चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक रिपोर्ट प्रकाशित गर्ने प्राय सबै नन लाइफ इन्स्योरेन्सको नाफामा उच्च बृद्धि भएको छ । देशमा भैरहेको आर्थिक गतिविधिहरु त्यति संतोषजनक नभइ रहेको अवस्थामा बीमा कम्पनीहरुले उच्च नाफा कमाउनुको कारणहरु केलाउँदै जाँदा विभिन्न कारणहरु देखा परेका छन् । विगत वर्षहरुमा बैंकहरुले मुद्दती निक्षेपमा दिदैं आएको उच्च ब्याजका कारण पनि बीमा कम्पनीहरुको नाफामा सहयोग मिलेको छ । त्यस्तै बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा गरेको दीर्घकालिन लगानीहरुबाट प्राप्त प्रतिफल पनि अर्को कारण हो ।


खुद नाफा र प्रति शेयर आम्दानीमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले अन्य नन लाइफ इन्स्योरेन्सलाई जितेको छ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले समीक्षा अवधिमा खुद नाफामा १०१.१३ प्रतिशतको बृद्धि हासिल गरेको छ । यस कम्पनीको कुल आम्दानीमा ६५ प्रतिशतको बृद्धि भएको छ भने कुल दाबी भुक्तानीमा २१.६० प्रतिशत र कुल खर्चमा २४.३० प्रतिशत मात्र बृद्धि भएको छ । समीक्षा अवधिमा प्रति शेयर आम्दानीमा उल्लेख्य बृद्धि भई ४९.८२ रुपैंया पुगेकोले पछिल्लो कारोबार दिनको शेयर मूल्यको आधारमा पि.ई रेसियो जम्मा १६.९० मात्र रहेको छ जुन अन्य नन लाइफ इन्स्योरेन्सको तुलनामा सबैभन्दा कम हो । यस कम्पनीको जगेडा कोषमा पनि उल्लेख्य बृद्धि भई १ अर्ब ३३ करोड रुपैँया पुगेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले पनि उल्लेख्य खुद नाफामा बृद्धि गरेको छ । गत आर्थिक वर्षको तुलनामा खुद नाफामा १६२.८६ प्रतिशत बृद्धि गरेको छ । समीक्षा अवधिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको खुद बीमा शुल्क २५.९० प्रतिशत र कुल आम्दानीमा ६४.४१ प्रतिशतको बृद्धि भएको छ भने खुद दाबी भुक्तानीमा २.१५ प्रतिशत र कुल खर्चमा १५.४३ प्रतिशत मात्र बृद्धि भएको छ । यसको विशेष जगेडामा १ अर्ब ७१ करोड रुपैंया संचित रहेको छ ।
एनएलजी इन्स्योरेन्सको नाफामा भने सामान्य मात्र बृद्धि भएको छ । यस इन्स्योरेन्सको कुल आम्दानी ७.९४ प्रतिशत बृद्धि भएकोमा खुद दाबी खर्च १५.८१ प्रतिशत रहेको छ । यस इन्स्योरेन्सको पि.ई रेसियो अन्य इन्स्योरेन्स कम्पनीको दाँजोमा अलि बढी छ अर्थात पछिल्लो दिनको कारोबारको आधारमा ६०.३८ रहेको छ ।
यस सम्वन्धि विस्तृत जानकारी तलको टेबुलमा देखाइएको छ ।

SymbolPeriodFloated
Share
Net ProfitEPSNet WorthP/E Ratio
NICLQ3 – 080/08180.57 Lac61.44 Cr49.82210.3316.9
SILQ3 – 080/08168.79 Lac28.54 Cr37.29136.0217.46
HEIQ3 – 080/0811.23 Cr60.65 Cr32.35188.5218.76
IGIQ3 – 080/0811.48 Cr46.76 Cr20.58181.9226.04
SPILQ3 – 080/0811.38 Cr59.71 Cr28.37254.3926.97
SALICOQ3 – 080/0811.28 Cr29.47 Cr24.17239.0527.31
SICLQ3 – 080/0811.30 Cr39.03 Cr19.6199.4935.05
RBCLQ3 – 080/0813.27 Lac51.63 Cr258.191611.2950.74
NLGQ3 – 080/08171.50 Lac13.67 Cr12.49211.4160.38
Third Quarter Report (EPS, Net Worth, P.E Ratio)

नन लाइफ इन्स्योरेन्सको प्रति शेयर आम्दानीमा सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीको रहेको छ । यस कम्पनीको प्रति शेयर आम्दानी २५८.१९ रुपैंया रहेको छ । प्रति शेयर नेटओर्थमा पनि राष्ट्रिय बीमा कम्पनीको सबैभन्दा बढी रहेको छ । यस कम्पनीको जगेडा कोषमा ३ अर्ब ७७ करोड १५ लाख रुपैंया छ । चुक्तापुँजी भने सबैभन्दा कम अर्थात जम्मा २६ करोड ६६ लाख मात्र रहेको छ ।

यस आ.ब को समिक्षा अवधिमा प्राय सबै सूचकमा बृद्धि भएकोले अन्तिम कारोबार अर्थात आइतबार नन लाइफ इन्स्योरेन्स कम्पनी सेक्टरमा भोल्यूम सहित शेयरको मूल्यमा बृद्धि भएको छ । प्राविधिक रुपले विश्लेषण गर्दा म्याकडीमा बुलिस क्रसओभर र बोलिंगर ब्याण्डमा मिडिल ब्याण्ड माथि माथि कारोबार भएसम्म नन लाइफ इन्स्योरेन्सको मूल्य बढ्न सक्ने संकेत गरेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *