोर्ट अनुसार मन्जुश्री फाइनान्सले गत बर्षको सोहि अवधिको तुलनामा खुद नाफामा १२.०७ प्रतिशत गिरावट आए पनि रिपोर्ट प्रकाशित १४ वटा फाइनान्सहरुमद्दे सबैभन्दा बढी खुद आम्दानी गर्ने र प्रति शेयर आम्दानी (EPS) सबैभन्दा बढी भएको कंपनीमा परेको छ । खुद ब्याज आम्दानी बढे पनि इम्पेरमेन्ट चार्ज बढेको कारण खुद नाफामा असर परेको हो । खुद नाफा र प्रति शेयर आम्दानीमा दोस्रोमा गोर्खा फाइनान्स रहेको छ जसको प्रति शेयर आम्दानी रु. ८.५३ रहेको छ । प्राप्त रिपोर्ट अनुसार ७ वटा फाइनान्स कंपनीको खुद नाफा ऋणात्मक छ ति कंपनीहरुमा पोखरा फाइनान्स, जानकी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, गुडविल फाइनान्स, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स रहेका छन् । त्यसै गरी अन्य ७ वटा फाइनान्सहरुको खुद नाफा सकारात्मक छन् ।
पछिल्लो अन्तिम कारोबारको आधारमा ओभरअल फाइनान्स सेक्टरको पि.इ रेसियो (P.E Ratio) ६२.९३ रहेकोमा एउटा मात्र फाइनान्स कंपनी जुन मन्जुश्री फाइनान्सको पि.इ रेसियो (P.E Ratio) ३३.९९ रहेको छ भने अन्य सबै फाइनान्सको पि.इ रेसियो (P.E Ratio) सेक्टरको भन्दा बढी रहेको छ । ७ वटा फाइनान्स कंपनीको पि.इ (P.E Ratio) ऋणात्मक हुँदा त्यस पछि सबैभन्दा बढी पि.इ रेसियो (P.E Ratio) भएको कंपनीमा नेपाल फाइनान्स रहेको छ जसको पि.इ (P.E Ratio) १८५४ भन्दा बढी रहेको छ ।
यस सम्वन्धी विस्तृत विवरण यस प्रकार रहेको छ ।

Finance (Net Profit, EPS & Net Worth)
S.NSymbolTime PeriodNet ProfitEPSNet Worth
1MFILQ3 – 080/08116.63 Cr14.9159.75
2GUFLQ3 – 080/0815.49 Cr8.53151.71
3SIFCQ3 – 080/0813.12 Cr4.24133.6
4ICFCQ3 – 080/0813.33 Cr3.75152.61
5MPFLQ3 – 080/0811.59 Cr3.48113.77
6BFCQ3 – 080/08180.26 Lac1.25132.97
7NFSQ3 – 080/08113.19 Lac0.24134.83
8GMFILQ3 – 080/081-5.51 Cr-5.44141.08
9RLFLQ3 – 080/081-4.73 Cr-5.6298.37
10CFCLQ3 – 080/081-6.15 Cr-8.64124.32
11GFCLQ3 – 080/081-8.65 Cr-12.19145.72
12PROFLQ3 – 080/081-5.49 Cr-12.9567.23
13JFLQ3 – 080/081-10.86 Cr-20.9876.94
14PFLQ3 – 080/081-18.29 Cr-22.23116.26
Third Quarter Report (Net Profit, EPS, Net Worth)

समग्र विकास बैंकको चार्ट हेर्दा बोलिंगर ब्याण्ड (Bollinger Band) को तल्लो लाइन अर्थात लोयर ब्याण्ड (Lower Band) को प्रतिरोधको सामना गरिरहेको यस सेक्टरले यहिंबाट मूल्य बढ्न सक्ने पनि अनुमान गर्न सकिन्छ । आरएसआइ (RSI) र म्याकडी MACD) अनुसार भने अझै मूल्य बढ्न सक्ने संकेत देखिदैंन ।

Development Bank Chart

चार्टलाई विश्लेषण गर्ने हो भने विकास बैंक भन्दा फाइनान्सको चार्ट अलि बढी आशा लाग्दो देखिनछ । बोलिंगर ब्याण्ड (Bollinger Band) को मध्य विन्दुमा प्रतिरोध लिएको यस सेक्टरको आरएसआइ (RSI) ५६.४९ रहेको छ जुन बुलिस सेन्टिमेन्ट नै हो । म्याकडी (MACD) मा भने भरखरै नेगेटिभ क्रसओभर (Negative Crossover)आए पनि जिरो (Zero) भन्दा माथि नै रहेकोले बजार झर्ने भन्ने संकेत दिइसकेको छैन ।

Finance Chart

Leave a Reply

Your email address will not be published. Required fields are marked *