नेप्सेमा सूचिकृत भई पछिल्लो दिनको कारोबारमा सबैभन्दा बढी टर्नओभर (Turnover) आएका १० कम्पनीहरु क्रमशः नेपाल फाइनान्स लि. (NFS), गोर्खा फाइनान्स लि. (GUFL) , ग्लोबल आइएमइ लघुवित्त (GILB) , सिइडीबी हाइड्रोपावर (CHDC), हिमालयन लघुवित्त (HLBSL), एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभेलोपमेन्ट लि. (NRN) , जानकी फाइनान्स (JFL), पोखरा फाइनान्स (PFL), मल्टिपरपज फाइनान्स (MPFL) र माउन्टेन इनर्जी नेपाल लि. (MEN) हुन् ।

समूहगत विश्लेषण गर्दा उपरोक्त १० कम्पनीहरुमद्दे फाइनान्स (FINANCE) समूहका ५ वटा कम्पनी, लघुवित्त (MICROFINANCE) समूहका २ वटा कम्पनी, इन्भेष्टमेन्ट (INVESTMENT) समूहका २ वटा र हाइड्रोपावर (HYDROPOWER) समूहका १ वटा कम्पनी पर्दछन् ।

फाइनान्स (FINANCE) समूहमा पर्ने ५ वटा कम्पनीहरु नेपाल फाइनान्स लि. , गोर्खा फाइनान्स लि. , जानकी फाइनान्स, पोखरा फाइनान्स र मल्टिपरपज फाइनान्स हुन् । त्यसैगरी लघुवित्त (MICROFINANCE) समूहका कम्पनीहरु ग्लोबल आइएमइ लघुवित्त र हिमालयन लघुवित्त हुन् । इन्भेष्टमेन्ट (INVESTMENT) समूहका सिइडीबी हाइड्रोपावर डेभलपमेन्ट र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभेलोपमेन्ट लि. हुन् भने हाइड्रोपावर (HYDROPOWER) कम्पनीमा माउन्टेन इनर्जी नेपाल लि. हुन् ।

बजारमा कारोबारयोग्य शेयर संख्या (FLOATED SHARE) को हिसावले माथि उल्लेखित ५ वटै फाइनान्स कम्पनीहरु लो क्याप (LOW CAP) कम्पनीहरु हुन् । ति सबै फाइनान्स कम्पनीहरुको बजारमा कारोबारयोग्य शेयर संख्या प्रत्येकको ५० लाख कित्ता भन्दा कम रहेको छ । सबैभन्दा कम कारोबारयोग्य शेयर (FLOATED SHARE) संख्या नेपाल फाइनान्स लि. को रहेको छ ।
त्यसैगरी लघुवित्त समूहका कम्पनीहरु ग्लोबल आइएमइ लघुवित्त र हिमालयन लघुवित्त वित्तीय संस्थाको बजारमा कारोबारयोग्य शेयर (FLOATED SHARE) संख्या क्रमशः १८.५७ लाख र १५.६७ लाख कित्ता रहेको छ । कारोबारयोग्य शेयर संख्याको हिसाबले यि कम्पनीहरु ज्यादै साना (LOW CAP) कम्पनीहरु हुन् ।

इन्भेष्टमेन्ट समूहका सिइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लि. मिड क्याप कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभेलोपमेन्ट लि. हाइ क्याप (HIGH CAP) कम्पनीहरु हुन् । यिनीहरुको कारोबारयोग्य शेयर (FLOATED SHARE) संख्या क्रमशः ८३.९३ लाख र १.२२ करोड कित्ता छन् ।

हाइड्रोपावर कम्पनीमा माउन्टेन इनर्जी नेपाल लि. हाइ क्याप (HIGH CAP) कम्पनी हो जसको बजारमा कारोबारयोग्य शेयर (FLOATED SHARE) संख्या २.२६ करोड कित्ता रहेको छ ।

फाइनान्स समूहमा पर्ने ५ वटा कम्पनीहरुमद्दे तेस्रो त्रैमासिक रिपोर्टको आधारमा जानकी फाइनान्स र पोखरा फाइनान्स लि. खुद नोक्सानीमा रहेको देखिन्छ भने बाकीं ३ फाइनान्स कम्पनीहरु नाफामा रहेको छ । उपरोक्त फाइनान्स कम्पनीहरुमद्दे सबैभन्दा बढी प्रतिशेयर आम्दानी गोर्खा फाइनान्सको रहेको छ । जसको प्रति शेयर आम्दानी ८.५३ रुपैंया रहेको छ ।

लघुवित्त समूहमा पर्ने २ वटा कम्पनीहरु तेस्रो त्रैमासिक रिपोर्टको आधारमा दुबै नाफामा रहेको देखिन्छ । उपरोक्त लघुवित्त कम्पनीहरुमद्दे सबैभन्दा बढी प्रतिशेयर आम्दानी ग्लोबल आइएमइ लघुवित्तको रहेको छ । जसको प्रति शेयर आम्दानी २३.१० रुपैंया रहेको छ । त्यसैगरी हिमालयन लघुवित्तको प्रति शेयर आम्दानी ४.७५ रुपैंया रहेको छ ।

इन्भेष्टमेन्ट समूहमा पर्ने २ वटा कम्पनीहरु तेस्रो त्रैमासिक रिपोर्टको आधारमा दुबै नाफामा रहेको देखिन्छ । उपरोक्त इन्भेष्टमेन्ट कम्पनीहरुमद्दे सबैभन्दा बढी प्रतिशेयर आम्दानी सिइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लि. को रहेको छ । जसको प्रति शेयर आम्दानी १३.१२ रुपैंया रहेको छ । त्यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभेलोपमेन्ट लि. को प्रति शेयर आम्दानी ४.५६ रुपैंया रहेको छ ।

हाइड्रोपावर समूहमा पर्ने एउटा मात्र कम्पनी माउन्टेन इनर्जी नेपाल लि. को तेस्रो त्रैमासिक रिपोर्टको आधारमा नाफामा रहेको देखिन्छ । कम्पनी माउन्टेन इनर्जी नेपाल लि को प्रति शेयर आम्दानी १३.६६ रुपैंया रहेको छ ।

प्राविधिक रुपमा चार्ट विश्लेषण गर्दा फाइनान्स समूह बुलिस देखिन्छ । आरएसआइ ६५.८६ र म्याकडीमा बाइ क्रस ओभर रहेकोले यो समूह ट्रेण्डिङ जोनमा रहेको जनाउँछ ।

प्राविधिक रुपमा चार्ट विश्लेषण गर्दा लघुवित्त समूह पनि बुलिस देखिन्छ । आरएसआइ ५७.७६ रहेको छ भने म्याकडीमा केहि दिन यता सेल्स क्रस ओभर रहेको देखिन्छ ।

प्राविधिक रुपमा चार्ट विश्लेषण गर्दा इन्भेष्टमेन्ट समूह वियरीस देखिन्छ । आरएसआइ ४८ं७१ रहेको छ भने म्याकडीमा केहि दिन यता सेल्स क्रस ओभर रहेको देखिन्छ ।

प्राविधिक रुपमा चार्ट विश्लेषण गर्दा हाइड्रोपावर समूह बुलिस देखिन्छ । आरएसआइ ६१.७८ र म्याकडीमा बाइ क्रस ओभर रहेकोले यो समूह ट्रेण्डिङ जोनमा रहेको जनाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *