चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक रिपोर्ट प्रकाशित गर्ने उत्पादन समूहमा रहेका कम्पनीहरुमद्दे ४ वटा कम्पनीहरु सिमेन्ट उत्पादन कम्पनीहरु हुन् । ति कम्पनीहरुमा घोराही सिमेन्ट र सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको चालु आ.ब को तेस्रो त्रैमासिक रिपोर्ट अनुसार खुद नाफा ऋणात्मक रहेको छ । त्यसैगरी सर्वोत्तम र शिवम् सिमेन्ट कम्पनीले भने खुद नाफा सकारात्मक छ । गत वर्षको सोहि अवधिको तुलनामा शिवम् सिमेन्ट कम्पनीको खुद नाफा घटेको छ भने सर्वोत्तम सिमेन्टको खुद नाफा भने बढेको छ । उत्पादन समूहमा नै पर्ने हिमालयन डिष्टिलरीको पनि बिक्री आम्दानी घटेको कारण खुद नाफा ३९.५५ प्रतिशतले घटेको छ ।


सिमेन्ट कम्पनीहरुको संचित कोषको कुरा गर्नुपर्दा सबैभन्दा बढी संचित कोष घोराही सिमेन्टको सबैभन्दा बढी अर्थात ५ अर्ब ५० करोड ६१ लाख छ । दोस्रो धेरै संचित कोष सर्वोत्तम सिमेन्टको ५ अर्ब २४ करोड १८ लाख छ भने शिवम् सिमेन्टको ४ अर्ब ४३ करोड, ३४ लाख र सोनापुर मिनरल्सको २ अर्ब १७ करोड रुपैंया संचित छ । उत्पादन समूहको अर्को कम्पनी हिमालयन डिष्टिलरीको भने ५२ करोड ८२ लाख रुपैंया संचित कोषमा रहेको छ ।
घोराही सिमेन्टको कुल नाफा ५७.७६ प्रतिशतले घटेको र अन्य आम्दानी पनि ८९.६३ प्रतिशतले घटेको कारण खुद नाफा ऋणात्मक हुन गई प्रति शेयर आम्दानी पनि १८.७६ रुपैंयाले ऋणात्मक रहेको छ । त्यस्तै सोनापुर मिनरल्सको पनि बिक्री आम्दानीमा ३१.९३ प्रतिशतले घटेको कारण र अन्य आम्दानी पनि ९९.३९ प्रतिशतले घटेको कारण खुद नाफा ऋणात्मक हुन गई प्रति शेयर आम्दानी पनि ९.०४ रुपैंयाले ऋणात्मक हुन गएको छ ।
त्यस्तै सर्वोत्तम सिमेन्टले भने बिक्री आम्दानी र अन्य आम्दानीमा बृद्धि गरेको कारण खुद नाफामा ३२.०३ प्रतिशतले बृद्धि गर्न सफल भएको छ जसका कारण प्रति शेयर आम्दानी पनि बढ्न गएको छ । समीक्षा अवधिमा यस कम्पनीको प्रति शेयर आम्दानी ३.४६ रुपैंया हुन पुगेको छ । अर्को सिमेन्ट कम्पनी शिवम् ले भने बिक्रि आम्दानीमा ९.८९ प्रतिशतले बृद्धि गरेको छ । बिक्रि लागत बढेको कारण खुद नाफा भने घट्न पुगेको र जसको कारण प्रति शेयर आम्दानी पनि घटेको छ ।
यस समूहको अर्को कम्पनी हिमालयन डिष्टिलरीको बिक्रि आम्दानीमा ठूलो ह्रास आएको कारण प्रति शेयर आम्दानीमा निक्कै ठूलो ह्रास आएको छ ।
यस सम्बन्धि विवरण यस प्रकार रहेको छ ।

Manufacturing and Processing
SymbolPeriodFloated
Share
Net ProfitEPSNet WorthP/E Ratio
GCILQ3 – 080/08186.79 Lac-64.26 Cr-14.07220.55-34.12
SONAQ3 – 080/0811.08 Cr-27.80 Cr-9.04170.73-48.67
SARBTMQ3 – 080/08126.70 Lac12.08 Cr3.46212.73221.1
SHIVMQ3 – 080/0815.03 Cr20.43 Cr5.42188.1991.11
HDLQ3 – 080/0811.12 Cr21.04 Cr10.5119.7122.86
Third Quarter Report

प्राविधिक रुपमा यस समूह नन ट्रेडिङ जोनमा रहेको छ । आरएसआइ ४० को आसपास र म्याकडीमा बियरिस क्रस ओभर कायमै रहेको देखिएकोले कारोबारको लागि पर्ख र हेर को अवस्थामा रहेको संकेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *