नेप्सेमा सूचिकृत भई कारोबारमा रहेका र तेस्रो त्रैमासिक रिपोर्ट प्रकाशन गरिसकेका १२ वटा लाइफ र १२ वटा नन लाइफ इन्स्योरेन्स कम्पनीहरुमद्दे पछिल्लो कारोबारको आधारमा सबैभन्दा सस्ता ५ वटा लाइफ र ५ वटा नन लाइफ इन्स्योरेन्स कम्पनीहरुको फण्डामेन्टल (Fundamental) अवस्थाको बारेमा यस अंकमा चर्चा गर्नेछौं ।

लाइफ इन्स्योरेन्स कम्पनीहरुमद्दे पछिल्लो कारोबार मूल्यको आधारमा सबैभन्दा सस्ता ५ वटा कम्पनीहरुमा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI), सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (SJLIC), रिलाएबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (RNLI), आइएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ILI) र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड (SRLI) रहेका छन् ।

फण्डामेन्टल्ली हेर्दा उपरोक्त ५ वटै लाइफ इन्स्योरेन्स कम्पनीहरु बलिया देखिन्छन् भने रिटर्न अन इक्विटी (Return on Equity) को आधारमा ५ वटा लाइफ इन्स्योरेन्स कम्पनीहरुमद्दे सबैभन्दा बढी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ७ प्रतिशत रहेको छ भने सबैभन्दा कम सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ प्रतिशत रहेको छ । अन्यको ६ प्रतिशत रहेको छ । यस हिसाबले माथि उल्लेखित सबै लाइफ इन्स्योरेन्स कम्पनीहरुको रिटर्न अन इक्विटी (Return on Equity) सन्तोषजनक नै रहेको पाइन्छ ।

पछिल्लो कारोबार मूल्यको आधारमा सबैभन्दा सस्तो हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड रहेको छ जस्को पछिल्लो कारोबार मूल्य रु. ३८२.३० रहेको छ । प्रतिशेयर आम्दानीमा उल्लेखित ५ वटा लाइफ इन्स्योरेन्समद्दे सबैभन्दा बढी आइएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रु. ११.०५ रहेको छ ।
यस सम्वन्धी विस्तृत विवरण यस प्रकार रहेको छ ।

SYMBOLQUARTERCLOSING
PRICE
NET
PROFIT
EPSNET
WORTH
P/E RATIOROE-TTM
HLIQ3 – 080/081382.3043.54 Cr7.24124.2552.806.00%
SJLICQ3 – 080/081411.9029.54 Cr8.67166.3147.515.00%
RNLIQ3 – 080/081428.0034.03 Cr9.78155.7443.766.00%
ILIQ3 – 080/081430.0033.16 Cr11.05177.2538.916.00%
SRLIQ3 – 080/081440.0030.48 Cr9.71126.9945.317.00%
Life Insurance Companies

नन लाइफ इन्स्योरेन्स कम्पनीहरुमद्दे पछिल्लो कारोबार मूल्यको आधारमा सबैभन्दा सस्ता ५ वटा कम्पनीहरुमा आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड (IGI), सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेड (SGIC), यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड (UAIL), हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड (HEI) र सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेड (SALICO)रहेका छन् ।

फण्डामेन्टल्ली हेर्दा उपरोक्त ५ वटै नन लाइफ इन्स्योरेन्स कम्पनीहरु बलिया देखिन्छन् भने रिटर्न अन इक्विटी (Return on Equity) को आधारमा ५ वटा नन लाइफ इन्स्योरेन्स कम्पनीहरुमद्दे सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको १७ प्रतिशत रहेको छ भने सबैभन्दा कम यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ९ प्रतिशत रहेको छ । यस हिसाबले माथि उल्लेखित सबै नन लाइफ इन्स्योरेन्स कम्पनीहरुको रिटर्न अन इक्विटी (Return on Equity) सन्तोषजनक नै रहेको पाइन्छ ।

पछिल्लो कारोबार मूल्यको आधारमा सबैभन्दा सस्तो आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहेको छ जस्को पछिल्लो कारोबार मूल्य रु. ५२७.२० रहेको छ । प्रतिशेयर आम्दानीमा उल्लेखित ५ वटा नन लाइफ इन्स्योरेन्समद्दे सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको रु. ३५.३५ रहेको छ । यस हिसाबले प्रति शेयर आम्दानीमा हिमालयन एभरेष्ट इन्स्योरेन्स अब्बल दर्जामा रहेको छ ।
यस सम्वन्धी विस्तृत विवरण यस प्रकार रहेको छ ।

SYMBOLQUARTERCLOSING
PRICE
NET
PROFIT
EPSNET
WORTH
P/E RATIOROE-TTM
IGIQ3 – 080/081527.2046.76 Cr20.58181.9225.6212.00%
SGICQ3 – 080/081540.0028.71 Cr13.40142.6640.3010.00%
UAILQ3 – 080/081568.0027.42 Cr17.41184.3232.629.00%
HEIQ3 – 080/081596.2060.65 Cr35.35185.4916.8717.00%
SALICOQ3 – 080/081687.0047.54 Cr24.17244.0528.4211.00%
Non Life Insurance Companies

मूल्य आम्दानी अनुपातमा उल्लेखित ५ वटा लाइफ इन्स्योरेन्स कम्पनीहरुमद्दे आइएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा कम अर्थात ३८.९१ रहेको छ भने उल्लेखित ५ वटा नन लाइफ इन्स्योरेन्स कम्पनीहरुमद्दे हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको सबैभन्दा कम अर्थात १६.८७ मात्र रहेको छ ।

प्राविधिक रुपमा एन्ट्री रिक्स (Entry Risk) को क्यालकुलेसन गर्दा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडमा मध्यम खाले रिस्क (Risk) देखिन्छ भने अन्य दुइ रिलाएबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड र आइएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा लो रिस्क (Low Risk) देखिन्छ ।

त्यस्तै नन लाइफ इन्स्योरेन्स कम्पनीहरुको प्राविधिक रुपमा एन्ट्री रिक्स (Entry Risk) को क्यालकुलेसन गर्दा उल्लेखित ५ वटै इन्स्योरेन्स कम्पनीहरु आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेड, यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड, हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडमा मध्यम रिस्क (Medium Risk) देखिन्छ ।

लाइफ इन्स्योरेन्स कम्पनीको प्राविधिक चार्ट (Technical Chart) को अध्ययन गर्दा बोलिंगर ब्याण्डको मध्य रेखा मुनी अन्तिम कारोबारको क्लोजिङ भएको देखिन्छ । आरएसआइ (RSI) न्यूट्रल जोनभन्दा माथि नै रहेको र म्याकडि (MACD) मा अझै बाइ (BUY) सिग्नल भ्यालिड देखिन्छ ।

Life Insurance Company Chart

नन लाइफ इन्स्योरेन्स कम्पनीको प्राविधिक चार्ट (Technical Chart) को अध्ययन गर्दा बोलिंगर ब्याण्डको मध्य रेखा मुनी अन्तिम कारोबारको क्लोजिङ (Closing) भएको देखिन्छ। आरएसआइ (RSI) न्यूट्रल जोनभन्दा माथि नै रहेकोछ भने म्याकडि (MACD) मा भरखरै सेल्स (Sell) सिग्नल दिएको देखिन्छ

Non Life Insurance Company Chart

समग्रमा लाइफ र नन लाइफ इन्स्योरेन्सको प्राविधिक चार्ट, फण्डामेन्टल अवस्थाहरुको बारेमा विश्लेषण गर्दा अहिलेको बजार मूल्य खरीद गर्न लायक अर्थात एकुमुलेसन गर्ने अवस्थामा रहेको भन्ने जनाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *