नेप्सेमा सूचिकृत भई कारोबारमा रहेका कम्पनीहरुमद्दे कामना सेवा विकास बैंकले चौथो त्रैमासिक रिपोर्ट प्रकाशन गरेको छ । यस अघि आरयसडीसी लघुवित्तले पनि चौथो त्रैमासिक रिपोर्ट प्रकाशन गरिसकेको छ । यस कम्पनीको नेप्सेमा ३.२८ करोड कित्ता सूचिकृत छ । सूचिकृत शेयरमद्दे १.६१ करोड कित्ता मात्र कारोबारमा रहेको यस कम्पनीले चौथो त्रैमासिक रिपोर्टमा राम्रो प्रगति गरेको रिपोर्ट प्रकाशन गरेको छ । तेस्रो त्रैमासमा ३३.१४ करोड रुपैंया खुद आम्दानी गरेको यस कम्पनीले चौथो त्रैमासमा ६०.३२ करोड रुपैंया कमाएको छ । गत वर्षको तुलानामा यो नाफा ६६.९३ प्रतिशत बढी हो ।
गत वर्षको तुलनामा प्रति शेयर आम्दानीमा पनि ६६.९३ प्रतिशत बृद्धि गरी प्रति शेयर आम्दानी १८.३८ रुपैंया पुगेको छ । खराब कर्जामा सामान्य बढेको यस कम्पनीको नेटओर्थ पनि बढेको छ । गत आ.ब को सोहि अवधिमा प्रति शेयर १४४.३३ रहेको प्रति शेयर नेटओर्थ यस आ.ब को चौथो त्रैमासमा १६४.४८ पुगेको छ ।
यस कम्पनीको सबैभन्दा राम्रो पक्ष भनेको वितरणयोग्य आम्दानी हो जुन गत आ.ब को भन्दा ५७८ प्रतिशत भन्दा बढीको बढोत्तरी भएको छ ।
यस सम्वन्धि मूख्य मूख्य सूचक यस प्रकार छ ।

ParticularsKamana Sewa Bikas Bank Ltd.
Q4 2080/81 (In Rs ‘000)Q4 2079/80 (In Rs ‘000)Difference
Paid Up Capital3281164.673281164.670.00%
Retained Earnings357880.2052756.33578.36%
Reserves 1757731.721401782.2625.39%
Net Interest Income2125217.812067663.782.78%
Operating Profit978450.02639192.9353.08%
Net Profit603217.84361364.5466.93%
Distributable Profit 357880.2052756.33578.36%
NPL (%)3.213.093.88%
 EPS (In Rs.)18.3811.0166.93%
Net Worth per Share (In Rs.)164.48144.3313.96%
KSBBL Main Indicators

पछिल्लो कारोबारको आधारमा प्राविधिक रुपमा यस कम्पनीलाई विश्लेषण गर्दा Strong Bullish Sentiment देखिन्छ । RSI ८०.२० रहेको यस कम्पनीको Daily Volatility को गणना गर्दा २.०७ प्रतिशत देखिन्छ । मूल्य बढ्दै गएमा प्राविधिक रुपमा यसको माथिल्लो Resistance ५६० को आसपास हुने देखिन्छ भने मूल्य घट्दै गएमा ४०५ रुपैंयासम्म झर्ने सम्भावना देखिन्छ ।
यस सम्वन्धि प्राविधिक चार्ट यस प्रकार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *