Accumulation Distribution Indicator & its advantages and disadvantages with its use:

Accumulation/Distribution इन्डिकेटर भनेको के हो र यसका फाइदा वेफाइदाको साथै शेयर खरीद वा विक्रि मा यसको प्रयोग :

Accumulation/Distribution Volume मा आधारित सूचक हो जसले कुनै पनि सेयरको मूल्य र Volume को विचको सम्वन्धको बारेमा विश्लेषण गरी कुनै पनि सेयरको Trend पत्ता लगाइन्छ । तसर्थ कुनै पनि शेयरको Demand र Supply को विचको दबाबको आधारमा त्यस शेयरको भावी मूल्यको भविष्यवाणी गरिन्छ ।

Accumulation/Distribution

जब कुनै पनि शेयरको मूल्य तल्लो विन्दुमा पुग्दछ तव बजारमा उक्त शेयरको माग उच्च हुन्छ फलत मूल्य बढ्न सुरु हुन्छ । त्यसै गरी जब मूल्य उच्च विन्दुमा पुग्दछ तब उक्त शेयर बजारमा Distribution हुन थाल्दछ । तसर्थ Accumulation/Distribution इन्डिकेटरले बजारमा कुनै पनि शेयरको माग सिर्जना भएको छ वा उक्त शेयर वितरण भइरहेको छ भन्ने Trend पत्ता लगाउन मद्दत गर्ने हुनाले लगानीकर्ताहरुको लागि यस्को उच्च महत्व छ ।

Accumulation / Distribution (A/D) Formula:

A/D = Previous A/D + Current Period’s Money Flow Volume

Money Flow Volume = Money Flow Multiplier X Volume for the Period

Money Flow Multiplier = [(Close – Low) – (High – Close) ] / (High – Low)

Meaning:

Close = Closing Price

Low = Low Price

High = High Price

How to Read Accumulation/Distribution Chart?

Accumulation/Distribution लाइनको आधारमा कुनै पनि शेयरको Demand र Supply को बारेमा थाहा पाउन सकिन्छ ।

Types of Accumulation / Distribution Line:

Accumulation/Distribution लाइन ३ प्रकारको हुन्छ ।

  • The line is rising
  • The line is falling
  • The line is flat

Rising Line ले बजारमा लगानीकर्ताहरुले शेयर Accumulate गरिरहेको बुझिन्छ भने Flat लाइनले Accumulate वा Distribution दुबै हुन सक्ने बताउँछ तर चार्टको कुन ठाँउमा यस्तो Flat बनेको छ त्यसले मान्यता राख्दछ । चार्टको माथिल्लो भागमा बनेको छ भने स्मार्ट मनीले शेयर Distribute गरिरहेको बुझिन्छ भने तल्लो भागमा बनेको Flat लाइनले Accumulate भइरहेको संकेत गर्दछ । त्यसैगरी Falling लाइनले बजारमा उक्त शेयर Distribute भैरहेको बताउँछ ।

How To Read Accumulation / Distribution Line ?

Trend Confirmation: A/D लाइन यदि माथितिर बढीरहेको छ भने उक्त शेयरमा Buying Pressure छ र बजार Bullish Trend मा गइरहेको छ भन्ने बुझिन्छ भने त्यसको विपरित A/D लाइन तल तिर झरिरहेको छ भने बजारमा Selling Pressure छ र बजार अब Bearish Trend मा गइरहेको छ भन्ने बुझिन्छ ।

Divergences: कुनै पनि शेयरको चार्ट अध्ययन गर्दा यदि A/D लाइन र Price विपरित दिशा तिर गइरहेको छ भने त्यसलाई Divergences भनिन्छ । यसले Potential Trend Reversal को संकेत गर्दछ । अर्थात यदि Price बढीरहेको छ र A/D लाइन तल तल गएको छ भने Potential Bearish Trend को संकेत गर्दछ भने Price घटीरहेको छ र A/D लाइन माथि माथि गएको छ भने Potential Bullish Trendको संकेत गर्दछ ।

Accumulation/Distribution

Volume Confirmation: A/D लाइन तल वा माथि गइरहेकोछ र सोहि अनुसार Volume पनि बढीरहेको छ भने त्यसले trend’s strength लाई थप पुष्टी गर्दछ अर्थात Bullish वा Bearish मा potential भन्ने प्रष्ट पार्दछ ।

Support and Resistance Levels: A/D लाइनले Support लाई Break गर्दछ भने Bearish सेन्टीमेन्ट हावी भयो भन्ने जनाउँछ भने Resistance लाई Break गर्दछ भने Bullish सेन्टीमेन्ट हावी भयो भन्ने जनाउँछ ।

Advantages And Disadvantages of A/D line:

Advantages:

  • A/D लाइनले Buy वा Sell को लागि Early Signal दिन्छ । Volume Analysis को माध्यमबाट बजारमा प्रवेश गर्ने वा निस्कने निर्णयको लागि पूर्व तयारी अवस्थामा बस्न मद्दत गर्दछ ।
  • कुनै पनि कंपनीको कारोवारमा A/D लाइन प्लट गर्ने वित्तिकै बजारको Trend पत्ता लागि हाल्छ । बजारको अवस्था के कस्तो छ थाहा भै हाल्छ ।
  • A/D लाइन र मूल्यको विचमा Divergence देखिने वित्तिकै थप कारोवारको लागि सम्भावना जागृत हुन्छ ।
  • A/D लाइनले सम्भावित बजारमा करेक्सनको पूर्व संकेत गर्दछ ।

Disadvantages:

  • A/D लाइनले कुनै दुई अलग अलग समय विचको मूल्यमा भएको परिवर्तनलाई रेकर्ड गर्दैन । ग्यापलाई पनि कंसिडर गर्दैन ।
  • बजारमा Trend Strong छ भने त्यतिवेला देखा पर्ने मूल्य र A/D लाइनको Divergence ले काम गर्दैन ।
  • यदि बजार Sideways मा चलिरहेको छ भने A/D लाइनले काम गर्दैन ।
  • A/D लाइनले बजारमा किन्ने कि बेच्ने बारेमा मात्र संकेत गर्दछ तर कुन विन्दुमा प्रवेश गर्ने र कुन विन्दुमा बजारबाट बाहिर जाने जानकारी गराउन सक्दैन ।

अतः Accumulation/Distribution इन्डिकेटर नयाँ तथा पुराना लगानीकर्ताहरुको लागि एक महत्वपूर्ण इन्डिकेटर हो जसको उच्चतम प्रयोगबाट कुनै पनि कंपनीमा Accumulation Phase चलिरहेको छ कि Distribution Phase चलिरहेको छ सजिलै थाहा पाउन सक्ने हुँदा शेयर खरीद र विक्रिको लागि अतेन्तै उपयोगी मानिन्छ ।

यस सम्वन्धी Video Tutorial को लागि तलको Link मा थिचेर सिधै जान सक्नुहुनेछ ।

YouTube video Link: https://youtu.be/Bl0cGc52ikI

Leave a Reply

Your email address will not be published. Required fields are marked *