नेप्सेमा कारोबार भइरहेको सेक्टरहरुमा केहि सेक्टर ( Sector) बाहेक अन्य सेक्टर ( Sector) त्यति नचलिरहेको अवस्थामा फाइनान्स सेक्टरमा भने कतिपय कम्पनीले All Time High ब्रेक गरिसकेको अवस्था छ । सेक्टरमै पनि दैनिक रुपमा राम्रै चमक आइरहेको देख्न सकिन्छ । पछिल्लो कारोबार अनुसार नेप्सेको क्लोजिङ इन्डेक्स (Closing Index) २०६८.३१ रहँदा फाइनान्स सेक्टरको क्लोजिङ इन्डेक्स (Closing Index) २३३७.५७ रहेको छ । अघिल्लो बुलमा नेप्से र फाइनान्स इन्डेक्स झण्डैझण्डै बराबरको अवस्थामा थियो अर्थात नेप्सेले All Time High ३२२७.११ विन्दु चुम्दा फाइनान्स सेक्टरले ३३४२.७० को विन्दु चुमेको थियो ।

पछिल्लो कारोबार अनुसार नेप्सेमा All Time High बाट ५६.०३ प्रतिशतको गिरावट आएको छ अर्थात ११५८.८० अंकको गिरावट आई २०६८.३१ विन्दुमा क्लोजिङ (Closing) भएको छ भने फाइनान्स समूहमा All Time High बाट ४३.०० प्रतिशतको गिरावट आई २३३७.५७ विन्दमा क्लोजिङ (Closing) भएको छ । नेप्सेको समग्र इन्डेक्स भन्दा फाइनान्स सेक्टरमा र्याली आएको देख्न सकिन्छ ।
यसलाई तलको चार्टबाट प्रष्ट पार्न सकिन्छ ।

Nepse & Finance Company Index Comparison

नेप्सेमा सूचिकृत फाइनान्स सेक्टरका १५ वटा कम्पनीहरुमद्दे पछिल्लो कारोबारको आधारमा सबैभन्दा बढी मूल्य गोर्खा फाइनान्सको प्रतिकित्ता रु. ७७४.९० छ भने सबैभन्दा सस्तोमा प्रोग्रेसिभ फाइनान्सको प्रतिकित्ता रु. ४०१ छ ।
अघिल्लो बुलमा नेप्सेले All Time High बनाउँदा सन् २०२१ अगष्ट २२ मा गोर्खा फाइनान्सको प्रतिकित्ता १५०० रुपैंया सम्ममा कारोबार भएको थियो । त्यस हिसाबले अहिले बजारमा कारोबार भइरहेको मूल्य अघिल्लो All Time High भन्दा ९३.५७ प्रतिशत कम अर्थात रु. ७२५.१० ले कम हो ।
यसलाई चार्टबाट यसरी प्रष्ट पार्न सकिन्छ ।

Nepse to Gorkha Finance Index Comparison

त्यसैगरी प्रोग्रेसिभ फाइनान्सको All Time High मा ५३६.४५ रुपैंयासम्ममा कारोबार भएको थियो भने पछिल्लो कारोबार रु. ४०१ मा भएको छ ।
फाइनान्स कम्पनीहरुको अघिल्लो All Time High बाट हालको क्लोजिङ प्राइस (Closing Price) के कति बढी वा घटी छ भन्ने विश्लेषण तिर लागौं ।
अघिल्लो All Time High बाट सबैभन्दा बढी मूल्य घटेको फाइनान्समा गोर्खा फाइनान्स पर्दछ जसको मूल्य All Time High बाट ९३.५७ प्रतिशत अझै तल देखिन्छ भने दोस्रो सबैभन्दा बढी घटेको फाइनान्समा आइसिएफसि फाइनान्स पर्दछ जसको प्रति शेयर मूल्य अघिल्लो हाइबाट ९२.२३ प्रतिशत अझै तल छ ।
सबैभन्दा रोचक पक्ष के छ भने दुइवटा फाइनान्स कम्पनीहरु क्रमश मल्टिपर्पज फाइनान्स कम्पनी र नेपाल फाइनान्स कम्पनीको पछिल्लो कारोबार मूल्यले अघिल्लो बुलको All Time High लाई ब्रेक गरी माथि गैसकेको अवस्था छ । मल्टिपर्पज फाइनान्स कम्पनीको अघिल्लो बुलको All Time High मूल्य प्रतिकित्ता ४८२.१७ रुपैंया थियो भने हाल प्रतिकित्ता ५०६.४० रुपैंयामा कारोबार भैरहेको छ । त्यसैगरी नेपाल फाइनान्सको अघिल्लो बुलको All Time High मूल्य प्रतिकित्ता ५१५.२९ रुपैंया थियो भने हाल प्रतिकित्ता ७६०.४० रुपैंयामा कारोबार भैरहेको छ । यस हिसाबले अहिले नै मल्टिपर्पज फाइनान्स कम्पनीको हालको मूल्य All Time High भन्दा ४.८० प्रतिशत माथि छ भने नेपाल फाइनान्सको हालको मूल्य All Time High भन्दा ३२.२३ प्रतिशत माथि छ ।
यसलाई चार्टबाट बुझ्ने प्रयास गरौं ।

NFS & MPFL Broke Previous All Time High

अन्य फाइनान्स कम्पनीहरुमा मन्जुश्री फाइनान्स अघिल्लो बुलभन्दा ८२.६९ प्रतिशत कममा पछिल्लो कारोबार भैरहेको छ । सेन्ट्रल फाइनान्स अघिल्लो बुलभन्दा ७२.७४ प्रतिशत कममा पछिल्लो कारोबार भैरहेको छ । त्यस्तै गुडविल फाइनान्स अघिल्लो बुलभन्दा ६८.६२ प्रतिशत कममा पछिल्लो कारोबार भैरहेको छ । सम्बृद्धि फाइनान्स भने अघिल्लो बुलभन्दा १८.१४ प्रतिशत कममा मात्र पछिल्लो कारोबार भैरहेको छ ।
यस सम्वन्धी विस्तृत विवरण तलको चार्टबाट प्रष्ट हुन्छ ।

Finance Previous All Time High Price & Closing Price Comparison
SymbolListed Share
(Nos)
Floated SharesAll Time High PriceClosing PriceMore or Less %
GUFL8679938.004253169.621500.00774.90-93.57
ICFC11834710.005799007.701018.87530.00-92.23
MFIL13515524.006622606.82950.00520.00-82.69
CFCL9488755.004626716.74756.64438.00-72.74
GFCL9461152.004635964.48925.76549.00-68.62
RLFL11214518.005495113.72664.63405.00-64.10
GMFIL10121760.004824030.82659.84417.50-58.04
SIFC9816835.004810249.01671.90443.50-51.49
BFC8548168.003419267.12630.00453.00-39.07
PROFL8481060.004155719.40536.45401.00-33.77
PFL10825566.004330226.40818.52619.80-32.06
JFL6904728.003383316.92726.96555.00-30.98
SFCL8189115.003327237.42513.33434.50-18.14
MPFL6102000.002989980.00482.17506.504.80
NFS7295020.002918008.00515.29760.4032.23


तेस्रो त्रैमासिक रिपोर्टको आधारमा सबैभन्दा बढी नेटओर्थ (Net Worth) भएको कम्पनीमा मल्टिपर्पज फाइनान्स देखिन्छ जसको प्रति शेयर नेटओर्थ १५९.७५ रुपैंया रहेको छ भने सबैभन्दा कम नेटओर्थ (Net Worth) रहेको फाइनान्स कम्पनीमा प्रोग्रेसिभ फाइनान्स देखिन्छ जसको प्रति शेयर नेटओर्थ ६७.२३ रुपैंया मात्र देखिन्छ । नेटओर्थ (Net Worth) रु. १०० भन्दा पनि कम नेटओर्थ (Net Worth) भएका कम्पनीहरुमा रिलायन्स फाइनान्स, जानकी फाइनान्स, सम्बृद्धि फाइनान्स र प्रोग्रेसिभ फाइनान्स कम्पनीहरु हुन् । अन्य ११ वटा फाइनान्स कम्पनीहरुको नेटओर्थ (Net Worth) रु. १०० भन्दा बढी रहेको छ ।
यस सम्बन्धी विवरण यस प्रकार छ ।

Finance Fundamental Parameters
SYMBOLQUARTERCLOSENET PROFITEPSNET WORTHP/E RATIO
MFILQ3 – 080/08152015.10 Cr14.9159.7534.9
ICFCQ3 – 080/0815303.33 Cr3.75152.61141.33
GUFLQ3 – 080/081774.95.49 Cr8.53151.7190.84
GFCLQ3 – 080/081549-8.65 Cr-12.19145.72-45.04
GMFILQ3 – 080/081417.5-5.51 Cr-5.44141.08-76.75
NFSQ3 – 080/081760.413.19 Lac0.24134.833168.33
SIFCQ3 – 080/081443.53.12 Cr4.24133.6104.6
BFCQ3 – 080/08145380.26 Lac1.25132.97362.4
CFCLQ3 – 080/081438-6.15 Cr-8.64124.32-50.69
PFLQ3 – 080/081619.8-17.24 Cr-22.23116.26-27.88
MPFLQ3 – 080/081506.51.59 Cr3.48113.77145.55
RLFLQ3 – 080/081405-4.73 Cr-5.6298.37-72.06
JFLQ3 – 080/081555-10.86 Cr-20.9876.94-26.45
SFCLQ3 – 080/081434.5-6.94 Cr-8.4769.38-51.3
PROFLQ3 – 080/081401-5.49 Cr-12.9567.23-30.97

तेस्रो त्रैमासिक रिपोर्ट अनुसार ८ वटा फाइनान्स कम्पनीहरु घाटामा गएका छन् भने ७ वटा कम्पनी नाफामा गएका छन् । नाफामा जाने फाइनान्स कम्पनीहरुमा नेपाल फाइनान्स, बेष्ट फाइनान्स, मल्टिपर्पज फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, आइसिएफसि फाइनान्स, गोर्खा फाइनान्स र मन्जुश्री फाइनान्स छन् । सबैभन्दा बढी नाफा कमाउनेमा मन्जुश्री फाइनान्स र त्यस पछि गोर्खा फाइनान्स छन् भने सबैभन्दा बढी नोक्सान बेहोर्ने फाइनान्समा पोखरा फाइनान्स छ । जसले पछिल्लो क्वार्टरमा १७.२४ करोड घाटा बेहोरेको छ ।
पछिल्लो रिपोर्ट अनुसार प्रति शेयर आम्दानीमा सबैभन्दा अब्बल मन्जुश्री फाइनान्स र त्यसपछि गोर्खा फाइनान्स देखिएको छ । प्रति शेयर आम्दानी सबैभन्दा बढी ऋणात्मक हुने कम्पनीमा पोखरा फाइनान्स देखिएको छ । जसको प्रति शेयर आम्दानी २२.२३ रुपैंयाले ऋणात्मक छ ।
नेप्सेमा सूचिकृत शेयर संख्याको आधारमा सबैभन्दा कम शेयर भएको फाइनान्स कम्पनीमा मल्टिपर्पज फाइनान्स रहेको छ जसको जम्मा सूचिकृत शेयर संख्या ६१.०२ लाख कित्ता रहेको छ । त्यसैगरी सबैभन्दा बढी शेयर संख्या सूचिकृत भएको कम्पनीमा मन्जुश्री फाइनान्स कम्पनी रहेको छ जसको १.३५ करोड कित्ता शेयर सूचिकृत छ ।
कारोबारयोग्य शेयर संख्या सबैभन्दा कम भएको फाइनान्स भने नेपाल फाइनान्स हो जसको जम्मा २०.१८ लाख कित्ता मात्र बजारमा कारोबारयोग्य छ ।
ग्राहम नम्बर (Graham Number) को आधारमा सबैभन्दा कम फेयर भ्याल्यु भएको फाइनान्स कम्पनी नेपाल फाइनान्स हो जसको ग्राहम नम्बर जम्मा २६.९८ देखिन्छ भने ग्राहम नंबरको आधारमा सबैभन्दा बढी फेयर भ्याल्यु भएको कम्पनीमा मन्जुश्री फाइनान्स हो जसको फेयर भ्याल्यु (Fair Value) २३१.४२ रुपैंया रहेको छ ।
तुलनात्मक रुपमा क्वार्टर टु क्वार्टर ग्रोथ रेट (Growth Rate) बढी भएको कम्पनीमा मल्टिपर्पज फाइनान्स देखिन्छ भने सबैभन्दा ऋणात्मक ग्रोथरेट भएको कम्पनीमा रिलायन्स फाइनान्स देखिन्छ । ग्रोथरेटको आधारमा मल्टिपर्पज फाइनान्स बाहेक सबै फाइनान्सको ग्रोथरेट ऋणात्मक रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *