(आरोह, अवरोह, रोचक र अत्यास लाग्दा क्षणहरुको सनसनीपूर्ण खोज)

(विश्व शेयरबजारसँग तुलनात्मक अध्ययन)

(A sensational exploration of ups, downs, interesting and excruciating moments)(Comparative study with world stock market)

नेपाली शेयर बजारको विकासक्रममा उत्पन्न भएका उतारचढाबबाट के कस्ता डरलाग्दा परिस्थिति उत्पन्न भए, के कस्ता आर्थिक तथा मानवीय क्षति भए, त्यसको विवरण त्यतिविधि प्रकाशनमा आएको पाइदैन तर शेयर बजारमा आएको मन्दी वा भनौं अप्रत्यासित घटनाक्रमहरुले विश्व अर्थतन्त्रमा पर्न गएको असर र त्यस्ता डरलाग्दा परिस्थितिबाट देशले भोग्नुपरेको आर्थिक क्षतिको विवरण चाहिँ प्रशस्त मात्रामा अध्ययन गर्न पाइन्छ ।

विश्वका चर्चित शेयरबादशाहहरु जस्तै रिचर्ड डि‍ वेकअफ (Richard D. Wyckoff), पिटर लिन्च (Peter Lynch) जस्ता व्यक्तिहरुले प्रकाशनमा ल्याएका कयौं पुस्तकहरुमा पनि विश्व शेयर बजारको विभिन्न कालखण्डमा भएका डरलाग्दा घटनाक्रमहरुलाई चित्रण गरेको पाइन्छ । 

Peter Lynch

यस लेखमा विश्व शेयर बजारमा देखा परेका केहि रोचक घटनाक्रमहरुलाई जोड्दै नेपाली शेयर बजारमा उत्पन्न भएका केहि आरोह, अवरोह, रोचक र अत्यास लाग्दा क्षणहरुलाई विश्लेषण गर्ने प्रयास गर्नुका साथै शेयर लगानीकर्ताले अपनाउनुपर्ने केहि सावधानी माथि प्रष्ट्याउने प्रयास गरिन्छ ।

शेयर बजारबाट मनग्गे कमाउने थुप्रै व्यक्तित्वहरुको बारेमा त हामीले प्रसस्तै सुनेका छौं । भारतका वारेन बुफेट भनेर चिनिने राकेश झुनझुनवाला (Rakesh Jhunjhunwala) जो आज हामी माझ हुनुहुन्न (उहाँको मृत्यु सन् २०२२ अगष्ट १४) तर पनि उहाँले २५ वर्षको उमेरमा भारु. पाँचहजार (५०००/-) रुपयाँबाट शेयर बजारमा प्रवेश गरे, शेयर बजारलाई नै नयाँ उचाइमा पुर्याउन निकै ठूलो परिश्रम गरे, तहल्का मच्चाए र मुख्यतः उहि शेयर बजारको माध्यमबाट भारु. दुई खर्ब भन्दा बढी कमाए भनिन्छ । आजको मितिमा उहाँको कंपनी दलाल स्ट्रिट इन्भेष्टरको (Dalal Street Investor) सम्पत्ति मात्र पनि Trendlyne का अनुसार भारु ३२,००० करोड रहेको छ । 

Rakesh Jhunjhunwala

त्यस्तै वारेन बुफेट (Warren Buffet) जस्को जन्म १९३० अगष्ट ३० मा भएको थियो उनै व्यक्ति ११ वर्षको उमेरमा आफ्नो दिदीसँग Stock Market गएर  उनकै दिदीले प्रति शेयर ३८ डलर पर्ने Cities Service, an oil Service Company को ६ वटा शेयर किनेर भाइलाई शेयर बजारमा प्रवेश गराएकी थिइन, उनै वारेन बुफेटको सम्पत्ति सन् २०२३ सेप्टेम्वर ३० को पछिल्लो मुल्यांकन अनुसार ३१३.२६ बिलियन डलर पुगेको छ ।

शेयर बजारको प्रवेशसँगै कमाउने र गुमाउनेको संख्यामा कमी छैन । नेपाली शेयर बजारको इतिहासमा शेयर बजारबाट गुमाएर विचलित भई आत्मदाह वा आत्महत्या गरेको घटना विरलै सुनिन्छन् तर विश्व शेयर बजारमा यस्ता थुप्रै घटनाहरु भएको समाचार समयसमयमा प्रकाशित भएका छन् । शेयर बजारमा भएका अप्रत्यासित गिरावटबाट देशकै अर्थतन्त्र डामाडोल भएका कयौं घटनाहरु इतिहासमा दर्ज भएका छन् ।

Warren Buffet

South Sea Bubble of 1769, Black Friday of 24 September 1869, Black Monday of 1987, Wall Street Crash of 1929, Dot-Com Bubble of 2000, Coronavirus Crash of 2020 आदि इत्यादि कयौं मार्केट क्रयासका घटनाहरु इतिहासकै सबैभन्दा डरलाग्दा घटनाहरु हुन् । 

खासगरी प्रतिकुल समयमा बजार प्रवेश गर्ने, विना अध्ययन अर्काको भरमा लगानी गर्ने, सानो उतार चढाबबाट तर्सने र बजारबाट बाहिरिने, शेयर बजारलाई सट्टे बजारको रुपमा लिने, धैर्य गुमाउनेहरुको ठूलो संख्या शेयर बजारमा नराम्ररी भासिएको पाइन्छ । त्यस बाहेक कुनै प्राकृतिक विपत वा लडाईबाट कंपनीको संपत्ति डुबेर कंपनी टाट पल्टदा पनि तिनै कंपनीमा लगानी गर्ने लगानीकर्ताहरु डुबेका छन् ।

Market Crash

खासगरी समय र धैर्यताको बाँध फुट्दा पनि कयौं लगानीकर्ताहरु कि त डुब्छन् वा कमाउन सक्दैनन् । तर यसैलाई पाठको रुपमा लिएर पछि कारोबार गर्नेहरु मिलिनियर, विलिनियर भएका प्रशस्त उदाहरणहरु छन् । उदाहरणको लागि वारेन बुफेटको एउटा रोचक घटनालाई यहाँ प्रस्तुत गर्न सान्दर्भिक ठानिएको छ । जब वारेन बुफेट ११ वर्षको हुँदा उनकै दिदीले प्रति शेयर ३८ डलर पर्ने Cities Service, an oil Service Company को ६ वटा शेयर किनेर भाइलाई शेयर बजारमा प्रवेश गराएकी थिइन । खरीद गरेपछि शेयरको भाउ घट्यो, लामो समयसम्म साँवा पनि उठेन । तर निकै वर्षपछि उक्त शेयरको भाउ प्रति कित्ता ४० डलर पुग्यो तब वारेन बुफेटले आफुसँग भएको सबै शेयर बेचेर बजारबाट बाहिर गए । अफसोच शेयर बेचेको केहि हप्ताभित्र नै उक्त कंपनीको शेयर प्रति कित्ता २०० डलर पुग्यो । यसबाट भनिन्छ वारेन बुफेटले समय र धैर्यताको महत्व बुझे, त्यसैलाई ठूलो पाठको रुपमा लिएर शेयर बजारबाट मनग्गे पैसा कमाए ।

अब नेपाली शेयर बजारको घटनाक्रमलाई जोडौं । 

(नेपाली शेयर बजारको इतिहासकाे बारेमा जान्नकाे लागि तलकाे लि‌कमा जानुहाेस्) https://nepalstocktoday.com/history-of-nepse-nepal-stock-exchange/

Nepse 3198.19 (All time high)

नेपालको इतिहासमा हालसम्मको सबैभन्दा बढी उचाईमा नेप्से पुगेको दिन (Closing Basis) अगष्ट १८, २०२१  अर्थात भाद्र २ हो जुन दिन नेप्से ३१९८.१९ विन्दुमा बजार बन्द भएको थियो । कारोवारको कुरा गर्नुपर्दा उक्त दिन झण्डै २१ अर्व ३१ करोड ३८ लाख बरावरको कारोवार भएको थियो । हुन त त्यसको भोेलिपल्ट अर्थात अगष्ट १९ मा नेप्से ३२२७.११ पुगेको थियो तर Closing Basis को आधारमा नेप्से ३१८०.८६ विन्दुमा बजार बन्द भएकोले अघिल्लो दिनकै विन्दु ३१९८.१९ लाई नै Closing Basis को आधारमा All Time High भन्न सकिन्छ । त्यसभन्दा अघिल्लो बुलमा जुलाई २७, २०१६ अर्थात साउन १२ गते नेप्सेले १८८१.४५ को विन्दु चुमेको थियो । उक्त दिन नेप्सेमा झण्डै २ अर्व ७५ करोड ३७ लाख बराबरको कारोवार भएको थियो । 

शेयर बजारको अहिलेसम्मको अवस्थामा आइपुग्दा थुप्रै उतार चढाबका घटनाहरु देखा परेका छन् । त्यसमध्ये मूख्य मूख्य घटनाहरुलाई यहाँ प्रस्तुत गरिएको छ ।

नेपाली शेयर बजारले थुप्रै आरोह अवरोह पार गर्दै सन् २००८ अगष्ट ३१ तारिखका दिन नेप्सेले ११७५ को विन्दु छोयो । उक्त दिनलाई नेपालमा नेपाल स्टक एक्सचेन्ज कंपनीको स्थापना काल सन् १९९३ पश्चात अर्थात १५ वर्षको अन्तरालमा नेप्सेले सबैभन्दा माथिल्लो विन्दु छोएको दिनको रुपमा लिइन्छ । त्यसको ३ वर्षको अन्तरालमा नेप्सेमा क्रमशः गिरावट आई सन् २०११ जुन १५ का दिन नेप्से सवैभन्दा तल्लो विन्दु अर्थात २९२ विन्दुको आसपास झर्यो जुन नेपालको इतिहासमा हालसम्मकै सवैभन्दा तल्लो विन्दु मानिन्छ । 

यस अवस्थामा नेप्से आइपुग्दा लगानीकर्ताहरुले ठूलै मूल्य चुकाउनु पर्यो । कयौं लगानीकर्ताहरु शेयर बजारबाट पलायन भए । कयौंको घरबार श्रीसम्पत्ति डुब्न पुग्यो । कयौंलाई पुन माथि उठ्न कयौं वर्ष लाग्यो । त्यसवाट देशकै अर्थतन्त्रमा पनि नकारात्मक असर परेको ठम्याई छ । यसको अर्थ शेयर बजार धरासायी हुँदाको क्षति कति महंगो हुँदो रहेछ र त्यसबाट माथि उठ्न कति समय लाग्दो रहेछ भन्ने सहजै अनुमान गर्न गाह्रो छ ।

त्यसपछिका लामो समयसम्म नेपाली शेयर बजारले गति लिन सकेन । कछुवाको गतिमा बजार गुज्रिरह्यो । झण्डै ६८ महिना पश्चात अर्थात सन् २०१४ को जुन महिनामा नेप्सेले ९०० अंक पार गर्यो जब कि सन् २००८ को अक्टोवर २६ तारिखका दिन नै बजार घट्दो क्रममै भए पनि नेप्से ९१८.१५ विन्दुमा थियो । यसरी २९२ विन्दुबाट नेप्से पुन बढेर ९०० अंक पार गर्दा कयौं पुराना लगानीकर्ताहरुले राहतको स्वास फेर्न पाए । नयाँ कयौं लगानीकर्ताहरुले राम्रै कमाए । त्यसपछि केहि समय पुनः बजार चलायमान हुन सकेन ।

रातपछि दिन आउँछ भनेझैं पुन नेप्से सन् २०१५ अगष्ट २० का दिन १२००.९२ विन्दुमा पुग्यो । सन् २०१५ को अन्तिम घडी अर्थात डिसेम्वर ३१ तारिखको दिन नेप्से ११५१.३८ विन्दुमा बन्द भयो ।

Earth Quake in Nepal 2015

सन् २०१५ नेपाली शेयर बजारका लागि अविश्मरणीय क्षण रह्यो । अप्रिल २५ र मे १२ को भईचालो पश्चात शेयर बजार झण्डै २८ दिनसम्म बन्द रह्यो । जब बजार खुल्यो, नेप्सेमा झण्डै १०० अंक भन्दा बढीको गिरावट आयो । 

तत्कालिन समयमा जब धितोपत्र बोर्डमा रेवत बहादुर कार्कीलाई नियुक्ति गरियो तत् पश्चात शेयर बजार विकास र विस्तार सम्वन्धी केहि नयाँ र केहि अधुरा कामहरु पुरा गर्ने जमर्को गरियो । बजार विकासका योजनाहरुको निर्माण, आइपिओमा लाग्ने खर्च घटाउने व्यवस्था, धितोपत्र दलालहरुलाई दिइने कमिसन घटाउने लगायतका केहि महत्वपूर्ण निर्णयहरु उनको पालामा भए । यसबाट नेपाली शेयर बजारको विकास र विस्तारमा केहि सकारात्मक क्षणहरुको सुरुवात भयो । 

Nepse 1881.45 (First time all time high in 2016

त्यसपछि लगत्तै मधेस आन्दोलन भयो तर त्यसले शेयर बजारलाई भने त्यति छोएन । यस विचमा शेयरलाई अभौतिकिकरण गरी विद्युतिय माध्यमबाट खरीद विक्रि गर्ने कार्यको थालनी गरियो । यसबाट बजारमा केहि हलचल सुरु भयो र केहि हदसम्म बजार बढ्न मध्दत गर्यो ।

 नेप्से बढ्ने क्रमसगैं सन् २०१६ को जुन २७ मा नेप्सेले १७२४.५९ को विन्दु छोएकोमा सोहि बर्षको जुलाई २७ तारिखमा अल टाइम हाई अर्थात नेप्से १८८१.४५ विन्दुमा बन्द हुन पुग्यो । त्यसपछि नेप्से बढ्नेक्रममा ब्रेक लाग्यो र सन् २०१७ को फेब्रुअरी १७ तारिखको दिन नेप्से तल्लो विन्दु अर्थात १२५२.५० विन्दुमा बन्द भयो । नेप्सेको उतारचढाबको क्रमसगैं सन् २०१९ को मार्च ३ मा पहिलो All time high पछिको All Time Low अर्थात ११००.५८ विन्दुमा नेप्से झर्यो । त्यसपछि पनि नेप्सेमा ठूला ठूला उतार चढाब हुदैं नेपालको इतिहासमै दोस्रो पटक अर्थात हालसम्मको सबैभन्दा उच्च विन्दुमा नेप्से (Closing Basis) पुग्यो जुन दिन अगष्ट १८, २०२१  अर्थात भाद्र २ हो । नेप्सेको पछिल्लो अवस्थाको बारेमा कुरा गर्नुपर्दा सन् २०२४ को फेब्रुवरी ८ तारिखसम्म आइपुग्दा नेप्से २०९६.३८ को विन्दुमा कारोवार भैरहेको छ ।

पछिल्ला केहि महत्वपूर्ण उतारचढाबलाई तल उल्लेख गरिएको छ ।

शेयर बजारको गुण भनेकै चलायमान भइरहने हो । बजार घट्ने र बढ्ने यस्का विशेषता हुन् । शेयर बजारका बादशाह Richard Wyckoff कै भनाई सापटी लिने हो भने पनि बजार घट्दै गएको छ भने चाडैं नै बढ्ने दिन आउँदैछ । त्यसरी नै बजार बढ्दै गएको छ भने पनि निकट भविष्यमा नै घट्ने दिन आउँदैछ । त्यसैले शेयर बजारका अर्का बादशाह Peter Lynch ले भनेझैं विना अध्ययन र अर्काको भनाईको भरमा कारोवार गर्नु भनेको तासको खेलमा प्लस खेल्दा नहेरी Blind राख्नु जस्तै हो । 

नेपाली शेयर बजारका बारेमा दैनिक सूचना प्रवाह गर्ने थुप्रै अनलाइन र अफलाइन पत्रपत्रिकाहरु छन् । त्यस्तै कतिपय वेबसाइटहरुले बजारको विश्लेषणात्मक सन्दर्भ सामग्रीहरु प्रशारण गरिराखेका हुन्छन् । कंपनीका त्रैमासिक, वार्षिक ब्यालेन्सीटहरुको अध्ययनबाट पनि धेरै कुराहरु थाहा हुन्छ । अतः विशेष परिस्थिति बाहेकको अवस्थामा शेयर बजारको आरोह, अवरोह वा उतारचढाबबाट हुने हानीनोक्सानीबाट बच्नको लागि आफुले लगानी गर्ने कंपनीको Fundamental तथा Technical  ज्ञान हुनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *