पछिल्लो हप्ता नेप्से २०८० को आसपास घुमिरहँदा कतिपय समूहका लो क्याप (Low Cap) कम्पनीहरुमा भने लगानीकर्ताहरुको उच्च आकर्षण रहेको पाइन्छ । कतिपय कम्पनीको मूल्यले अल टाइम हाइ (All time high) समेत बनाइ सकेको अवस्था छ । विगतको इतिहासलाई पल्टाउने हो भने अहिलेको समय भनेको समग्र नेप्से बढ्ने समयको रुपमा लिइन्छ । गत बर्ष मे १६ अर्थात जेष्ठ २ गते पश्चात बजार बढेको देखिन्छ । जेष्ठ २ गतेबाट श्रावण ७ गतेसम्म आइपुग्दा नेप्सेमा २२ प्रतिशत भन्दा बढी अर्थात ४०० अंकले बृद्धि भएको देखिन्छ । त्यसको साथसाथै अन्य सबै समूहमा राम्रै बृद्धि भएको थियो । तर समयको हिसाबले यस वर्ष जेष्ठको तेस्रो हप्ता नाघि सक्दा पनि नेप्सेमा खासै मोमेन्टम (Momentum) आउन सकेको छैन ।

ठूला क्षमताका लगानीकर्ताहरु शेयर बजारमा प्रवेश नगर्नु वा अहिलेको बजार प्रति उदासिन हुनु र छोटो समयका कारोबारीहरु (Short term traders) हावी हुनुले बजारमा फण्डामेन्टल्ली (Fundamentally) बलिया भनेर चिनिने कम्पनीहरुको मूल्य बढ्न सकेको छैन । छोटो समयका कारोबारीहरु (Short term traders) अर्थात ट्रेडरहरुले आफ्नो क्षमता अनुसार मूल्यलाई उचाल्न सक्ने खालका कम्पनीहरुमा मात्र बढी केन्द्रित भएको देखिन्छ । प्रमोटर शेयर अनलक (Unlock) हुने कम्पनीहरुमा पनि कतिपय प्रमोटरहरुले मौकाको फाइदा उठाउँदै आफुसँग भएका घाटा नाफाका कम्पनीहरुलाई छोटो समयमा मूल्यमा तिब्र मूल्य बृद्धि गरी आफुसँग भएको शेयर बेचेर बाहिरीनु र पुनः बजारमा प्रवेश नगर्नु पनि बजार नबढ्नाको कारणको रुपमा हेरिएको छ ।

खासगरी प्रमोटर शेयर अनलक भएका वा फ्लोटेड (Floated) शेयरको संख्या धेरै भएका कम्पनीहरु फण्डामेन्टल्ली बलिया भएपनि पछिल्लो समय तिनको मूल्य बढ्न सकेको छैन । अझ ट्रेडरहरुको आँखा नपरेका वा तिनको छनोटमा नपरेका कम्पनीहरुको मूल्यमा पनि खासै बृद्धि हुन सकेको छैन ।

नेपाली शेयर बजारमा वारेन बुफेटको शेयर छनोट र खरीद गर्ने सिद्धान्तले पनि खासै काम गरेको पाइन्न । वारेन बुफेट भन्छन् Buy Business, not stocks & Focus on long- term intrinsic value, not short- term earnings तर यहाँ बर्षैंदेखि फण्डामेन्टल्ली बलिया आधार भएका र नियमित लाभांश वितरण गरेका कम्पनीहरु छनोट गरेर होल्ड गरेका लगानीकर्ताहरुको पोर्टफोलियो बढ्नुको सट्टा झन् झन् घटिरहेको भनेर दुखेसो पोख्नेहरुको संख्या कम छैन ।

तुलनात्मक रुपमा बढी फ्लोटेट (Floated) शेयर भएका कम्पनीहरुको दाँजोमा कम शेयर फ्लोटेड भएका कम्पनीहरुको मूल्य कसरी बृद्धि भइरहेछ वा छोटो समयको कारोवारीहरुको आँखामा परेका कम्पनीहरुको मूल्य कसरी बृद्धि भइरहेछ भन्ने बुझ्नको लागि यहाँ उदाहरण प्रस्तुत गरिएको छ ।

पहिलो उदाहरण स्वरुप यहाँ लघुवित्तका केहि कम्पनीहरुको पछिल्लो अवस्था र तिनको बजार मूल्यलाई तुलना गरौं । तुलनात्मक अध्ययनको लागि जुन लघुवित्त कम्पनीहरुको फ्लोटेड (Floated) शेयर १० लाख कित्ता भन्दा कम छ तिनलाई आधार मानेर छोटो विश्लेषण यहाँ प्रस्तुत गरिएको छ । अधिकांश ति कम्पनीहरुको बजार मूल्य रु. १००० भन्दा कम भएको पाइन्न । प्रति शेयर आम्दानी ज्यादै न्यून वा ऋणात्मक भएका वा पि.इ रेसियो अत्यधिक भएका कतिपय कम्पनीहरुको मूल्य पनि रु. १००० भन्दा माथि नै देखिन्छ ।

यसको लागि तलको चार्टबाट अध्ययन गरौं ।

Floated Share Less than 10 Lac Kitta
SYMBOLQUARTERCLOSELISTEDFLOATEDNET PROFITEPSNET WORTHP/E RATIO
SAMAJThird Q2119.002.29 Lac98.25 K-22.99 Lac-10.06195.51-210.64
ANLBThird Q2342.006.86 Lac2.24 Lac1.27 Cr24.71388.8694.78
WNLBThird Q1440.007.92 Lac2.38 Lac-47.68 Lac-8.0399.45-179.33
SMBThird Q1600.009.52 Lac2.86 Lac1.23 Cr17.28160.8092.59
GLBSLThird Q1909.0010.14 Lac3.24 Lac2.25 Cr29.56143.5364.58
ULBSLThird Q1978.9010.61 Lac3.82 Lac72.98 Lac10.91221.20181.38
SHLBThird Q1765.0010.94 Lac3.94 Lac2.44 Cr29.73262.5759.37
MLBSThird Q1340.0010.94 Lac3.94 Lac-72.01 Lac-4.94117.85-271.26
DLBSThird Q1255.0013.31 Lac4.26 Lac-4.93 Cr-50.11133.03-25.04
UNLBThird Q2000.0014.86 Lac4.46 Lac3.84 Cr25.87328.6577.31
SMFBSThird Q1468.0014.61 Lac4.68 Lac18.02 Lac0.92143.731595.65
MKLBThird Q1192.0014.85 Lac4.75 Lac-1.10 Cr-7.40130.39-161.08
GMFBSThird Q1253.0015.16 Lac4.85 Lac85.79 Lac7.55145.30165.96
SLBSLThird Q1209.0017.52 Lac5.26 Lac-4.60 Cr-34.98110.22-34.56
JALPAThird Q1505.0018.28 Lac5.85 Lac62.82 Lac4.58280.24328.60
USLBThird Q1978.0024.69 Lac7.41 Lac9.85 Cr5.32145.13371.80
JSLBBThird Q1388.1017.01 Lac7.65 Lac95.10 Lac7.45150.27186.32
NESDOThird Q2107.0025.50 Lac8.41 Lac4.61 Cr24.09395.0187.46
CYCLThird Q1570.0026.64 Lac8.53 Lac2.80 Cr14.02216.40111.98
MLBSLThird Q1925.0021.76 Lac8.70 Lac4.03 Cr24.68204.8678.00
MLBBLThird Q1368.0019.60 Lac9.60 Lac3.01 Cr20.44169.4166.93
MSLBThird Q1389.0032.24 Lac9.67 Lac3.23 Cr13.35197.43104.04
AVYANThird Q957.9025.00 Lac9.75 Lac-2.23 Cr-22.9899.78-41.68
Floated Share less than 10 lac kitta

त्यसै गरी अर्को उदाहरणको लागि फ्लोटेड शेयर ज्यादै बढी भएका केहि कम्पनीहरुको मूल्यलाई दाजौं । प्राय फण्डामेन्टल्ली ज्यादै बलिया, रिजर्भमा राम्रो रकम राखेका र नेथओर्थ पनि राम्रो भएका कम्पनीहरु पनि फ्लोटेड शेयर धेरै भएका कारण चल्न नसकेको देखिन्छ ।
यसको लागि तलको चार्टबाट अध्ययन गरौं ।

Floated Share More than 50 Lac Kitta
SYMBOLQUARTERCLOSELISTEDFLOATEDNET PROFITEPSNET WORTHP/E RATIO
CBBLThird Q836.002.98 Cr1.46 Cr64.38 Cr28.83237.3229.00
SKBBLThird Q819.003.81 Cr1.14 Cr53.46 Cr18.73239.7143.73
NUBLThird Q675.002.61 Cr88.81 Lac17.59 Cr8.98186.0075.17
DDBLThird Q739.201.71 Cr83.60 Lac25.30 Cr19.77196.5137.39
FMDBLThird Q685.001.23 Cr60.46 Lac13.03 Cr14.08131.8348.65
NICLBSLThird Q667.801.74 Cr55.66 Lac12.56 Lac0.10161.066678.00
MEROThird Q688.001.32 Cr53.59 Lac12.38 Cr12.51153.7255.00
Floated Share More than 50 Lac Kitta

अर्को उदाहरणको लागि हाइड्रो समूहका केहि कम्पनीहरुलाई दाजौं । यस समूहमा पनि फ्लोटेड शेयर संख्या कम भएका कम्पनीहरुमा छोटो कारोवारीहरुको आकर्षण रहेको पाइन्छ । उदाहरणको लागि कम शेयर फ्लोटेड भएका कम्पनीहरुको मूल्य कसरी उच्च छ भनेर तलको चार्टको अध्ययन गरौं । फण्डामेन्टल्ली ज्यादै कमजोर कम्पनीमा पनि छोटो कारोवारीहरुको प्रवेश सगैं राम्रो मूल्य बढेको देखिन्छ ।

यसको लागि तलको चार्टबाट अध्ययन गरौं ।

Floated Share Less than 10 Lac Kitta
SYMBOLQUARTERCLOSELISTEDFLOATEDNET PROFITEPSNET WORTHP/E RATIO
KBSHThird Q1126.0012.19 Lac1.22 Lac1.43 Cr15.61160.7472.13
SPLThird Q690.0020.00 Lac4.00 Lac-94.04 Lac-4.7087.23-146.81
BHPLThird Q600.0025.00 Lac4.50 Lac-90.42 Lac-3.6253.81-165.75
SMHThird Q712.9050.00 Lac5.00 Lac5.77 Cr11.37121.7262.70
RAWAThird Q503.8028.00 Lac5.60 Lac21.62 Lac0.7780.00654.29
MKJCThird Q475.0037.63 Lac5.64 Lac61.47 Lac1.63101.85291.41
SPHLThird Q482.8030.00 Lac6.00 Lac62.56 Lac2.0991.05231.00
USHLThird Q501.0022.00 Lac6.50 Lac-34.18 Lac4.9164.73102.04
SPCThird Q515.0050.00 Lac7.30 Lac-1.99 Cr-2.77108.84-185.92
TSHLThird Q500.0049.25 Lac7.39 Lac-2.39 Cr-6.4876.21-77.16
MSHLThird Q640.0074.84 Lac7.48 Lac2.16 Cr3.85102.63166.23
TPCThird Q493.0040.00 Lac8.00 Lac-1.97 Cr-6.5559.00-75.27
BNHCThird Q650.7040.00 Lac8.00 Lac10.20 Lac0.3491.271913.82
AHLThird Q473.0034.00 Lac8.40 Lac-4.89 Cr-14.3797.99-32.92
BGWTThird Q994.4057.21 Lac8.58 Lac6.34 Cr15.75124.4163.14
Floated Share Less than 10 Lac Kitta

त्यस्तै अर्को उदाहरणको लागि फ्लोटेड शेयर ज्यादै बढी भएका केहि कम्पनीहरुको मूल्यलाई दाजौं । प्राय फण्डामेन्टल्ली ज्यादै बलिया, रिजर्भमा राम्रो रकम राखेका र नेथओर्थ पनि राम्रो भएका कम्पनीहरु पनि फ्लोटेड शेयर धेरै भएका कारण चल्न नसकेको देखिन्छ ।
यसको लागि तलको चार्टबाट अध्ययन गरौं ।

Floated Share More than 2 Crore Kitta
SYMBOLQUARTERCLOSELISTEDFLOATEDNET PROFITEPSNET WORTHP/E RATIO
UPPERThird Q161.9021.18 Cr21.18 Cr-1.39 Arab-6.5763.25-24.64
CHCLThird Q434.007.98 Cr7.98 Cr47.09 Cr7.79132.9355.71
RHPLThird Q268.006.84 Cr6.84 Cr-2.72 Cr-0.5394.67-505.66
APIThird Q167.005.79 Cr5.79 Cr4.48 Cr4.25105.2039.29
AKPLThird Q163.003.90 Cr3.90 Cr-34.14 Cr-8.7694.55-18.61
SJCLThird Q267.003.65 Cr3.65 Cr-12.59 Cr-4.6094.40-58.04
BPCLThird Q292.003.41 Cr3.41 Cr18.01 Cr5.28206.7855.30
SHPCThird Q329.003.40 Cr3.40 Cr31.48 Cr9.26165.2735.53
NHPCQ3 – 080/081146.002.47 Cr2.47 Cr-1.15 Cr0.37101.33394.59
UPCLQ3 – 080/081186.702.28 Cr2.28 Cr7.47 Cr4.37106.3542.72
MENQ3 – 080/081580.002.26 Cr2.26 Cr30.91 Cr13.66151.7242.46
Floated Share More than 2 Crore Kitta

Leave a Reply

Your email address will not be published. Required fields are marked *