तेस्रो त्रैमासिक रिपोर्ट (Third Quarter Report) प्रकाशित गरिसकेका ७० भन्दा बढी हाइड्रोपावर कम्पनीहरुमद्दे १५ लाख कित्ता भन्दा कम कारोबारयोग्य शेयर संख्या (Floated Share) भएका हाइड्रोपावर कम्पनीहरुको पछिल्लो वित्तीय अवस्थाको बारेमा यहाँ चर्चा गरिएको छ ।

लगानीकर्ताहरुमद्दे खासगरी ट्रेडरहरुको रोजाइमा प्राय लो क्याप कम्पनीहरु पर्ने गरेको पाइन्छ । भर्खरै मात्र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरे पश्चात भने विस्तारै फण्डामेन्टल्ली बलिया र हाइ क्याप कम्पनीहरु प्रति पनि लगानीकर्ताहरुको ध्यान खिचिएको कारोबारले देखाएको छ ।

यस लेखमा भने लगानीकर्ताहरुको सचेतना र जानकारीको लागि तेस्रो त्रैमासिक रिपोर्ट (Third Quarter Report)को आधारमा १५ लाखभन्दा कम मात्र कारोबारयोग्य शेयर संख्या (Floated Share) भएका १८ वटा हाइड्रोपावर कम्पनीहरुको केहि वित्तीय प्यारामिटरहरुको बारेमा चर्चा गर्नेछौं ।

पछिल्लो कारोबारको आधारमा हाइड्रोपावर समूहको प्राविधिक विश्लेषण गर्ने हो भने बुलिस ट्रेण्डमा देखिन्छ । आरएसआइ, म्याकडी लगायत मूख्य मूख्य प्राविधिक सूचकहरुले पनि हाइड्रोपावर समूह बुलिस नै रहेको देखाएको अवस्था छ । पछिल्लो कारोबारको आधारमा उक्त समूहको आरएसआइ ६६ भन्दा माथि रहेकोले यो समूह ट्रेडिङको लागि पनि उपयुक्त देखाएको छ ।

यसलाई बुझ्न तलको चार्टको अध्ययन गरौं ।

माथि नै उल्लेख गरिए अनुसार १५ लाख भन्दा कम कारोबारयोग्य १८ कम्पनीको बारेमा अब चर्चा गरौं । यि कम्पनीहरुमद्दे ७ वटा कम्पनीहरुको प्रति शेयर ऋणात्मक रहेको रिपोर्ट प्रकाशित भएका छन् । ति कम्पनीहरुमा TPC, TSHL, DOLTI, BEDC, SPL, BHPL, MCHL पर्दछन् । त्यसैगरी प्रति शेयर आम्दानी सकारात्मक भएका हाइड्रोपावर कम्पनीहरुको संख्या ११ छन् । प्राप्त पछिल्लो त्रैमासिक रिपोर्ट अनुसार उल्लेखित कम्पनीहरुमद्दे प्रति शेयर आम्दानी सबैभन्दा बढी भएको कम्पनीमा माण्डू हाइड्रोपावर (MANDU) रहेको छ भने त्यसपछि क्रमशः भगवती हाइड्रोपावर, कुथेली बुखरी हाइड्रोपावर, सुपर माइ हाइड्रोपावर, सिक्लेस हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर, सयपत्री हाइड्रोपावर आदि पर्दछन् ।

उल्लेखित १८ वटा लो क्याप कम्पनीहरुमद्दे ११ वटा हाइड्रोपावर कम्पनीको नेटओर्थ (Net Worth) १०० रुपैंया भन्दा कम रहेको छ भने ७ वटा कम्पनीहरुको नेटओर्थ (Net Worth) १०० रुपैंया भन्दा बढी रहेको छ । सबैभन्दा बढी नेटओर्थ (Net Worth) रहेको कम्पनीमा माण्डू हाइड्रोपावर कम्पनी रहेको छ ।

यस सम्बन्धी विस्तृत विवरण तलको चार्टबाट देख्न सकिन्छ ।

Hydropower Company ( Floated Share less than 15 Lac)
S.NSYMBOLPERIODCLOSE
PRICE
LISTED
SHARE
FLOATED
SHARE
NET
PROFIT
EPSNET
WORTH
P/E
RATIO
1TPCQ3 – 080/081513.240.00 Lac8.00 Lac-1.97 Cr-6.5559.00-78.35
2TSHLQ3 – 080/08153549.25 Lac7.39 Lac-2.39 Cr-6.4876.21-82.56
3DOLTIQ3 – 080/08141053.65 Lac10.73 Lac-3.24 Cr-6.0367.99-67.99
4BEDCQ3 – 080/08138654.41 Lac10.88 Lac-2.79 Cr-5.9257.19-65.2
5SPLQ3 – 080/08169120.00 Lac4.00 Lac-94.04 Lac-4.7087.23-147.02
6BHPLQ3 – 080/08158025.00 Lac4.50 Lac-90.42 Lac-3.6253.81-160.22
7MCHLQ3 – 080/08140054.26 Lac10.85 Lac62.65 Lac-1.1575.35-347.83
8IHLQ3 – 080/08142160.00 Lac12.00 Lac8.02 Lac0.1898.572338.89
9EHPLQ3 – 080/081493.662.00 Lac12.40 Lac33.99 Lac0.5574.28897.45
10RAWAQ3 – 080/08150928.00 Lac5.60 Lac21.62 Lac0.7780.00661.04
11SPHLQ3 – 080/081502.830.00 Lac6.00 Lac62.56 Lac2.0991.05240.57
12MSHLQ3 – 080/08167274.84 Lac7.48 Lac2.16 Cr3.85102.63174.55
13MHLQ3 – 080/08145361.60 Lac12.32 Lac-14.54 Cr7.21111.3862.83
14SIKLESQ3 – 080/08154585.00 Lac11.35 Lac5.23 Cr8.20108.5766.46
15SMHQ3 – 080/08170050.00 Lac5.00 Lac5.77 Cr11.37121.7261.57
16KBSHQ3 – 080/081117512.19 Lac1.22 Lac1.43 Cr15.61160.7475.27
17BGWTQ3 – 080/08170657.21 Lac8.58 Lac6.34 Cr15.75124.4144.83
18MANDUQ3 – 080/081851.21.36 Cr13.64 Lac22.16 Cr21.66143.5339.3
As per Third Quarter Report

पछिल्लो कारोबारको आधारमा भूगोल पावर इनर्जीको बजार मूल्य सबैभन्दा कम रहेको छ जसको बजार मूल्य प्रति शेयर ३८६ रुपैंया रहेको छ भने सबैभन्दा बढी मूल्य कुथेली बुखरी हाइड्रोपावर कम्पनीको ११७५ रुपैंया रहेको छ ।

पि.इ रेसियोमा सबैभन्दा बढी अर्थात ऋणात्मक मेन्चियाम हाइड्रोपावरको रहेको छ जसको पि.इ ३४७.८३ प्वाइन्टले ऋणात्मक रहेको छ भने सबैभन्दा कम माण्डू हाइड्रोपावर कम्पनीको ३९.३० रहेको छ ।

कारोबारयोग्य शेयर संख्या (Floated Share)को हिसावले सबैभन्दा कम कुथेली बुखरी हाइड्रोपावरको जम्मा १.२२ लाख कित्ता मात्र रहेको छ भने सबैभन्दा बढी माण्डू हाइड्रोपावर कम्पनीको १३.६४ लाख कित्ता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *