नेपाल धितोपत्र बोर्डमा दर्ता भएका कतिपय कंपनीहरुको लक इन पिरियड (Lock in Period) समाप्त भै धितोपत्र बजारमा कारोवारमा आइसकेका छन् भने कतिपय कंपनीहरुको निकट भविष्यमै लक इन पिरियड (Lock in Period) समाप्त हुदैंछ ।

ई. स. २०२३ देखि हालसम्म ( वि.सं २०८० सालको श्रावणदेखि फाल्गुण महिनासम्म ) ७ वटा कंपनीहरुको लक इन पिरियड (Lock in Period) समाप्त भैसकेका छन् भने सो मिति अगाबै अन्य धेरै कंपनीहरुको लक इन पिरियड (Lock in Period) समाप्त भै दोस्रो बजारमा सम्पूर्ण शेयर कारोवारमा आइसकेका छन् । हालै मात्र लक इन पिरियड (Lock in Period) समाप्त भएका ति ७ वटा कंपनीहरुमा GLH, NIFRA, CGH, MEN, UMRH, LEC, NRN पर्दछन् जस अन्तर्गत इन्भेष्टमेन्ट सेक्टरबाट २ वटा, होटल एण्ड टुरिजमबाट १ वटा र बाकीं ४ वटा हाइड्रोपावर कंपनीबाट पर्दछन् । सो को विस्तृत विवरण यस प्रकार छ ।

SymbolListed Share In NEPSEShare
Outstanding
Shares FloatedPromoter SharesPromoter Lock-In Till
A.DB.S (वि‍.स‌)NOS%NOS%A.DB.S (वि‍.स‌)


GLH
2021-03-15२ चैत्र २०७७18000000.003600000.00100.00%00%2024-02-18६ फाल्गुन २०८०
NIFRA2021-02-12३० माघ २०७७216000000.0086400000.00100.00%00%2024-03-06२३ फाल्गुण २०८०
CGH2021-02-05२३ माघ २०७७15340910.0015340910.00100.00%00%2024-01-22८ माघ २०८०
MEN2020-12-15३० मंसिर २०७७22632311.0022632311.00100.00%00%2023-12-02१६ मंसिर २०८०
UMRH2020-12-18३ पौष २०७७4431000.004431000.00100.00%00%2023-11-29१३ मंसिर २०८०
LEC2020-09-18२ आश्विन २०७७15000000.0015000000.00100.00%00%2023-09-02१६ भाद्र २०८०
NRN2020-08-25९ भाद्र २०७७12232117.0012232117.00100.00%00%2023-08-11२६ श्रावण २०८०
Name of Companies whose Promoter Share unlocked

लक इन पिरियड (Lock in Period) समाप्त भैसकेपछि उक्त कंपनीहरुको प्रमोटर सहितका शेयरहरुको कारोवार दोस्रो बजारमा हुने भएकोले लगानीकर्ताहरुको लागि यस विषयमा जानकारी हुनु जरुरी छ कारण उपरोक्त कंपनीहरुको दोस्रो बजारमा विक्रि चाप बढ्न जाने र बजार मूल्यमा प्रभाव पर्न जाने हुन्छ । कतिपय अवस्थामा लार्ज क्याप कंपनीहरुको लक इन पिरियड (Lock in Period) खुल्नु केहि समय अगाडि देखि नै बजारमा विक्रि चाप आउने गर्दछ कारण लक इन पिरियड (Lock in Period) खुलेपछि विक्रिमा समस्या नहोस् भनेर । कंपनीको लक इन पिरियड (Lock in Period) खुल्नासाथ बजारमा सधैं विक्रि चाप आउँछ नै भन्न सकिन्न किनकी कतिपय कंपनीहरुको लक इन पिरियड (Lock in Period) खुल्ला भएपछि बजारमा आएको विक्रि चापलाई सजिलै पचाइ दिएको उदाहरण पनि छन् । यस सम्वन्धमा ठूला तथा स्मार्ट लगानीकर्ताहरुको योजनामा पनि विक्रि चाप भर पर्ने गर्दछ । साना तथा थोरै मात्रामा मात्र बजारमा सप्लाई आउने कंपनीहरुको सम्वन्धमा भने लक इन पिरियड (Lock in Period) पछाडि खासै विक्रि चाप नदेखिएको पनि विगतको इतिहासले देखाउँछ । यस सम्वन्धमा लगानीकर्ताहरुले कुन कुन कंपनीहरुको लक इन पिरियड (Lock in Period) समाप्त हुदैंछ र तिनको लक इन पिरियड (Lock in Period) पश्चात बजारमा आउने शेयर संख्याको भने पूर्व आँकलन गर्नु बुद्धिमानी हुन्छ ।

सन् २०२४ भित्रै लक इन पिरियड (Lock in Period) खुल्ला हुने कंपनीहरुको संख्या १० वटा रहेको छ । ति १० वटा कंपनीहरु क्रमशः SHEL, RURU, CHDC, MKJC, TPC, SAHAS, BNHC, NYADI, MBJC, SPC हुन् । ति कंपनीहरुमद्दे ९ वटा कंपनीहरु हाइड्रोपावर सेक्टरका छन् भने १ वटा कंपनी इन्भेष्टमेन्ट सेक्टरबाट पर्दछ । सो को विस्तृत विवरण यस प्रकार रहेको छ ।

SymbolListed Share In NEPSEShare
Outstanding
Shares FloatedPromoter SharesPromoter Lock-In Till
A.DB.S (वि‍.स‌)NOS%NOS%A.DB.S (वि‍.स‌)


SHEL
2021-04-27१४ बैशाख २०७८19137480.005741244.0030.00%13396236.0070.00%2024-04-08२६ चैत्र २०८०
RURU2021-05-02१९ बैशाख २०७८4933237.00986647.0020.00%3946589.0080.00%2024-04-14२ बैशाख २०८१
CHDC2021-06-08२५ जेष्ठ २०७८8394100.002518230.0030.00%5875870.0070.00%2024-05-13३१ बैशाख २०८१
MKJC2021-09-21५ आश्विन २०७८3681430.001104429.0030.00%2577001.0070.00%2024-08-23७ भाद्र २०८१
TPC2021-10-29१२ कार्तिक २०७८4000000.001200000.0030.00%2800000.0070.00%2024-09-09२४ भाद्र २०८१
SAHAS2021-10-29१२ कार्तिक २०७८35000000.0010500000.0030.00%24500000.0070.00%2024-10-02१६ आश्विन २०८१
BNHC2022-01-16२ माघ २०७८4000000.001200000.0030.00%2800000.0070.00%2024-10-07२१ आश्विन २०८१
NYADI2021-11-24८ मंसिर २०७८15000000.004050000.0027.00%10950000.0073.00%2024-10-20४ कार्तिक २०८१
MBJC2021-12-24९ पौष २०७८60000000.0029400000.0049.00%30600000.0051.00%2024-10-27११ कार्तिक २०८१
SPC2021-11-24८ मंसिर २०७८5000000.001230000.0024.60%3770000.0075.40%2024-10-31१५ कार्तिक २०८१
Name of Companies whose lock in period will end soon

उल्लेखित कंपनीहरुमद्दे चाडैं नै लक इन पिरियड (Lock in Period) खुल्ने कंपनीमा सिंगटी हाइड्रोपावर कंपनी पर्दछ जसको लक इन पिरियड (Lock in Period) यहि चैत्र २६ गते समाप्त हुदैंछ । त्यसरी नै रुरु जलविद्युत कंपनीको बैशाख २ गते, सिइडिबि हाइड्रोपावर कंपनीको बैशाख ३१ गते लक इन पिरियड (Lock in Period) खुल्दैछ । माथि उल्लेखित कंपनीहरुमद्दे पछिल्लो मितिमा लक इन पिरियड (Lock in Period) खुल्ने कंपनीमा समलिंगी पावर कंपनी लिमिटेड हो जसको लक इन पिरियड (Lock in Period) २०८१ कार्तिक १५ गते समाप्त हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *