Mutual Fund  भनेको के हो , कसरी छान्ने र कसरी लगानी गर्ने ?

Mutual Fund अर्थात सामुहिक लगानी कोष भन्नाले धेरै भन्दा धेरै संघ संस्था वा व्यक्तिहरुको लगानीलाई व्यवस्थित तरीकाले लगानी गर्नु भन्ने बुझिन्छ । नेपालको वर्तमान कानुन अनुसार A Class Commercial हरुलाई Mutual Fund अर्थात सामुहिक लगानी कोष संचालन गर्न अनुमति दिइएको छ । खासगरी यस्ता Mutual Fund  संचालन गर्नको लागि विज्ञहरुको टिमलाई जिम्मेवारी दिइएको हुन्छ । त्यस्ता विज्ञ जनशक्तिहरुको प्रयास भनेकै संकलन गरिएको रकमलाई उचित क्षेत्रमा सहि अनुपातमा लगानी गर्नु र उचित मुनाफा प्राप्त गर्नु रहेको हुन्छ ।

नेपालमा हाल Close End  र Open End गरी दुई किसिमका Mutual Fund संचालनमा छन् । Close End  Mutual Fund भने तोकिएको समयमा Matured हुन्छ र Nepse मा समेत Listed  हुन्छ जसका कारण नेपालको Secondary Market मार्फत खरीद विक्रि गर्न सकिन्छ । Open End Mutual Fund भने Secondary Market  Listed  हुदैंन ।

हाल संचालनमा रहेका Mutual Fund हरु:

Close End 

Close End Mutual Fund
S.N.Symbol
(M.F)
Mutual FundFund Size
(Rs.)
Maturity
Date
Maturity Time
(Years)
1NICGF2NIC Asia Growth Fund 22024-01-107 years
2NIBLGFNIBL Growth Fund1,320,000,000.002033-01-1710 years
3RMF2RBB Mutual Fund 2846,119,290.002033-05-2110 years
4LVF2Laxmi Value Fund-II800,000,000.002033-09-0310 years
5SBCFSunrise Bluechip Fund1,250,000,000.002031-03-2610 years
6SFEFSunrise Focused Equity Fund1,000,000,000.002032-02-1210 years
7KEFKumari Equity Fund1,000,000,000.002031-03-1810 years
8NICFCNIC Asia Flexi Cap Fund1,020,000,000.002029-06-157 years
9LUKLaxmi Unnati Kosh652,623,600.002027-10-017 Years
10NBF3Nabil Balanced Fund III1,250,000,000.002031-09-2310 years
11C30MFCitizens Super 30 Mutual Fund750,723,900.002033-05-1410 years
12SLCFSanima Large Cap Fund1,200,000,000.002028-02-237 years
13CMF2Citizens Mutual Fund – 2560,000,000.002026-07-087 Years
14NBF2Nabil Balanced Fund – 21,120,000,000.002029-05-3110 Years
15NICBFNIC ASIA Balanced Fund755,000,000.002029-08-2710 Years
16NIBSF2NIBL Samriddhi Fund – 21,500,000,000.002031-05-2910 years
17KDBYKumari Dhanabriddhi Yojana1,225,072,590.002032-07-2510 years
18PRSFPrabhu Smart Fund1,000,000,000.002032-03-1410 years
19NSIF2NMB Sulav Investment Fund – II1,200,000,000.002032-09-0110 years
20NICSFNIC Asia Select-301,250,000,000.002028-07-057 years
21GIBF1Global IME Balance Fund-I1,025,763,600.002032-07-2810 years
22PSFPrabhu Select Fund1,250,000,000.002028-06-217 years
23RMF1RBB Mutual Fund 11,250,000,000.002028-07-237 years
24MMF1Mega Mutual Fund – 11,250,000,000.002031-09-0810 years
25SEFSiddhartha Equity Fund1,500,000,000.002027-11-0810 Years
26SAGFSanima Growth Fund672,532,600.002033-11-2711 years
27H8020Himalayan 80-201,000,000,000.002033-10-0110 Years
28SIGS2Siddhartha Investment Growth Scheme-21,200,000,000.002029-08-2610 Years
29CMF1Citizens Mutual Fund-1820,000,000.002025-03-037 Years
30SFMFSunrise First Mutual Fund860,000,000.002029-11-0410 Years
31NICGFNIC Asia Growth Fund835,200,000.002025-03-127 Years
32NMB50NMB 501,250,000,000.002026-09-017 Years
33SAEFSanima Equity Fund1,300,000,000.002024-12-267 Years
34LEMFLaxmi Equity Fund1,250,000,000.002024-06-127 Years
35SIGS3Siddhartha Investment Growth Scheme 3805,800,000.002033-04-3010 years
36NIBLPFNIBL Pragati Fund750,000,000.002024-01-117 Years

Open End

Open End Mutual Fund
S.N.SymbolMutual Fund NameFund Size (Rs.)
1NIBLSFNIBL Sahabhagita Fund2,914,343,140.00
2NADDFNIC Asia Dynamic Debt Fund645,600,620.00
3SSISSiddhartha Systematic Investment Scheme602,677,416.00
4NMBSBFNMB Saral Bachat Fund – E1,653,918,143.00
5SLKShubha Laxmi Kosh286,937,367.00
6NFCFNabil Flexi Cap Fund541,742,630.00
7KSLYKumari Sunaulo Lagani Yojana362,754,900.00

Mutual Fundहरुले खासगरी Share, Debenture, Fixed Deposit , सरकारी ऋणपत्र आदिमा लगानी गर्दछन् । 

कसको लागि Mutual Fund राम्रो लगानीको अवसर हुन सक्छ ?

खासगरी दोस्रो बजारको सम्वन्धमा राम्रो ज्ञान नभएको र शेयर बजारमा पर्याप्त समय दिन नसक्ने लगानीकर्ताहरुको लागि Mutual Fund उत्तम लगानीको अवसर हुन सक्छ । दोस्रो बजारमा लगानी गर्नु अतेन्तै जोखिम हुने हुँदा यसको लागि शेयर बजारको बारेमा राम्रो ज्ञान हुन जरुरी छ । कंपनीको फण्डामेन्टल के कस्तो छ अनि प्राविधिक रुपमा ति कंपनीको अवस्था कस्तो देखिन्छ सो वारेमा ज्ञान नभई लगानी गर्दा जोखिम बढ्ने हुन्छ । तर Mutual Fund संचालन गर्ने कंपनीहरुसँग बजारको बारेमा राम्रो ज्ञान भएका विज्ञहरुको टीम हुन्छ जसका कारण लगानीलाई विविधिकरण गर्नुका साथै बढी भन्दा बढी प्रतिफल आउने कंपनीहरुमा लगानी गरिएको हुन्छ ।

Mutual Fundमा लगानी कसरी गर्ने र Mutual Fundमा लगानी गर्दा के के फाइदा हुन्छ ?

Mutual Fundमा दुई किसिमले लगानी गर्न सकिन्छ । पहिलो प्राथमिक बजारबाट आइपिओ को रुपमा र दोस्रो सेकेन्डर मार्केटबाट । यसमा लगानी गर्नको लागि सानो रकमबाट पनि सकिन्छ । आफुसँग भएको सानो रकमलाई क्रमशः लगानी गर्दै लगानी बढाउन सकिन्छ । कहिले काहीं कुनै एकदमै बढी प्रतिफल दिईरहेको कंपनीमा लगानी गर्ने ईच्छा भएमा त्यसको बजार मूल्यका कारण दोस्रो बजारबाट शेयर खरीद गर्न असम्भव पनि हुन्छ । यस्तो बेलामा उक्त शेयरमा जुन Mutual Fundले लगानी गरेको छ सोहि Mutual Fundमा लगानी गर्दा उक्त कंपनीबाट प्राप्त प्रतिफलमा समानुपातिक हिस्सेदार बन्न सकिन्छ । हामीले लगानी गर्ने कंपनी सिमित मात्र हुन्छ तर Mutual Fundले धेरै प्रकारको कंपनीमा लगानी गर्दछ जसका कारण जोखिम कम हुन्छ । धितोपत्रको वर्तमान नियममा Mutual Fundले समानुपातिक रुपमा निस्चित प्रतिशत प्राथमिक शेयर सिधै प्राप्त गर्दछन् । त्यसले पनि कंपनीको नाफामा बृद्धि हुुुन्छ । Mutual Fund हाइली लिक्वीड भएकोले जुनसुकै वेलामा बेचेर पैसा निकाल्न सक्छ । Mutual Fundले नियमित रुपमा न्याभ प्रकाशित गरिरहन्छ जसका कारण आफुले लगानी गरेको Mutual Fundको वारेमा नियमित जानकारी थाहा भैरहन्छ । त्यस बाहेक Mutual Fundले कुन कुन शेयरमा लगानी गरेको छ भन्ने समेत जानकारी प्राप्त गर्न सकिन्छ ।

Mutual Fundमा लगानी गर्ने तरिका :

क) Mutual Fund को प्राथमिक शेयरमा लगानी गर्ने तरिका :

अन्य प्राथमिक शेयरहरु खुलेको समयमा जसरी Mero Share  मार्फत Apply  गर्न सकिन्छ त्यसरी नै Mutual Fundको प्राथमिक शेयरमा पनि Mero Share बाट सिधै Apply गर्न सकिन्छ । यसको सुरुवात मूल्य प्रति कित्ता रु. १०/- हुन्छ ।

यस सम्वन्धी प्रकृयाको लागि तलको लिंकमा थिच्नुहोस् ।

Click here on how to apply IPO of Mutual Fund through Mero share

ख) Mutual Fundमा लगानी गर्ने अर्को तरिका दोस्रो बजारबाट :

 दोस्रो बजारबाट Mutual Fund खरीद गर्दा सिधै Broker लाई फोन गरेर वा TMS मार्फत घरैबाट Online को माध्यमबाट खरीद गर्न सकिनेछ । दोस्रो बजारबाट Mutual Fundको शेयर किन्दा भने प्रति एकाई मूल्य फरक फरक हुन्छ । दोस्रो बजारबाट खरीद गर्नुपूर्व आफुले खरीद गर्न चाहेको Mutual Fund को बारेमा जानकारी लिएर मात्र खरीद गर्दा जोखिम कम हुन्छ । सकभर त्यस्ता Mutual Fund छनोट गर्दा त्यस्ता कंपनीहरुको वास्तविक NAV ( Net Asset Value) कति छ र बजारमा त्यो कंपनीको कारोवार NAV भन्दा कति Discounted Rate मा पाइन्छ साथसाथै त्यो Mutual Fundले आफ्नो लगानीलाई कुन कुन क्षेत्रमा के कति अनुपातमा लगानी गरेको छ र Past Dividend History के छ भनेर बुझ्ने जरुरी छ । 

Mutual Fund ले लगानी गरेका Sector हरुको पछिल्लो Weighted को अवस्था :

नेपालमा संचालित Mutual Fund हरुले आजको मितिसम्म निम्नानुसार Sector हरुमा निम्न बमोजिमको प्रतिशतमा लगानी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *