दीर्घकालिन लगानी गर्न चाहने लगानीकर्ताहरुको लागि आधारभूत रुपमा उपयुक्त शेयर छनोट विधिको रुपमा अपनाइने सूचक भनेको मूल्य–आम्दानी अनुपात (P/E Ratio) हो । धेरै अनुपातहरुमद्दे मूल्य–आम्दानी अनुपात (P/E Ratio)लाई विश्वव्यापी रुपमा एक बलियो सूचक मानिन्छ । लगानीकर्ताहरुले लगानीमा राम्रो प्रतिफल प्राप्त गर्न वा आर्थिक रुपमा राम्रो कम्पनीको छनोट गर्न यस अनुपातलाई अनुशरण गर्दछन् । मूल्य–आम्दानी अनुपात (P/E Ratio) जति न्यून हुन्छ अर्थात कम हुन्छ त्यति नै त्यस कम्पनीको शेयर खरीद गर्नु अवसरको रुपमा लिइन्छ । मूल्य–आम्दानी अनुपात (P/E Ratio) कति भयो भने राम्रो मानिन्छ भन्ने कुरा फरक फरक देशको लागि फरक फरक तरिकाले मापन गरिन्छ । त्यस माथि पनि कम्पनीको कारोबारयोग्य शेयर संख्यामा पनि फरक पर्छ । ज्यादै न्यून संख्यामा कारोबारयोग्य शेयर छ भने त्यस्ता कम्पनीको शेयरमा म्यानुपुलेसन गर्न सजिलो हुने हुँदा मूल्य–आम्दानी अनुपात (P/E Ratio) निक्कै बढी हुन्छ । खासगरी लगानीकर्ता र विश्लेषकहरुले ध्यान दिनुपर्ने कुरा भनेको कुनै पनि कम्पनीको मूल्य–आम्दानी अनुपात (P/E Ratio)ले त्यस कम्पनीको वास्तबिक मूल्यलाई प्रतिनिधित्व गर्यो कि गरेन वा हाल बजारमा कारोबारमा रहेको कम्पनीको शेयर मूल्य महँगो वा सस्तो छ भन्ने थाहा पाउनु जरुरी छ । आजको यस श्रृंखलामा मूल्य–आम्दानी अनुपात (P/E Ratio)को आधारमा सबैभन्दा सस्तो र आधारभूत रुपमा बलिया ५ वटा लघुवित्त कम्पनीहरुको विस्तृत रुपमा विवेचना गरिनेछ ।

मूल्य–आम्दानी अनुपात (P/E Ratio) को आधारमा (आधारभूत रुपमा) उत्कृष्ठ ५ वटा लघुवित्त कम्पनीहरुः

मूल्य–आम्दानी अनुपात (P/E Ratio) को आधारमा पछिल्लो कारोबार र प्राप्त तथ्याङ्कलाई आधार मानेर हेर्दा उत्कृष्ठ देखिएका ५ लघुवित्तहरु क्रमशः ग्रामिण विकास लघुवित्त वित्तीय संस्था (GBLBS), छिमेक लघुवित्त वित्तीय संस्था (CBBL), नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था (NMLBBL), डिप्रोक्स लघुवित्त वित्तीय संस्था (DDBL), आरएसडिसी लघुवित्त वित्तीय संस्था (RSDC) हरु पर्दछन् । यी लघुवित्त वित्तीय संस्थाहरु बाहेक अन्य कतिपय लघुवित्त वित्तीय संस्थाहरुको मूल्य–आम्दानी अनुपात (P/E Ratio) माथि उल्लेखित लघुवित्त वित्तीय संस्थाहरुको आसपास भए पनि माथि नै उल्लेख गरे बमोजिम यस श्रृंखलामा ५ वटा उत्कृष्ठ र सबैभन्दा कम मूल्य–आम्दानी अनुपात (P/E Ratio) भएका कम्पनीहरुको मात्र विवेचना गरिने भएकोले बाकीं लघुवित्त कंपनीहरुको आगामी श्रृंखलामा विवेचना गरिनेछ ।

यस सम्वन्धी विस्तृत विवरण यस प्रकार रहेको छ ।

SYMBOLQUARTERCLOSING PRICEEPSNET WORTHP/E RATIO
GBLBSThird Quarter812.2028.32226.3928.32
CBBLThird Quarter858.0028.83237.3029.76
NMLBBLThird Quarter709.0018.92178.5837.47
DDBLThird Quarter821.1019.77196.5141.53
RSDCThird Quarter681.4015.83124.6943.04
Microfinance P/E Ratio

५८ करोड २५ लाख रुपैंया शेयर पुँजी रहेको ग्रामिण विकास लघुवित्तको १४.८० करोड भन्दा बढी रिटेन अर्निङ रहेको छ भने संचित कोषमा १ अर्ब २ करोड भन्दा बढी रकम रहेको छ । २१.१३ करोड भन्दा बढी खुद नाफा कमाएको यस लघुवित्तको पछिल्लो कारोबारको आधारमा मूल्य–आम्दानी अनुपात (P/E Ratio) २८.३२ तथा प्रति शेयर कूल सम्पत्ति १२८५.०२ रुपैंया रहेको छ ।

२ अर्ब ९७ करोड रुपैंया भन्दा बढी शेयर पुँजी रहेको छिमेक लघुवित्त वित्तीय संस्थाको १ अर्ब ४५ करोड भन्दा बढी रिटेन अर्निङ रहेको छ भने संचित कोषमा २ अर्ब ५९ करोड भन्दा बढी रकम रहेको छ । ६४.३७ करोड भन्दा बढी खुद नाफा कमाएको यस लघुवित्तको पछिल्लो कारोबारको आधारमा मूल्य–आम्दानी अनुपात (P/E Ratio) २९.७६ तथा प्रति शेयर कूल सम्पत्ति १५०३.५२ रुपैंया रहेको छ ।

१ अर्ब ३९ करोड रुपैंया भन्दा बढी शेयर पुँजी रहेको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको रिटेन अर्निङ ऋणात्मक रहेको छ भने संचित कोष पनि ऋणात्मक रहेको छ । १९.८३ करोड भन्दा बढी खुद नाफा कमाएको यस लघुवित्तको पछिल्लो कारोबारको आधारमा मूल्य–आम्दानी अनुपात (P/E Ratio) ३७.४७ तथा प्रति शेयर कूल सम्पत्ति १५७१.८१ रुपैंया रहेको छ ।

१ अर्ब ७० करोड रुपैंया भन्दा बढी शेयर पुँजी रहेको डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको ३७.९६ करोड भन्दा बढी रिटेन अर्निङ रहेको छ भने संचित कोषमा १ अर्ब २६ करोड भन्दा बढी रकम रहेको छ । २५.२९ करोड भन्दा बढी खुद नाफा कमाएको यस लघुवित्तको पछिल्लो कारोबारको आधारमा मूल्य–आम्दानी अनुपात (P/E Ratio) ४१.५३ रहेको छ ।

९४ करोड ४३ लाख रुपैंया शेयर पुँजी रहेको आरएसडिसी लघुवित्त वित्तीय संस्थाको ११.२७ करोड भन्दा बढी रिटेन अर्निङ रहेको छ भने संचित कोषमा १२ करोड भन्दा बढी रकम रहेको छ । ११.२१ करोड भन्दा बढी खुद नाफा कमाएको यस लघुवित्तको पछिल्लो कारोबारको आधारमा मूल्य–आम्दानी अनुपात (P/E Ratio) ४३.०४ तथा प्रति शेयर कूल सम्पत्ति ७३८.५४ रुपैंया रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *