नेपाली शेयर बजारमा पछिल्लो केहि हप्तादेखि उछाल आइरहेको छ । खासगरी नयाँ सरकार गठन हुने हल्ला र अर्थमन्त्रीमा नेपाली शेयर बजारमा अत्यधिक रुचाइएका विष्णु पौडेल नियुक्त हुने अपेक्षा सहित बढ्न थालेको शेयर बजारले छोटो समयमै उचाइ हासिल गरिसकेको छ । कारोबार दिनको हिसावले २२ कारोबार दिन अर्थात जम्मा ३० दिन भित्र नै नेप्सेमा ३४.२४ प्रतिशतको बृद्धि अर्थात ७०३ अंकको बृद्धि भएको देख्न सकिन्छ । पछिल्लो विहीबारको क्लोजिंङ इन्डेक्स को तुलना गर्ने हो भने नेप्सेमा विगत ५२ हप्ता भित्रमा ५०.८९ प्रतिशतको बृद्धि भएको छ ।
समूहगत रुपमा हेर्दा विगत १ वर्षमा सबैभन्दा धेरै बढेको समूह फाइनान्स समूह हो जसको ५२ हप्ताको तल्लो विन्दुबाट १२५.१३ प्रतिशत बृद्धि भैसकेको छ । त्यस पछि दोस्रो धेरै बढेको समूह हाइड्रोपावर समूह हो जसको ५२ हप्ताको तल्लो विन्दुबाट गणना गर्दा ७३.३६ प्रतिशत बृद्धि भैसकेको छ । यसैगरी उत्पादन समूह ६८.३४ प्रतिशत, लघुवित्त समूह ६६.७१ प्रतिशत, होटेल समूह ५६.४६ प्रतिशत, विकास बैंक समूह ५३.३३ प्रतिशत, अन्य समूह ५२.३७ प्रतिशत, म्युचुअल फण्ड ४९.२८ प्रतिशत, नन लाइफ इन्स्योरेन्स समूह ४३.८४ प्रतिशत, व्यापार समूह ४३.४६ प्रतिशत र लाइफ इन्स्योरेन्स समूह ३९.७१ प्रतिशत बढेको छ ।
यस सम्वन्धी विवरण यस प्रकार छ ।

S.NSymbolClosing Price52 Week
Low
% Above 52 Week
Low
52 Week
High
% Below 52 Week
High
1FINANCEIND3568.841585.22125.133568.840
2HYDROPOWIND3306.241907.173.363370.42-1.9
3MANUFACTUREIND7877.884679.8368.347961.35-1.05
4MICROFININD5396.833237.3566.715571.54-3.14
5HOTELIND7273.674648.856.467273.670
6DEVBANKIND5400.613518.1653.515443.89-0.8
7BANKINGIND1555.941014.7953.331577.93-1.39
8OTHERSIND2074.071361.252.372078.75-0.23
9NEPSE2755.621826.2350.892760.9-0.19
10MUTUALIND21.8714.6549.2821.870
11NONLIFEIND13502.689387.4743.8413502.680
12TRADINGIND3645.842541.443.463875.45-5.92
13LIFEINSUIND13307.479524.8739.7113307.470
Index & Sub Index Rise%


समूहगत रुपमा विश्लेषण गर्दा ५ वटा समूहले अघिल्लो ५२ हप्ताको हाइलाई ब्रेक गरिसकेको अवस्था छ । ५२ हप्ताको हाइ ब्रेक गर्ने समूहहरूमा नन लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स, होटेल समूह, फाइनान्स समूह र म्युचुअल फण्ड समूह रहेका छन् ।
त्यसै गरी विगत ५२ हप्ताको हाइ ब्रेक गर्न बाकी समूहमा नेप्से, अन्य समूह, विकास बैंक समूह, उत्पादन समूह, बैंक समूह, हाइड्रोपावर समूह, माइक्रोफाइनान्स समूह र व्यापार समूह रहेका छन् । विगत ५२ हप्ताको माथिल्लो विन्दुसम्म पुग्न सबैभन्दा बढी बाकी रहेको समूहमा उप्पादन समूह रहेको छ जुन अघिल्लो ५२ हप्ताको हाइ भन्दा ५.९२ प्रतिशत तल रहेको छ ।
यस सम्वन्धी विवरण यस प्रकार छ ।

S.NSymbolClosing Price52 Week
Low
% Above 52 Week
Low
52 Week
High
% Below 52 Week
High
1NONLIFEIND13502.689387.4743.8413502.680
2LIFEINSUIND13307.479524.8739.7113307.470
3HOTELIND7273.674648.856.467273.670
4FINANCEIND3568.841585.22125.133568.840
5MUTUALIND21.8714.6549.2821.870
6NEPSE2755.621826.2350.892760.9-0.19
7OTHERSIND2074.071361.252.372078.75-0.23
8DEVBANKIND5400.613518.1653.515443.89-0.8
9MANUFACTUREIND7877.884679.8368.347961.35-1.05
10BANKINGIND1555.941014.7953.331577.93-1.39
11HYDROPOWIND3306.241907.173.363370.42-1.9
12MICROFININD5396.833237.3566.715571.54-3.14
13TRADINGIND3645.842541.443.463875.45-5.92
Index & Sub Index Rise%


नेप्सेमा भने पछिल्लो २२ कारोबार दिन भित्र नै ३४.२४ प्रतिशत र ५२ हप्ताको लो बाट ५०.८९ प्रतिशतको बृद्धि भएको छ जुन तलको चार्टबाट देख्न सकिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *