Action plans to be implemented by Nepal Rastra Bank & the Securities Board through the necessary decisions and instructions of the Government of Nepal and the Ministry of Finance for the development of the capital market:

Role of Securities Board of Nepal

विश्व शेयर बजारको ईतिहास पुरानो भैसक्दा नेपाली शेयर बजारको स्थापना र सुरुवात भने २०५० सालमा नेपाल स्टक एक्सचेन्चको स्थापना पश्चात मात्र विधिवत रुपमा भएको हो । झण्डै ३ दशक पार गरेर आजको दिनमा आइपुग्दा प्राथमिक र दोस्रो बजारमा गरी झण्डै ६२ लाख नेपाली लगानीकर्ताहरु शेयर बजारमा आवद्द भएको पछिल्लो तथ्यांक छ ।

शेयर बजारलाई विश्व अर्थतन्त्रको ऐनाको रुपमा चित्रण गरिने भएकोले कुनै पनि देशको आर्थिक विकासको मापन गर्ने सबैभन्दा सजिलो र भरपर्दो सुचकांक त्यस देशको स्टक इन्डेक्स (शेयर सुचकांक) लाई मानिन्छ । त्यसैले कुनै पनि देशले अन्य देशमा आर्थिक लगानी गर्नुपुर्व त्यस देशको शेयर सुचकांक के कति छ भनेर अध्ययन गर्ने गर्दछन् ।

वि.स. २०५० मा नेप्सेको स्थापनासगैं Open Cry System बाट सुरु भएको पुँजी बजारले त्यसको १४ वर्ष पछि अर्थात २०६४ सालबाट मात्र बल्ल कम्प्युटरकृत स्वचालित कारोवार सुरु भयो । जब कि विश्व शेयर बजार धेरै अघिदेखि नै Paper less पूर्ण स्वचालित अनलाईन कारो्बारमा आधारित छ ।

२०६७ सालमा केन्द्रिय निक्षेप प्रणाली स्थापना भए पश्चात Paper less शेयर कारोबारको सुरुवात भएपनि आजको दिनसम्म आइपुग्दा पनि पूर्ण स्वचालित तथा विश्व स्तरीय कारोवार प्रणाली स्थापना हुन सकेको छैन । अपर्याप्त कानुन तथा नियमन पूर्वाधार र सूचना प्रवाहको कमजोरी, धितोपत्र बजारमा संस्थागत लगानीकर्ताहरुको न्यून सहभागीता, कमजोर संस्थागत सुशासन जस्ता कारणले नेपालमा धितोपत्र कारोवारको उचित विकास र विस्तार हुन सकेको छैन ।

नेपाली शेयर बजारलाई विश्व स्तरीय र विश्वसनिय तुल्याउन नेपाल सरकार र अर्थमन्त्रालयबाट निम्न लिखित कार्यहरु प्रभावकारी रुपमा गर्न गराउन तत्काल निर्णय एवं निर्देशन हुन आवश्यक देखिन्छ ।

तत्काल र मध्यकाल भित्र गरिनुपर्ने कार्यहरुः

  • शेयर धितो कर्जामा हाल नेपाल राष्ट्र बैंकले लगाएको सिमा तत्काल हटाउनु पर्दछ ।
  • शेयर कर्जामा लगाएको जोखिम भारलाई तत्काल १०० प्रतिशतमा झार्नुपर्दछ ।
  • प्रिमियममा आइपिओ जारी गर्न दिने नीतिलाई खारेज गरी आवश्यकता अनुसार विश्वसनीय कंपनीहरुलाई बुक विल्डिङ विधि मार्फत मात्र आइपिओ जारी गर्ने व्यवस्था मिलाउनु पर्दछ ।
  • नेप्सेमा सूचिकृत सबै क्षेत्र र वर्गका कंपनीहरुको कम्तिमा पनि ५१ प्रतिशत शेयर साधारणमा परिवर्तन नहुने गरी नीतिगत व्यवस्था गर्नुपर्दछ ।
  • हाल नेपालमा पनि अनलाईनको माध्यमबाट शेयर कारोवार हुदैं आएको अवस्थामा शेयर दलाल लगायत सरोकार निकायहरुको सबै प्रकारको प्रशासनिक कार्यहरु पहिले भन्दा कम जनशक्तिबाट नै गराउन सकिने अवस्था सृजना भएको र कारोवार रकम दिन प्रतिदिन बढ्दै जाने हुँदा धितोपत्र कारोवारमा लगाउँदै आएको कमिसन तत्काल घटाउनु पर्दछ ।
  • ब्रोकर मार्फत नै शेयर कर्जा दिन तत्काल शुरु गर्नुपर्दछ ।
  • नेप्सेमा सर्ट सेल, ईन्ट्रा डे लगायतका सुविधा तत्काल थप्नुपर्दछ ।
  • विश्वका प्राय सबै देशहरुमा कम्तीमा पनि एउटा सरकारी तथा एउटा प्राइभेट स्टक एक्सचेन्ज कार्यरत रहेको र त्यसबाट स्वच्छ प्रतिस्पर्धा कायम हुन गई छिटो छिटो नया नया औजार र उपकरण धितोपत्र बजारमा प्रयोगमा आएको हुँदा नेपालमा पनि नेपाल स्टक एक्सचेन्जमा रणनीतिक साझेदार भित्राउनुको साथै समयानुकुल पुर्नरसंरचना गर्ने र पारदर्शी रुपमा थप एक प्राईभेट स्टक एक्सचेन्जको तत्काल स्थापना गर्नुपर्दछ ।
  • नेपालको शेयर बजार भरखरै बामेसर्दै गर्दाको अवस्थामा रहेकोले अवको केहि वर्षसम्म विशेष प्रकारको व्यवस्था गर्दै हालको पुँजीगत लाभकरलाई धारण अवधीको आधारमा वर्गिकरण गरी ५ वर्षभन्दा बढी अवधी धारण गरीसकेका लगानीकर्ताहरुलाई सून्य पुँजीगत लाभकर लगाउने र अन्यको हकमा हालको पुँजीगत लाभकर दर घटाउनु पर्दछ ।
  • पूर्वाधारयुक्त अत्याधुनिक सवल र सक्षम क्लियरींग कम्पनीको अभावमा द्रुत गतिमा कारोवारको अभिलेखीकरण, राफसाफ, तथा व्यवसायिकरणमा चुनौती थपिएको हुदा यसमा तत्काल सुधार हुनुपर्दछ ।
  • नागरिक लगानी कोष, सञ्चयकोष, नेपाल प्रहरी, नेपाल आर्मी कल्याणकारी कोष, नेपाल टेलिकम लगायत धेरै पुँजी संचय गरेर बसेका संस्थागत लगानीकर्ताहरुलाई निश्चित प्रतिशतसम्म दोस्रो बजारमा सहज रुपमा कारोवार गर्नसक्ने व्यवस्था मिलाउनु पर्दछ ।
  • शेयर कारोवारमा लाग्दै आएको रु. २५ को डि.पि चार्ज अत्यधिक भएकोले यसलाई रु. ५ मा सिमित गर्नुपर्दछ ।
  • कारोवार फछर्यौट समयलाई क्रमशः टि प्लस वान र टि प्लस जिरो मा ल्याउने व्यवस्था मिलाउनु पर्दछ ।
  • विश्व स्तरीय पूर्ण स्वचालित धितोपत्र सम्वन्धि कारोवार गर्ने सफ्टवेयरको कमीले गर्दा नेपालमा धितोपत्रको कारोवार अन्तराष्ट्रिय स्तरको ईन्टिग्रेटेड पूर्ण स्वचालित हुन नसकि रहेको तथा लगानीकर्ताहरुले पूर्ण स्वचालित कारोवारको अनुभूति गर्न नसकिरहेको अवस्थामा तत्काल अन्तराष्ट्रिय स्तरको पूर्ण स्वचालित सफ्टवेयर प्रयोगमा ल्याउनुपर्दछ ।
  • विद्यमान धितोपत्र ऐन तथा धितोपत्र नियमावली, निर्देशिकाहरु समय सापेक्ष हुनेगरी तत्काल संसोधन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा धितोपत्रको कारोवार गर्न सकिने व्यवस्था मिलाउनुपर्दछ ।
  • धितोपत्र खरीद विक्रिका नयाँ वित्तिय उपकरण (औजारहरु) तत्काल उपयोग गर्न सकिने व्यवस्था मिलाउनुपर्दछ ।
  • धितोपत्र बजारमा संस्थागत धितोपत्र तथा सरकारी ऋणपत्रहरुको पूर्ण रुपमा अभौतिकीकरण हुन बाकीं देखिएको, पुँजी बजारका अन्तराष्ट्रिय रुपमा प्रयोगमा आएका कयौं औजारहरु नेपालमा प्रयोगमा नआएको, नेप्सेले गर्ने सूचिकृत कंपनीहरुको वर्गिकरण अन्तराष्ट्रिय स्तरको नभएको, संस्थागत लगानीकर्ताहरु भित्राउन नसकिरहेको, पूँजी बजारको दायरा विस्तार नभएको, रियल सेक्टरलाई सहज रुपमा धितोपत्र बजारमा प्रवेश गराउन नसकिरहेको अवस्थामा तत्काल यस्ता समस्याहरुको समाधानको लागि सरकारी स्तरबाट हस्तक्षेप गरी उचित कार्वाही अगाडी बढाउनुपर्दछ ।
  • गैर आवासीय नेपालीहरुलाई शेयर बजारमा प्रवेश गराउन र कारोवारमा संलग्न गराउन भएका बाधा अड्चन तत्काल फुकाउनुपर्दछ ।
  • धितोपत्र बोर्डको संस्थागत तथा नियमन क्षमता बृद्धि गरी बजारको नियमन र निगरानीमा उच्च दक्षतायुक्त आधुनिक नियमन प्रणाली लागू गर्नुपर्दछ । बोर्डको प्रादेशिक कार्यालय स्थापना गर्नुपर्ने, भित्री कारोवारलाई तत्काल रोक्न र कडा कार्वाही गर्ने व्यवस्था मिलाई वित्तिय सूचना चुहाई अप्राकृतिक र अपराधिक कारोवारीहरुलाई तत्काल नियन्त्रण र दण्डनीय बनाउनु पर्दछ ।
  • ओटिसी बजारलाई प्रविधि मैत्री अटोमेटेड बनाई लागू गर्नुपर्ने, प्राइभेट इक्विटी फण्ड, भेन्चर क्यापिटल फण्ड जस्ता लगानी योजना तत्काल प्रया्गमा ल्याउनुपर्ने, विश्वव्यापी रुपमा प्रचलनमा रहेको बुक बिल्डिंग प्रणालीलाई पारदर्शी किसिमले मात्र प्रयोगमा ल्याउने व्यवस्था मिलाउने, सेटलमेन्ट बैंक, सिडिएसएल डिम्याटको सेवा दिने मर्चेण्ट बैंकहरुसँग नेप्सेलाई पूर्ण रुपमा आबद्ध गर्नुपर्दछ ।
  • स्टक डिलरहरुलाई बजारमा सहज रुपमा प्रवेश गराउने व्यवस्था मिलाउनु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *