राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो समिक्षा पछि नेपाली शेयर बजारमा सकारात्मक प्रभाव पर्न थालेको छ । राष्ट्र बैंकले खरिद गरिएका शेयरहरु एक बर्ष भन्दा पहिला बिक्रि गर्न नपाउने र एक बर्ष पछि पनि प्राथमिक पुँजीको १ प्रतिशत मात्र बिक्रि गर्न पाउने व्यवस्थामा परिमार्जन गर्दै बैंकहरुलाई शेयर बिक्रि गर्ने बाटो खोलिदिएसँगै शेयर बजारमा बैंकहरुले लगानी बढाउन सक्ने आँकलन गर्न थालिएको छ ।

मौद्रिक नीतिको समीक्षा पश्चात कुन समूहमा बढी प्रभाव पर्योः
मौद्रिक नीतिको समीक्षा पश्चात आइतबार खुलेको शेयर बजारमा लाइफ इन्स्योरेन्स र नन लाइफ इन्स्योरेन्समा खरीद चाप बढ्न गई नन लाइफ इन्स्योरेन्स समूह ३.८१ प्रतिशत र लाइफ इन्स्योरेन्स समूह ४.३८ प्रतिशतले बृद्धि हुन पुगेको छ । त्यस्तै अन्य समूहमा पनि बृद्धि भएको छ । आइतबार प्राय वित्तीय अवस्था मजबूत भएका कम्पनीहरुमा बढी खरीद चाप रहेको देखिन्छ ।

गतबर्षको यसै अवधिमा कुन कुन समूहमा के कति बृद्धि भएको थियो ?
विगतको इतिहासलाई हेर्ने हो भने पनि खासगरी जेष्ठ, आषाढ महिना शेयर बजार बढ्ने महिनाको रुपमा लिइन्छ । गत बर्षको यसै समयलाई मध्यनजर गर्दा जेष्ठ २ गतेबाट श्रावण ७ गतेसम्ममा नेप्सेमा करीब ४०५ अंक अर्थात २२.२६ प्रतिशतको बृद्धि भएको थियो भने सबैभन्दा बढी बृद्धि होटल समूहमा भएको थियो । त्यसपछि व्यापार समूह, लाइफ इन्स्योरेन्स र नन लाइफ इन्स्योरेन्स समूहमा बृद्धि भएको थियो ।
यस सम्बन्धी विस्तृत विवरण तलको चार्टबाट हेर्न सकिन्छ ।

गत बर्षको यसै समयमा नेप्से लगायत सबै समूहमा बृद्धि भएको अंक र प्रतिशत
SECTORRISE DATESPOINTS CHANGE
FROMTOPOINTS CHANGE% RISE
NEPSETuesday, May 16, 2023Sunday, July 23, 2023405.5622.26
२०८० जेष्ठ २ गते२०८० श्रावण ७ गते
COMMERCIAL BANKSThursday, June 1, 2023Sunday, July 23, 202318115.09
२०८० जेष्ठ १८ गते२०८० श्रावण ७ गते
HYDROPOWERTuesday, May 16, 2023Sunday, June 18, 2023424.3218.86
२०८० जेष्ठ २ गते२०८० आषाढ ३ गते
OTHERSWednesday, May 17, 2023Tuesday, June 27, 2023296.3522.25
२०८० जेष्ठ ३ गते२०८० श्रावण १२ गते
INVESTMENTTuesday, May 9, 2023Sunday, July 23, 202314.3123.04
२०८० बैशाख २६ गते२०८० श्रावण ७ गते
DEVELOPMENT BANKMonday, May 15, 2023Sunday, July 23, 2023912.5827.13
२०८० जेष्ठ १ गते२०८० श्रावण ७ गते
FINANCEMonday, May 15, 2023Tuesday, July 11, 2023493.7432.64
२०८० जेष्ठ १ गते२०८० आषाढ २६ गते
MICROFINANCEMonday, May 15, 2023Thursday, July 27, 20231071.9633.19
२०८० जेष्ठ १ गते२०८० आषाढ १२ गते
LIFE INSURANCETuesday, May 16, 2023Wednesday, June 28, 20233517.2638.21
२०८० जेष्ठ २ गते२०८० आषाढ १३ गते
MANUFACTURING & PROCESSINGMonday, May 15, 2023Sunday, July 23, 20231685.238.75
२०८० जेष्ठ १ गते२०८० श्रावण ७ गते
NON LIFE INSURANCETuesday, May 16, 2023Sunday, July 23, 20233309.7739.2
२०८० जेष्ठ २ गते२०८० श्रावण ७ गते
TRADINGSTuesday, May 16, 2023Sunday, July 23, 20231097.4554.94
२०८० जेष्ठ २ गते२०८० श्रावण ७ गते
HOTELSMonday, December 26, 2022Sunday, July 9, 20233297.31120.49
२०८० पौष ११ गते२०८० आषाढ २४ गते
Sectoral Change

आइतबारको खरीद चापले के संकेत गरेको छ ?
आइतबारको खरीद चापको आधारमा बैंक तथा वित्तीय संस्थाहरुले पनि क्रमशः शेयरमा लगानी गर्न खोजेको आँकलन गर्न सकिन्छ । बैंक वित्तीय संस्थाहरुसँग ठूलो मात्रामा पैसा हुने हुनाले ती संस्थाहरुबाट खरीद चाप बढाउने वित्तिकै नेप्सेमा सकारात्मक प्रभाव पर्ने विज्ञहरुको दावी छ । हालै मात्र प्रकाशित मौद्रिक नीतिको समीक्षामा बैंक तथा वित्तीय संस्थाहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने गरी केहि नीतिगत तहमा खुकुलो पारिएको हुँदा आगामी दिनमा बैंक वित्तीय संस्थाहरुको नाफा पनि बढ्ने आँकलन गरिएको हुँदा आइतबारको कारोबारमा बैंक तथा वित्तीय संस्थाहरुको शेयर खरीदमा पनि चाप बढेको देखिएको छ ।

अर्थमन्त्रीको शेयर बजार प्रतिको धारणा के सकारात्मक भएको हो ?
अर्थमन्त्रीमा बर्षमान पुनको आगमनसँगै शेयर बजारको समस्या समाधानमा सकारात्मक संदेश दिन खोजेका थिए । उनले लगत्तै शेयर बजारका समस्या र समाधानको उपायका सम्वन्धमा सरोकार निकायसँग तत्काल प्रतिवेदन माग गरेका थिए तर कार्यान्वयनको चरणमा भने आइ नसकेको अवस्था छ । अहिले फेरी अर्थमन्त्रीले शेयर बजारको विषयमा राष्ट्र बैंकसँग छलफल गरी आगामी बजेटमा समेत शेयर बजारलाई संबोधन गर्ने भन्ने कुरा सुनिन आएकोले यसबाट आगामी दिनमा शेयर बजारमा देखिएका समस्या समाधानको बाटो तिर जान्छ कि भन्ने अनुमान गर्न सकिन्छ ।

शेयर धितो कर्जाको अवस्थाः
राष्ट्र बैंकको तथ्यांक अनुसार चैत्र मसान्तसम्म करीब ८६ अर्ब १८ करोड रुपैंया बराबरको सेयर कर्जा प्रवाह भएको देखिन्छ । साउनदेखि क्रमशः विस्तार भएको शेयर कर्जा अझै उत्साहजनक रुपमा बृद्धि भने हुन सकेको छैन । ब्याजदर घट्दै जाँदा पनि शेयर कर्जा उल्लेख्य नबढ्नुमा हालसम्म पनि शेयर बजारमा कायम नीतिगत अवरोधलाई मूख्य कारण मान्न सकिन्छ ।

लघुवित्त संस्थाहरुलाई केहि राहतः
लघुवित्त संस्थाहरुलाई कर्जामा पुनसंरचना र पुनर्तालिकीकरण गर्न दिने व्यवस्थाले खराब कर्जाको अनुपात घट्दै गएको देखिन्छ । आगामी दिनमा अझै यसबाट लघुवित्तहरुमा सकारात्मक प्रभाव पर्न जाने र आगामी दिनहरुमा अझै नाफा बृद्धि हुन जाने देखिन्छ ।

शेयर बजारको पुँजीगत लाभकर अझै घट्न सक्ने संकेत :
हाल विद्यमान ७.५ प्रतिशत र ५ प्रतिशतको पुँजीगत लाभकरमा केहि लचकता अपनाइ संशोधन हुन सक्ने संकेत देखिएको छ तर यस सम्बन्धमा कुनै ठोस निर्णय भने भइ नसकेको श्रोत बताउँछ । यदि हालका अर्थमन्त्रीले आगामी बजेटमा शेयर बजारलाई सम्बोधन गर्ने क्रममा पुँजीगत लाभकरमा केहि राहत दिन सकेमा शेयर बजारमा अझै सकारात्मक संदेश प्रवाह हुन सक्नेछ ।

विद्यमान समयमा हाइड्रोपावर कम्पनीको अवस्थाः
पछिल्लो त्रैमासिक रिपोर्ट अनुसार धेरै हाइड्रोपावर कम्पनीहरु अझै घाटामा रहेका देखिन्छन् । हालसम्म तेस्रो त्रैमासिक रिपोर्ट प्रकाशन गरेका ७० भन्दा बढी हाइड्रोपावर कम्पनीहरुमद्दे ३० वटा भन्दा बढी कम्पनीहरुले घाटामा रहेको रिपोर्ट प्रकाशित भएका छन् । उत्पादन चरणमा नआइसकेका र उत्पादन भैसकेका कम्पनीहरुमा विगतको घाटा पुर्ति हुन समय लाग्ने स्वभाविकै हो तर केहि कम्पनीहरुमा भने वित्तीय अनुशासनको कमजोरीका कारण उठ्नै नसक्ने अवस्था समेत देखिन थालेको छ ।

अन्तमा मौद्रिक नीतिको समीक्षा पश्चात पहिलो दिनको कारोबारमा भएको कारोबार रकमको बढोत्तरी सहित ४५ अंकको बृद्धिको उत्साह कायम रहन सकेमा आगामी केहि महिना भित्रमा शेयर बजारले नयाँ उचाई प्राप्त गर्न नसक्ला भन्न सकिन्न ।

गत बर्षको यसै समयमा बृद्धि भएको नेप्से लगायतको सबै सेक्टरको बृद्धिको विस्तृत विवरण युट्यूब ( YouTube) च्यानलको लिंकबाट पनि हेर्न सकिनेछ ।

Link:

Leave a Reply

Your email address will not be published. Required fields are marked *