नेपाली शेयर बजारमा पछिल्लो कारोबारलाई आधार मान्दा बजार बढ्ने स्पष्ट संकेत मिलेको छ । प्राविधिक (Technically) रुपमा पनि नेप्से (Nepse) कम्फोर्ट जोनमा रहेको र आरएसआइ (RSI) ट्रेण्डिङ जोन (Trading Zone) (६४.९५) मा प्रवेश गरेकोले आगामी केहि दिन भित्रै नेपाली शेयर बजारले नयाँ उचाई हासिल गर्नसक्ने अनुमान गर्न सकिन्छ । पछिल्लो कारोबारमा १३ वटै समूहहरुमा बृद्धि भएकोमा सबैभन्दा बढी हाइड्रोपावर समूहमा २.५८ प्रतिशत बृद्धि भएको छ भने सबैभन्दा कम बृद्धि उत्पादन तथा प्रशोधन समूहमा ०.५३ प्रतिशतको बृद्धि भएको छ । कारोबार भएका ३११ वटा कम्पनीहरुमद्दे २०३ वटा कम्पनीमा बृद्धि र ४१ वटा कम्पनीको मूल्यमा ह्रास आएको छ । यस दिन नेप्सेसँगै कारोबार रकममा पनि बृद्धि भएर ५ अर्ब ५५ करोड ५३ लाख रुपैंया भन्दा बढीको कारोबार भएको छ ।

कस्ता कम्पनी बढेको छ र अबको दिनमा कस्ता कम्पनीको मूल्य बृद्धि हुने सम्भावना छ ?
अघिल्ला केहि दिनहरुमा खासगरी लो क्याप (Low Cap) कम्पनीहरुको मूल्य बढ्ने गरेकोमा मंगलबारको कारोबारको विश्लेषण गर्दा लो क्याप (Low Cap) को अतिरिक्त क्रमशः मिड क्याप (Mid Cap) र हाइ क्याप (High Cap) का कम्पनीहरुको मूल्य बढ्न सुरु गरेको देखिन्छ । मंगलबारको कारोबारमा सर्किट लेभलमा कारोबार भएका ५ वटा कम्पनीहरु भगवती हाइड्रोपावर कम्पनी, बरुण हाइड्रोपावर कम्पनी, ग्रिन भेन्चर लिमिटेड, कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड र अपर हेवाखोला हाइड्रोपावर कम्पनीहरुको चुक्तापुँजीको विश्लेषण गर्दा ग्रिन भेन्चरको चुक्तापुँजी ३.१३ करोड अर्थात हाइ क्याप (High Cap) अन्तर्गत परे पनि बजारमा कारोबारयोग्य शेयर संख्याको हिसावले सबै लो क्याप (Low Cap) का कम्पनीहरु अन्तर्गत नै रहेको छ । तर मूल्य बृद्धि भएका अन्य कम्पनीहरुको विश्लेषण गर्दा क्रमशः मिड क्याप (Mid Cap) र हाइ क्याप (High Cap) को कम्पनीहरु पनि चल्न सुरु गरेको देखिन्छ ।

मिड क्याप (Mid Cap) र हाइ क्याप (High Cap) को मूल्य बृद्धि हुने लक्षण देखिएसँगै नेप्सेको बुलको यात्रा सुरु भएको हो कि भन्ने आधार खडा भएको छ । सामान्यतया मिड क्याप (Mid Cap) र हाइ क्याप (High Cap) कम्पनीहरु चल्न सुरु गरेपछि बुलको यात्रा सुरु हुने विगतको इतिहासले देखाउँछ । यस दिन बैंकिङ समूहमा पनि १.७३ प्रतिशतको बृद्धि भएको थियो । बुलको यात्रामा शेयरको माग उच्च हुने र लो क्याप (Low Cap) कम्पनीहरुको मूल्य पहिले नै धेरै बढी सकेको हुने वा सप्लाई लिमिटेड हुने हुँदा मागलाई धान्नको लागि मिड क्याप (Mid Cap) र हाइ क्याप (High Cap) मा क्रमशः माग सृजना हुनु स्वभाविकै हो ।

गतवर्षको यसै अवधिमा कस्ता कस्ता समूहमा कति कति अंक र प्रतिशत बृद्धि भएको थियो ?
गतवर्षको यसै समयलाई दाँजेर अध्ययन गर्ने हो भने नेप्से लगायत सबै समूहमा राम्रै बृद्धि भएको थियो । नेप्सेमा २०८० जेष्ठ २ गतेदेखि २०८० श्रावण ७ गतेसम्ममा ४०५.५६ अंक अर्थात २२.२६ प्रतिशतको बृद्धि भएको थियो ।
त्यसै गरी वाणिज्य बैंक समूहमा १८१ अंक अर्थात १५.०९ प्रतिशतको बृद्धि भएको थियो भने हाइड्रोपावर समूहमा ४२४.३२ अंक अर्थात १८.८६ प्रतिशत बृद्धि भएको थियो । सबैभन्दा उच्च बृद्धि होटल समूहमा भएको थियो भने त्यसपछि दोस्रो धेरै बढ्ने समूहमा ट्रेडिङ समूहमा ५४.९४ प्रतिशत बृद्धि भएको थियो । सबैभन्दा कम बृद्धि भने वाणिज्य बैंक समूहमा भएको थियो ।
यस सम्वन्धि विस्तृत विवरण तलको तालिकामा प्रस्तुत गरिएको छ ।

गत बर्षको यसै समयमा नेप्से लगायत सबै समूहमा बृद्धि भएको अंक र प्रतिशत
SECTORRISE DATESPOINTS CHANGE
FROMTOPOINTS CHANGE% RISE
NEPSETuesday, May 16, 2023Sunday, July 23, 2023405.5622.26
२०८० जेष्ठ २ गते२०८० श्रावण ७ गते
COMMERCIAL BANKSThursday, June 1, 2023Sunday, July 23, 202318115.09
२०८० जेष्ठ १८ गते२०८० श्रावण ७ गते
HYDROPOWERTuesday, May 16, 2023Sunday, June 18, 2023424.3218.86
२०८० जेष्ठ २ गते२०८० आषाढ ३ गते
OTHERSWednesday, May 17, 2023Tuesday, June 27, 2023296.3522.25
२०८० जेष्ठ ३ गते२०८० श्रावण १२ गते
INVESTMENTTuesday, May 9, 2023Sunday, July 23, 202314.3123.04
२०८० बैशाख २६ गते२०८० श्रावण ७ गते
DEVELOPMENT BANKMonday, May 15, 2023Sunday, July 23, 2023912.5827.13
२०८० जेष्ठ १ गते२०८० श्रावण ७ गते
FINANCEMonday, May 15, 2023Tuesday, July 11, 2023493.7432.64
२०८० जेष्ठ १ गते२०८० आषाढ २६ गते
MICROFINANCEMonday, May 15, 2023Thursday, July 27, 20231071.9633.19
२०८० जेष्ठ १ गते२०८० आषाढ १२ गते
LIFE INSURANCETuesday, May 16, 2023Wednesday, June 28, 20233517.2638.21
२०८० जेष्ठ २ गते२०८० आषाढ १३ गते
MANUFACTURING & PROCESSINGMonday, May 15, 2023Sunday, July 23, 20231685.238.75
२०८० जेष्ठ १ गते२०८० श्रावण ७ गते
NON LIFE INSURANCETuesday, May 16, 2023Sunday, July 23, 20233309.7739.2
२०८० जेष्ठ २ गते२०८० श्रावण ७ गते
TRADINGSTuesday, May 16, 2023Sunday, July 23, 20231097.4554.94
२०८० जेष्ठ २ गते२०८० श्रावण ७ गते
HOTELSMonday, December 26, 2022Sunday, July 9, 20233297.31120.49
२०८० पौष ११ गते२०८० आषाढ २४ गते
Sector wise Increase in Previous Year

उच्च मूल्य बृद्धि हुनेमा कुन समूहका कस्ता कम्पनीहरु ?
पछिल्लो कारोबारको आधारमा सेक्टर रोटेसन (Sector Rotation) को पहिलो नंबरमा रहेको हाइड्रोपावर समूहमा सबैभन्दा बढी मूल्य बृद्धि हुन पुग्यो । सर्किट लेभलमा कारोबार भएका ५ वटै कम्पनीहरु यसै समूह अन्तर्गत रहन पुग्यो । यस समूहका अन्य कम्पनीहरुको पनि राम्रै मूल्य बढेको पाइन्छ । उच्च मूल्य बृद्धि भएका अधिकांश हाइड्रोपावर कम्पनीहरुको बजारमा कारोबारयोग्य शेयर संख्या ज्यादै न्यून छ तथापि यस दिन मिड क्याप र हाइ क्यापका कम्पनीहरुमा पनि क्रमशः राम्रै अंकमा मूल्य बढेको देखिएकोले आगामी दिनमा लगानीकर्ताहरुको रोजाइमा मिड क्याप र हाइ क्याप कम्पनीहरुका शेयरमा जाने देखिन्छ ।
सेक्टर रोटेसन (Sector Rotation) को दोस्रो नंबरमा रहेको लघुवित्त कम्पनीहरुको समग्र इन्डेक्स १.०६ प्रतिशत मात्र बृद्धि भएको छ । कतिपय उच्च मूल्य बृद्धि भएका लघुवित्त कम्पनीहरुमा प्रोफिट बुक भएका कारण पनि समग्र समूहको बृद्धि कम देखिएको हो तर मनकामना लघुवित्त, मिथिला लघुवित्तमा भने राम्रै अंकमा मूल्य बृद्धि भएको छ ।
सेक्टर रोटेसन (Sector Rotation) को ३ नैबरमा परेको ट्रेडिङ समूहका २ वटै कम्पनीहरुमद्दे विशाल बजार कम्पनीको मूल्य ५.६५ प्रतिशत बृद्धि हुन पुगेको छ ।
अन्य सेक्टरहरुमद्दे इन्भेष्टमेन्ट र फाइनान्स समूहका कम्पनीहरुमा पनि उच्च मूल्य बृद्धि भएको छ । मूल्यमा ह्रास आउने कम्पनीहरुमा केहि हाइड्रोपावर कम्पनी सहित म्यूचुअल फण्ड लगायतका कम्पनीहरु पर्दछन् ।
उच्च मूल्य बृद्धि भएका १० वटा कम्पनीहरुको विवरण यस प्रकार रहेको छ ।

Top Gainers
SymbolLTPPOINT CHANGE% CHANGEAMOUNT
BGWT1259.50114.5010.003.77
BARUN273.9024.9010.006.04
GVL586.3053.3010.008.13
KBSH1509.30137.2010.001.46
UHEWA478.3043.409.983.72
NRN721.0060.009.0836.31
MPFL515.8038.608.098.67
MKLB1398.0098.007.542.42
KPCL484.9031.907.045.98
MLBBL1485.0097.307.013.45
Top Gainers

राष्ट्र बैंकले प्रकाशन गरेको तथ्याङ्क अनुसार नेपालको पुँजी बजार र बैंक वित्तीय संस्थाहरुको कमाइः

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०८१ वैशाख मसान्तसम्ममा धितोपत्र पुँजीकरण रु. ३१ खर्ब ६१ अर्ब ४८ करोड कायम भएको छ । यो रकम गत वर्षको सोहि अवधिको दाँजोमा बृद्धि भएको हो ।
नेपाल स्टक एक्सचेन्ज लि. मा २०८१ वेशाख मसान्तमा सूचीकृत शेयर संख्या ८ अर्ब २८ करोडको चुक्ता मूल्य रु. ८ खर्ब २० अर्ब ९३ करोड पुगेको छ ।
बैंक वित्तीय संस्थाले पछिल्लो १० महिनामा ५३ अर्ब १९ करोड ६३ लाख रुपैंया खुद नाफा आर्जन गरेका छन् । यो रकम अघिल्लो महिना चैत्रको दाँजोमा ८ अर्ब बढी हो । सबैभन्दा बढी कमाउनेमा नबिल बैंक पहिलो र दोस्रोमा ग्लोबल आइएमई बैंक पर्दछ । नबिल बै.कले ५ अर्ब ४६ करोड र ग्लोबल आइएमई बैंकले ४ अर्ब १२ करोड कमाएका छन् । तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, चौथोमा प्राइम कमर्सियल बैंक र पाचौंमा एभरेष्ट बैंक परेका छन् ।
त्यसैगरी विकास बैंकमा मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै कमाएको छ । प्रकाशित तथ्याङ्क अनुसार मुक्तिनाथ विकास बैंकले गत १० महिनामा ९९ करोड बढी कमाएको छ । दोस्रोमा गरिमा विकास बैंक, तेस्रोमा साइन, चौथोमा महालक्ष्मी र पाचौंमा कामना सेवा विकास बैंक रहेका छन् ।
यस्तै फाइनान्स कम्पनीतर्फ सबैभन्दा बढी मन्जुश्री फाइनान्सले गत १० महिनामा २० करोड रुपैंया आर्जन गरेको छ ।
फाइनान्स कम्पनीहरुको गत १० महिनाको वित्तीय विवरण अनुसार ७० करोड रुपैंयाको आसपास घाटा व्यहोर्नु परेको छ । १७ वटा फाइनान्स कम्पनीहरुमद्दे ९ वटा कम्पनी नाफामा र ८ वटा कम्पनीहरु घाटामा गएका छन् । कमाउनेमा मन्जुश्री पछि गोर्खा फाइनान्सले ६ करोड ५३ लाख र आइसिएफसी फाइनान्सले ४ करोड ८९ लाख रुपैंया कमाएका छन् । घाटा व्यहोर्ने फाइनान्स कम्पनीहरुमा गुहेश्वरी मर्चेन्ट, रिलायन्स, सेन्ट्रल, प्रोग्रसिभ, गुडविल, जानकाी, समृद्धि र पोखरा फाइनान्स कम्पनीहरु छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *