कुनै पनि सम्पत्तिको वास्तविक मूल्य नै Fair Value हो । यस भ्यालुमा किन्नेवाला र बेच्नेवाला दुबै खुशी नै हुन्छन् । बजार मूल्य अर्थात Market Value भनेको चाहिँ त्यो मूल्य हो जहाँ किन्नेवाला पैसा तिर्न राजी हुन्छन् । यसको मतलब Fair Value भन्दा Market Value बढी हुन्छ तब प्रिमियम ( Premium) लाभ प्राप्त हुन्छ । त्यसरी नै जब Market Value भन्दा Fair Value बढी हुन्छ तब खरीदको लागि छुट (Discount) प्राप्त हुन्छ । खासगरी यि दुइ मूल्यलाई दाँजेर कुनै पनि लगानीकर्ताहरुले लगानीको लागि निर्णय लिन सक्छन् । जस्तो उदाहरणको लागि कुनै कम्पनीको शेयरको बजार मूल्य १०० रुपैंया छ तर वास्तविक मूल्य ११० रुपैंया छन् भने त्यतिबेला लगानीकर्ताहरुलाई लाग्न सक्छ यस कम्पनीको मूल्य अण्डरभ्याल्युड (Undervalued) छ र खरीद गर्दा फाइदा हुन्छ । त्यसैगरी यदि कुनै कम्पनीको शेयरको बजार मूल्य ११० रुपैंया छ तर वास्तविक मूल्य १०० रुपैंया छन् भने त्यतिबेला लगानीकर्ताहरुलाई लाग्न सक्छ यस कम्पनीको मूल्य ओभरभ्याल्युड (Overvalued) छ र करेक्सनको लागि पर्खनु उपयुक्त हुन्छ ।


अब लागौं नेपाल स्टक एक्सचेन्जमा सूचिकृत बैंकिङ सेक्टरका कम्पनीहरुको वास्तविक मूल्य (Fair Value) र बजार मूल्य (Market Value) को बारेमा जानकारी । यहाँ वास्तविक मूल्य (Fair Value) थाहा पाउनको लागि ग्राहम नंबर (Graham Number) को सहायता लिइएको छ । तेस्रो त्रैमासिक रिपार्ट अनुसार नेप्सेमा सूचिकृत १९ वटा वाणिज्य बैंकहरुमद्दे ९ वटा वाणिज्य बैंकका शेयरहरु ग्राहम नंबर (Graham Number) को आधारमा अण्डरभ्याल्युड (Undervalued) भएको देखिन्छ ।
अण्डरभ्याल्युड (Undervalued) बैंकहरुमा NIMB, PCBL, NMB, PRVU, LSL, GMIME, CZBIL, ADBL, HBL हुन् ।
त्यसैगरी बाकीं १० वटा बैंकहरुको ग्राहम नंबर (Graham Number) पछिल्लो कारोबारको क्लोजिङ मूल्य (Closing Price) भन्दा कम देखिन्छ अर्थात ति बैंकहरुको मूल्य ग्राहम नंबरको आधारमा ओभरभ्याल्युड (Overvalued) भयो भनिन्छ । ग्राहम नंबरको आधारमा ओभर भ्याल्युड भएका ति १० बैंकहरु SBL, MBL, KBL, SANIMA, SBI, EBL, SCB, NABIL, NICA, NBL हुन् ।
यस सम्वन्धी विस्तृत विवरण तलको चार्टबाट अध्ययन गर्न सकिन्छ ।

SymbolQuarterClosing PriceDiscount RateGraham Number
NIMBQ3 – 080/081171-23.3222.94
PCBLQ3 – 080/081212.9-18.84262.31
NMBQ3 – 080/081205-14.52239.84
PRVUQ3 – 080/081157.2-13.36181.44
LSLQ3 – 080/081172-9.18189.38
GBIMEQ3 – 080/081192-8.65210.17
CZBILQ3 – 080/081179-8.58195.79
ADBLQ3 – 080/081280-6.62299.84
HBLQ3 – 080/081201.9-4.08210.49
Fair Value Stock

ग्राहम नंबरको आधारमा सबैभन्दा सस्तो कंपनीमा एनआइएमबी (NIMB) बैंक देखिन्छ जस्को क्लोजिङ मूल्य (Closing Price) १७१ रुपैंया छ भने ग्राहम नंबर २२२.९४ रहेको छ । यस अर्थमा उक्त बैंकको डिस्काउण्ट रेट २३.३० भयो भन्न सकिन्छ । त्यसैगरी ग्राहम नंबरको आधारमा सबैभन्दा महंगो कंपनीमा एनबिएल (NBL) बैंक देखिन्छ जस्को क्लोजिङ मूल्य (Closing Price) २३१.८० रुपैंया छ भने ग्राहम नंबर ८०.८९ रहेको छ । यस अर्थमा उक्त बैंक १८६.५८ ले ओभरभ्याल्युड भयो भन्न सकिन्छ ।
यस सम्वन्धी विस्तृत विवरण तलको चार्टबाट अध्ययन गर्न सकिन्छ ।

SymbolQuarterClosing PriceDiscount RateGraham Number
SBLQ3 – 080/0812662.45259.65
MBLQ3 – 080/0811906.06179.15
KBLQ3 – 080/08115420.13128.19
SANIMAQ3 – 080/08126722.79217.45
SBIQ3 – 080/081309.527.34243.04
EBLQ3 – 080/081550.941.89388.26
SCBQ3 – 080/08159848.3403.22
NABILQ3 – 080/08151455.71330.1
NICAQ3 – 080/081452.960.56282.07
NBLQ3 – 080/081231.8186.5880.89
Fair Valued Stock

Leave a Reply

Your email address will not be published. Required fields are marked *