नेप्सेमा पछिल्लाे काराेबारकाे आधारमा ९ वटा कम्पनीकाे मूल्य डिस्काउन्टेड मूल्यमा (Discount Rate) खरिद गर्न पाइने अवस्था देखिन्छ । ति कम्पनीहरु जसकाे मूल्य वास्तविक मूल्य (Fair Value) भन्दा पनि कम छन् तिनकाे अवस्थाकाे बारेमा यस अंकमा चर्चा गरिनेछ।

सामान्यतया कुनै पनि कम्पनीको मूल्य ग्राहम नंबर भन्दा कम भएको विरलै पाइन्छ तर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत कतिपय बैंकको मूल्य वास्तविक मूल्य Fair Value भन्दा पनि कम छन् ।

कुनै पनि सम्पत्तिको वास्तविक मूल्य नै Fair Value हो । यस भ्यालुमा किन्नेवाला र बेच्नेवाला दुबै खुशी नै हुन्छन् । बजार मूल्य अर्थात Market Value भनेको चाहिँ त्यो मूल्य हो जहाँ किन्नेवाला पैसा तिर्न राजी हुन्छन् । यसको मतलब Fair Value भन्दा Market Value बढी हुन्छ तब प्रिमियम ( Premium) लाभ प्राप्त हुन्छ । त्यसरी नै जब Market Value भन्दा Fair Value बढी हुन्छ तब खरीदको लागि छुट (Discount) प्राप्त हुन्छ । खासगरी यि दुइ मूल्यलाई दाँजेर कुनै पनि लगानीकर्ताहरुले लगानीको लागि निर्णय लिन सक्छन् । जस्तो उदाहरणको लागि कुनै कम्पनीको शेयरको बजार मूल्य १०० रुपैंया छ तर वास्तविक मूल्य ११० रुपैंया छन् भने त्यतिबेला लगानीकर्ताहरुलाई लाग्न सक्छ यस कम्पनीको मूल्य अण्डरभ्याल्युड (Undervalued) छ र खरीद गर्दा फाइदा हुन्छ । त्यसैगरी यदि कुनै कम्पनीको शेयरको बजार मूल्य ११० रुपैंया छ तर वास्तविक मूल्य १०० रुपैंया छन् भने त्यतिबेला लगानीकर्ताहरुलाई लाग्न सक्छ यस कम्पनीको मूल्य ओभरभ्याल्युड (Overvalued) छ र करेक्सनको लागि पर्खनु उपयुक्त हुन्छ ।

अब लागौं नेपाल स्टक एक्सचेन्जमा सूचिकृत बैंकिङ सेक्टरका कम्पनीहरुको वास्तविक मूल्य (Fair Value) र बजार मूल्य (Market Value) को बारेमा जानकारी । यहाँ वास्तविक मूल्य (Fair Value) थाहा पाउनको लागि ग्राहम नंबर (Graham Number) को सहायता लिइएको छ । तेस्रो त्रैमासिक रिपार्ट अनुसार नेप्सेमा सूचिकृत १९ वटा वाणिज्य बैंकहरुमद्दे ९ वटा वाणिज्य बैंकका शेयरहरु ग्राहम नंबर (Graham Number) को आधारमा अण्डरभ्याल्युड (Undervalued) भएको देखिन्छ ।
अण्डरभ्याल्युड (Undervalued) बैंकहरुमा NIMB, PCBL, PRVU, NMB, LSL, GMIME, HBL, CZBIL, ADBL हुन् ।

यस सम्वन्धी विस्तृत विवरण तलको चार्टबाट अध्ययन गर्न सकिन्छ ।

Graham Number & Discount Rate
S.NSymbolQuarter ReportClosing PriceDiscount RateGraham Number
1NIMBQ3 – 080/081159.5-28.45222.94
2PCBLQ3 – 080/081202-22.99262.31
3PRVUQ3 – 080/081148-18.43181.44
4NMBQ3 – 080/081198-17.44239.84
5LSLQ3 – 080/081160.5-15.25189.38
6GBIMEQ3 – 080/081183-12.93210.17
7HBLQ3 – 080/081186-11.63210.49
8CZBILQ3 – 080/081176.5-9.85195.79
9ADBLQ3 – 080/081280.5-6.45299.84

त्यसैगरी बाकीं १० वटा बैंकहरुको ग्राहम नंबर (Graham Number) पछिल्लो कारोबारको क्लोजिङ मूल्य (Closing Price) भन्दा कम देखिन्छ अर्थात ति बैंकहरुको मूल्य ग्राहम नंबरको आधारमा ओभरभ्याल्युड (Overvalued) भयो भनिन्छ । ग्राहम नंबरको आधारमा ओभर भ्याल्युड भएका ति १० बैंकहरु SBL, MBL, KBL, SANIMA, SBI, EBL, SCB, NABIL, NICA, NBL हुन् ।
यस सम्वन्धी विस्तृत विवरण तलको चार्टबाट अध्ययन गर्न सकिन्छ ।

Graham Number & Discount Rate
S.NSymbolQuarter ReportClosing PriceDiscount RateGraham Number
1SBLQ3 – 080/081264.92.02259.65
2MBLQ3 – 080/0811832.15179.15
3KBLQ3 – 080/08114311.55128.19
4SANIMAQ3 – 080/081260.319.71217.45
5SBIQ3 – 080/081304.925.45243.04
6EBLQ3 – 080/081537.838.51388.26
7SCBQ3 – 080/081580.643.99403.22
8NABILQ3 – 080/08149048.44330.1
9NICAQ3 – 080/08142751.38282.07
10NBLQ3 – 080/081219170.7580.89

Fair Value Stock

ग्राहम नंबरको आधारमा सबैभन्दा सस्तो कंपनीमा एनआइएमबी (NIMB) बैंक देखिन्छ जस्को क्लोजिङ मूल्य (Closing Price) १५९‍।५० रुपैंया छ भने ग्राहम नंबर २२२.९४ रहेको छ । यस अर्थमा उक्त बैंकको डिस्काउण्ट रेट २८.४५ भयो भन्न सकिन्छ । त्यसैगरी ग्राहम नंबरको आधारमा सबैभन्दा महंगो कंपनीमा एनबिएल (NBL) बैंक देखिन्छ जस्को क्लोजिङ मूल्य (Closing Price) २१९.०० रुपैंया छ भने ग्राहम नंबर ८०.८९ रहेको छ । यस अर्थमा उक्त बैंक १३८.११ ले ओभरभ्याल्युड भयो भन्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *