गत आ.ब को चौथो त्रैमासिक रिपोर्ट प्रकाशन गर्ने पहिलो कम्पनी आरएसडीसी लघुवित्तको खुद नाफा बढेको छ । अघिल्लो आ.ब को यसै अवधिमा यस लघुवित्तले १० करोड, ७४ लाख ७३ हजार रुपैंया खुद नाफा कमाएकोमा यस त्रैमासमा १४ करोड ६६ लाख ६८ हजार रुपैंया कमाएको छ जुन अघिल्लो आ.ब को तुलनामा ३६.४७ प्रतिशत बढी हो ।
यस कम्पनीको यस हप्ताको अन्तिम कारोबारको आधारमा बजार मूल्य ७६०.२० पैसा कायम रहेको छ भने मूल्य आम्दानी अनुपात ४८.९५ रहेको छ ।

COMPANY NAMESECTOREPSP/E RATIOBOOK VALUEM.P
RSDC LaghubittaMicrofinance15.5348.95124.50760.20
Q4 Report of RSDC

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी घटेको छ । अघिल्लो वर्ष खुद ब्याज आम्दानी २८ करोड ४९ लाख ५२ हजार भएकोमा यस वर्ष घटेर २४ करोड ४७ लाख ६९ हजार कायम भएको छ जुन गतवर्षको तुलनामा १५.२२ प्रतिशत कम हो । त्यसैगरी खुद फी तथा कमिशन पनि ४७.९४ प्रतिशत घटेको छ ।
त्यसैगरी संचालन आम्दानी पनि १७.०६ प्रतिशत घटेको छ भने खराब कर्जा बढेर ३.३१ प्रतिशत पुगेको छ ।

Particulars2081 Ashad End2080 Ashad EndDifference
Net Interest Income244769288699-15.22%
Net Fee and Commission Income1362026162-47.94%
Total Operating Income260356313892-17.06%
NPL3.31%1.40%1.91%

लघुवित्तको खुद ब्याज आम्दानी, खुद फी तथा कमिशन आम्दानी घटेपनि खुद नाफा भने बढेको छ । यसको कारण इम्पेरमेन्ट चार्ज रिभर्स भएर हो । गत आ.ब मा ६५ लाख रुपैंया रिभर्स भएको छ जसका कारण प्रति शेयर आम्दानी ३ रुपैंया १७ पैसा बढेर १५ रुपैंया ५३ पैसा पुगेको छ ।
यसैगरी यस कम्पनीको शेयर पूँजीमा ८.६० प्रतिशतको बृद्धि भएको छ भने रिटेन अर्निङ घटेको छ । नेटओर्थमा पनि सामान्य बढेको छ ।

Particulars2081 Ashad End2080 Ashad EndDifference
Share Capital9443518695688.60%
Retained Earning6763979304-14.7
Net Worth124.5123.461.04
Q4 Report of RSDC

यस लघुवित्तको प्राविधिक पक्षको बारेमा विश्लेषण गर्दा Daily र Weekly दुबै Time Frame मा अघिल्लो Swing को High मा आएर Price Reject भएको देखिन्छ । भोल्युम मा क्रमशः बढोत्तरी हुदैँ गएको छ भने RSI Over Bought Zone मा प्रवेश गरेको छ । आगामी हप्ता अघिल्लो Swing को High Break गरेमा पहिलो Resistance ८१६ र दोस्रो Resistance ८६४ को सामना गर्नसक्छ भने अघिल्लो Swing को High Break नगरी मूल्यमा गिरावट आएमा पहिलो Support ७२३ र दोस्रो Support ६९२ को सामना गर्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *