
अस्थिर राजनीतिका बिच दुइ ठूला राजनीतिक दलहरु मिलेर बन्न लागेको नयाँ सरकारको पूर्व सन्ध्यामा तातिएको राजनीतिसगैं शेयर बजार पनि अलि तातिन लागेको महसुस भएको छ । खासगरी एमाले पार्टीले सरकारमा प्रधानमन्त्रीको नेतृत्व गर्ने पक्कापक्की भएसंगै विगतमा शेयर बजारले रुचाएका अर्थमन्त्री विष्णु पौडेलले अहिले बन्ने सरकारमा अर्थमन्त्रीको भुमिका निभाउने बलियो संभावनाले केहि दिन यता नेप्से बढ्ने क्रम जारी छ । शुक्रबार तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संसदबाट विश्वासको मत लिने कार्यक्रममा असफल भएपछि प्रचण्ड स्वत पदमुक्त भएका छन् । उनको पक्षमा २४.४१ प्रतिशत मत मात्र प्राप्त भएको थियो ।
राष्ट्रपति श्री रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनको लागि आहृवान गर्दा आइतबार साँझसम्मको समय दिएका कारण आइतबार नै प्रधानमन्त्रीको नियुक्ति गर्ने र सोही दिन सपथ खुवाउने तयारी गरिएको बुझिएको छ ।
यस वीच गएको हप्ता सरकार गठनको बारेमा पक्ष विपक्षमा विभिन्न अडकल बाजी भए पनि गएको हप्ता ४ दिनसम्म बढेको बजारमा पछिल्लो कारोबार दिन नेप्से २२०४.६१ विन्दुमा बन्द भएको छ । गत दुइ सातामा नेप्सेमा १५२.६९ अंकको बृद्धि भएको छ ।
शेयर बजार धेरै नै स्मार्ट (Smart) हुने हुँदा शुभ समाचार आउने बारेमा पहिले नै बजारले थाहा पाइसक्छ भन्ने मान्यता छ । यसै मान्यता अनुरुप नै बजार केहि अगाडि देखि नै बढ्न सुरु गरेको मान्न सकिन्छ ।
त्यसो भए आगामी हप्ता नेप्से के हुने भन्ने बारेमा सर्वत्र चर्चा चुलिएको छ । धेरैको अनुमानमा आगामी हप्तामा शेयर बजारले पहिलेको २२०० को बलियो अवरोधलाई सजिलै तोडेर बजार अघि बढ्नेछ ।
आजको यस अंकमा नेप्सेमा सूचिकृत विभिन्न उपसमूहहरुमद्दे सारभूत (Fundamentally) रुपमा बलिया देखिएका विभिन्न समूहका २।२ वटा कम्पनीहरुको अवस्थाको बारेमा विश्लेषण गरिएको छ । अन्य कम्पनीहरुको आगामी अंकमा विश्लेषण गरिनेछ ।
सबैभन्दा पहिले लाइफ इन्स्योरेन्स समूहका २ वटा कम्पनीहरुको बारेमा चर्चा गरौं ।
लाइफ इन्स्योरेन्स समूहका सारभूत (Fundamentally) रुपमा बलिया २ वटा कम्पनीहरुमा एशियन लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । पछिल्लो कारोबारको आधारमा सबैभन्दा कम मूल्य आम्दानी अनुपात अर्थात पि.ई (P.E) रेसियो (P.E Ratio) भएका ति कम्पनीहरुको पि.ई (P.E) क्रमश २१.०६ र २४.८४ रहेको छ । तेस्रो त्रैमासिक रिपोर्टको आधारमा लाइफ इन्स्योरेन्सहरुमद्दे सबैभन्दा बढी खुद नाफा गर्ने कम्पनीमा एशियन लाइफ इन्स्योरेन्स र त्यसपछि सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पर्दछन् । प्रति शेयर आम्दानीमा (EPS) एशियन लाइफ इन्स्योरेन्सको २९.२० रुपैंया र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रति शेयर आम्दानी २०.५७ रुपैंया रहेको छ । त्यस्तै एशियन लाइफ इन्स्योरेन्सको वास्तविक मूल्य अर्थात नेटओर्थ (Net Worth) १२३.५० रुपैंया र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वास्तविक मूल्य अर्थात नेटओर्थ (Net Worth) १९४.११ रुपैंया रहेको छ । कारोबार रकम र भोल्युम मा निरन्तर बृद्धि हुदैँ गएका यी दुइ कम्पनीहरुमद्दे एशियन लाइफ इन्स्योरेन्सको कारोबार भोल्युम मा अझ बढी बृद्धि हुनु र दुबै कम्पनीका मैनबत्ती चार्टमा अपर बोलिंगर ब्याण्ड सगँसगैं कारोबार हुदैँ जानुले आगामी हप्ता दुबै कम्पनीका शेयर मूल्य बढ्ने अनुमान गर्न सकिन्छ ।
Life Insurance Sector | ||||||
SYMBOL | QUARTER | M.P | NET PROFIT | EPS | NET WORTH | P.E RATIO |
ALICL | Q3 – 080/081 | 614.9 | 69.11 Cr | 29.2 | 123.5 | 21.06 |
SNLI | Q3 – 080/081 | 511 | 49.37 Cr | 20.57 | 194.11 | 24.84 |
त्यसैगरी अब नन लाइफ इन्स्योरेन्स समूहका २ वटा कम्पनीहरुको बारेमा चर्चा गरौं ।
नन लाइफ इन्स्योरेन्स समूहका सारभूत (Fundamentally) रुपमा बलिया २ वटा कम्पनीहरुमा नेपाल इन्स्योरेन्स कम्पनी र हिमालयन एभरेष्ट कम्पनी रहेका छन् । पछिल्लो कारोबारको आधारमा सबैभन्दा कम मूल्य आम्दानी अनुपात अर्थात पि.ई (P.E) रेसियो (P.E Ratio) भएका ति कम्पनीहरुको पि.ई (P.E) क्रमश १७.७२ र १९.८८ रहेको छ । तेस्रो त्रैमासिक रिपोर्टको आधारमा नन लाइफ इन्स्योरेन्सहरुमद्दे सबैभन्दा बढी खुद नाफा गर्ने कम्पनीमा नेपाल इन्स्योरेन्स कम्पनी र त्यसपछि हिमालयन एभरेष्ट कम्पनीको प्रति शेयर आम्दानीमा (EPS) नेपाल इन्स्योरेन्स कम्पनीको ४९.७२ रुपैंया र हिमालयन एभरेष्ट कम्पनीको प्रति शेयर आम्दानी ३२.३५ रुपैंया रहेको छ । त्यस्तै नेपाल इन्स्योरेन्स कम्पनीको वास्तविक मूल्य अर्थात नेटओर्थ (Net Worth) २१०.३३ रुपैंया र हिमालयन एभरेष्ट कम्पनीको वास्तविक मूल्य अर्थात नेटओर्थ (Net Worth) १८८.५२ रुपैंया रहेको छ । कारोबार रकम र भोल्युम मा निरन्तर बृद्धि हुदैँ गएका यी दुइ कम्पनीहरुमद्दे हिमालयन एभरेष्ट कम्पनीको कारोबार भोल्युम मा अझ बढी बृद्धि हुनु र दुबै कम्पनीका मैनबत्ती चार्टमा अपर बोलिंगर ब्याण्ड सगँसगैं कारोबार हुदैँ जानुले आगामी हप्ता दुबै कम्पनीका शेयर मूल्य बढ्ने अनुमान गर्न सकिन्छ ।
Non Life Insurance Sector | ||||||
SYMBOL | QUARTER | M.P | NET PROFIT | EPS | NET WORTH | P.E RATIO |
NICL | Q3 – 080/081 | 883 | 61.44 Cr | 49.82 | 210.33 | 17.72 |
HEI | Q3 – 080/081 | 643 | 60.65 Cr | 32.35 | 188.52 | 19.88 |
लघुवित्त समूहका सारभूत (Fundamentally) रुपमा बलिया २ वटा कम्पनीहरुमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था र आरएसडिसी लघुवित्त वित्तीय संस्था रहेका छन् । पछिल्लो कारोबारको आधारमा सबैभन्दा कम मूल्य आम्दानी अनुपात अर्थात पि.ई (P.E) रेसियो (P.E Ratio) भएका ति कम्पनीहरुको पि.ई (P.E) क्रमश ४२.७९ र ४४.६९ रहेको छ । तेस्रो त्रैमासिक रिपोर्टको आधारमा लघुवित्त कम्पनीहरुमद्दे डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले २५.३० करोड र आरएसडिसी लघुवित्त वित्तीय संस्थाले ११.२१ करोड रुपैंया खुद नाफा कमाएका छन् । प्रति शेयर आम्दानीमा (EPS) डिप्रोक्स लघुवित्त वित्तीय को १९.७७ रुपैंया र आरएसडिसी लघुवित्त वित्तीय संस्थाको प्रति शेयर आम्दानी १५.८३ रुपैंया रहेको छ । त्यस्तै डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको वास्तविक मूल्य अर्थात नेटओर्थ (Net Worth) १९६.५१ रुपैंया र आरएसडिसी लघुवित्त वित्तीय संस्थाको वास्तविक मूल्य अर्थात नेटओर्थ (Net Worth) १२४.६९ रुपैंया रहेको छ । कारोबार रकम र भोल्युम मा निरन्तर बृद्धि हुदैँ गएका यी दुइ कम्पनीहरुमद्दे डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको कारोबार भोल्युम मा अझ बढी बृद्धि हुनु र दुबै कम्पनीका मैनबत्ती चार्टमा अपर बोलिंगर ब्याण्ड सगँसगैं कारोबार हुदैँ जानुले आगामी हप्ता दुबै कम्पनीका शेयर मूल्य बढ्ने अनुमान गर्न सकिन्छ ।
Microfinance Sector | ||||||
SYMBOL | QUARTER | M.P | NET PROFIT | EPS | NET WORTH | P.E RATIO |
DDBL | Q3 – 080/081 | 846 | 25.30 Cr | 19.77 | 196.51 | 42.79 |
RSDC | Q3 – 080/081 | 707.5 | 11.21 Cr | 15.83 | 124.69 | 44.69 |
फाइनान्स समूहका सारभूत (Fundamentally) रुपमा बलिया २ वटा कम्पनीहरुमा मञ्जुश्री फाइनान्स लि. र गोर्खा फाइनान्स लि. रहेका छन् । पछिल्लो कारोबारको आधारमा सबैभन्दा कम मूल्य आम्दानी अनुपात अर्थात पि.ई (P.E) रेसियो (P.E Ratio) भएका ति कम्पनीहरुको पि.ई (P.E) क्रमश ४०.५४ र ८५.४६ रहेको छ । तेस्रो त्रैमासिक रिपोर्टको आधारमा फाइनान्स कम्पनीहरुमद्दे मञ्जुश्री फाइनान्सले १५.१० करोड र गोर्खा फाइनान्सले ५.४९ करोड रुपैंया खुद नाफा कमाएका छन् । प्रति शेयर आम्दानीमा (EPS) मञ्जुश्री फाइनान्सको १४.९० रुपैंया र गोर्खा फाइनान्सको प्रति शेयर आम्दानी ८.५३ रुपैंया रहेको छ । त्यस्तै मञ्जुश्री फाइनान्सको वास्तविक मूल्य अर्थात नेटओर्थ (Net Worth) १५९.७५ रुपैंया र गोर्खा फाइनान्सको वास्तविक मूल्य अर्थात नेटओर्थ (Net Worth) १५१.७१ रुपैंया रहेको छ । कारोबार रकम र भोल्युम मा निरन्तर बृद्धि हुदैँ गएका यी दुइ कम्पनीहरुमद्दे गोर्खा फाइनान्सको कारोबार भोल्युम मा अझ बढी बृद्धि हुदैँ गएको छ ।
Finance Sector | ||||||
SYMBOL | QUARTER | M.P | NET PROFIT | EPS | NET WORTH | P.E RATIO |
MFIL | Q3 – 080/081 | 604 | 15.10 Cr | 14.9 | 159.75 | 40.54 |
GUFL | Q3 – 080/081 | 729 | 5.49 Cr | 8.53 | 151.71 | 85.46 |
हाइड्रोपावर समूहका सारभूत (Fundamentally) रुपमा बलिया २ वटा कम्पनीहरुमा साहस उर्जा लि. र सानिमा माइ हाइड्रोपावर लि. रहेका छन् । पछिल्लो कारोबारको आधारमा सबैभन्दा कम मूल्य आम्दानी अनुपात अर्थात पि.ई (P.E) रेसियो (P.E Ratio) भएका ति कम्पनीहरुको पि.ई (P.E) क्रमश २८.५३ र ३५.४२ रहेको छ । तेस्रो त्रैमासिक रिपोर्टको आधारमा हाइड्रोपावर कम्पनीहरुमद्दे साहस उर्जा लि ले ४७.४२ करोड र सानिमा माइ हाइड्रोपावर लि. ले ३१.४८ करोड रुपैंया खुद नाफा कमाएका छन् । प्रति शेयर आम्दानीमा (EPS) साहस उर्जा लि को १८.२२ रुपैंया र सानिमा माइ हाइड्रोपावर लि. को प्रति शेयर आम्दानी ९.२६ रुपैंया रहेको छ । त्यस्तै साहस उर्जा लि को वास्तविक मूल्य अर्थात नेटओर्थ (Net Worth) १७५.११ रुपैंया र सानिमा माइ हाइड्रोपावर लि. को वास्तविक मूल्य अर्थात नेटओर्थ (Net Worth) १६५.२७ रुपैंया रहेको छ । कारोबार रकम र भोल्युम मा निरन्तर बृद्धि हुदैँ गएका यी दुइ कम्पनीहरुमद्दे सानिमा माइ हाइड्रोपावर लि. को कारोबार भोल्युम मा अझ बढी बृद्धि हुदैँ गएको छ ।
Hydro Power Sector | ||||||
SYMBOL | QUARTER | M.P | NET PROFIT | EPS | NET WORTH | P.E RATIO |
SAHAS | Q3 – 080/081 | 519.9 | 47.82 Cr | 18.22 | 175.11 | 28.53 |
SHPC | Q3 – 080/081 | 328 | 31.48 Cr | 9.26 | 165.27 | 35.42 |
अन्य समूहका सारभूत (Fundamentally) रुपमा बलिया २ वटा कम्पनीहरुमा नेपाल दुर संचार कम्पनी र हिमालयन रि इन्स्योरेन्स कम्पनी रहेका छन् । पछिल्लो कारोबारको आधारमा सबैभन्दा कम मूल्य आम्दानी अनुपात अर्थात पि.ई (P.E) रेसियो (P.E Ratio) भएका ति कम्पनीहरुको पि.ई (P.E) क्रमश २०.२२ र ४६।५७ रहेको छ । तेस्रो त्रैमासिक रिपोर्टको आधारमा अन्य समूहका कम्पनीहरुमद्दे नेपाल दुर संचार कम्पनीले ५.५९ अरब र हिमालयन रि इन्स्योरेन्स कम्पनीले ९३.११ करोड रुपैंया खुद नाफा कमाएका छन् । प्रति शेयर आम्दानीमा (EPS) नेपाल दुर संचार कम्पनीको ४१.४४ रुपैंया र हिमालयन रि इन्स्योरेन्स कम्पनीको प्रति शेयर आम्दानी १२.४१ रुपैंया रहेको छ । त्यस्तै नेपाल दुर संचार कम्पनीको वास्तविक मूल्य अर्थात नेटओर्थ (Net Worth) ५१२.९९ रुपैंया र हिमालयन रि इन्स्योरेन्स कम्पनीको वास्तविक मूल्य अर्थात नेटओर्थ (Net Worth) १४९.९७ रुपैंया रहेको छ । कारोबार रकम र भोल्युम मा निरन्तर बृद्धि हुदैँ गएका यी दुइ कम्पनीहरुमद्दे नेपाल दुर संचार कम्पनीको कारोबार भोल्युम मा अझ बढी बृद्धि हुदैँ गएको छ ।
Other Sector | ||||||
SYMBOL | QUARTER | M.P | NET PROFIT | EPS | NET WORTH | P.E RATIO |
NTC | Q3 – 080/081 | 838 | 5.59 Arab | 41.44 | 512.99 | 20.22 |
HRL | Q3 – 080/081 | 577.9 | 93.11 Cr | 12.41 | 149.97 | 46.57 |
उत्पादन समूहका सारभूत (Fundamentally) रुपमा बलिया २ वटा कम्पनीहरुमा बोटलर्स नेपाल तराई लि. र शिवम सिमेन्ट लि. रहेका छन् । पछिल्लो कारोबारको आधारमा सबैभन्दा कम मूल्य आम्दानी अनुपात अर्थात पि.ई (P.E) रेसियो (P.E Ratio) भएका ति कम्पनीहरुको पि.ई (P.E) क्रमश ५६.९४ र ९१.३३ रहेको छ । तेस्रो त्रैमासिक रिपोर्टको आधारमा उत्पादन समूहका कम्पनीहरुमद्दे बोटलर्स नेपाल तराई लि ले २६.१४ करोड र शिवम सिमेन्ट लि ले २०.४३ करोड रुपैंया खुद नाफा कमाएका छन् । प्रति शेयर आम्दानीमा (EPS) बोटलर्स नेपाल तराई लि को २१६ रुपैंया र शिवम सिमेन्ट लि को प्रति शेयर आम्दानी ५.४२ रुपैंया रहेको छ । त्यस्तै बोटलर्स नेपाल तराई लि को वास्तविक मूल्य अर्थात नेटओर्थ (Net Worth) ३३९७ रुपैंया र शिवम सिमेन्ट लि को वास्तविक मूल्य अर्थात नेटओर्थ (Net Worth) १८८.१९ रुपैंया रहेको छ । कारोबार रकम र भोल्युम मा निरन्तर बृद्धि हुदैँ गएका यी दुइ कम्पनीहरुमद्दे शिवम सिमेन्ट लि को कारोबार भोल्युम मा अझ बढी बृद्धि हुदैँ गएको छ ।
Manufacturing Sector | ||||||
SYMBOL | QUARTER | M.P | NET PROFIT | EPS | NET WORTH | P.E RATIO |
BNT | Q3 – 080/081 | 12300 | 26.14 Cr | 216 | 3397 | 56.94 |
SHIVM | Q3 – 080/081 | 495 | 20.43 Cr | 5.42 | 188.19 | 91.33 |