Third Quarter (Q3) Report

नेपाल स्टक एक्सचेन्जमा सूचिकृत कंपनीहरुमद्दे केहि कंपनीहरुले हालै मात्र तेस्रो त्रैमासिक रिपोर्ट प्रकाशित गरेका छन् । तेस्रो त्रैमासिक रिपोर्ट प्रकाशित गरेका ति कंपनीहरुमा आरएसडिसी लघुवित्त वित्तीय संस्था, नेपाल फाइनान्स लिमिटेड र ज्योति विकास बैंक लिमिटेड हुन् ।

कंपनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आरएसडिसी लघुवित्त वित्तीय संस्थाको खुद नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा बढेको छ भने अन्य दुई कंपनीहरु नेपाल फाइनान्स लिमिटेड र ज्योति विकास बैंक लिमिटेडको खुद नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा घटेको छ ।
कंपनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार केहि कंपनीहरुको शेयर पुँजीमा बृद्धि भएको छ । जस अन्तर्गत आरएसडिसी लघुवित्त वित्तीय संस्थाको शेयर पुँजी गत बर्षको दाँजोमा ८.६० प्रतिशतले बृद्धि भएको छ भने नेपाल फाइनान्स लिमिटेडको शेयर पुँजीमा ०.२७ प्रतिशत बृद्धि भएको छ । ज्योति विकास बैंक लिमिटेडको शेयर पुँजीमा कुनै पनि परिवर्तन भएको छैन ।
आरएसडिसी लघुवित्त वित्तीय संस्थाको खुद ब्याज आम्दानी घटे पनि इम्पेरमेन्ट चार्ज रिर्भस भएको कारण रिटेन्ड अर्निंङ तथा जगेडा कोषमा बृद्धि भएको छ । नेपाल फाइनान्स लिमिटेडको भने इम्पेरमेन्ट चार्ज बढेको कारण खुद नाफा, रिटेन्ड अर्निंङ तथा जगेडा कोषमा कमी आएको छ । ज्योति विकास बैंक लिमिटेडको पनि इम्पेरमेन्ट चार्ज बढेको कारण खुद नाफामा संकुचन आएको छ भने रिजर्भ एण्ड सरप्लसमा भने ८.४५ प्रतिशतको बृद्धि भएको छ ।
यस सम्वन्धी विवरण तलको तालिकामा देखाइएको छ ।

Third Quarter (Q3) Report
COMPANYSHARE CAPITAL
In ‘000’
RETAINED EARNING
In ‘000’
RESERVE & SURPLUS
In ‘000’
RSDC Laghubitta Bittiya Sanstha944351112707233126
Nepal Finance Limited729496-221002254052
Jyoti Bikas Bank Limited4395785-2866581503381
Third Quarter Report Analysis

आरएसडिसी लघुवित्त वित्तीय संस्थाको डिपोजिट र बरोइङ्समा ४.६१ प्रतिशतले गिरावट आएको छ भने लोन तथा एड्भान्समा पनि सामान्य गिरावट आएको छ । नेपाल फाइनान्स लिमिटेडको भने डिपोजिट र बरोइङ्स एवं लोन तथा एड्भान्समा उल्लेखनीय बृद्धि भएको छ । प्रतिशतको आधारमा क्रमशः २४.२९ प्रतिशत र ३३.२५ प्रतिशतको बृद्धि भएको छ । त्यसैगरी ज्योति विकास बैंकको भने सामान्य परिवर्तन मात्र छ । खुद व्याज आम्दानीमा भने आरएसडिसी लघुवित्त वित्तीय संस्थाको १३.४८ प्रतिशतको गिरावट छ भने बाकीं दुई कंपनीहरु क्रमशः नेपाल फाइनान्स लिमिटेड र ज्योति विकास बैंक लिमिटेडको खुद ब्याज आम्दानी भने गत बर्षको सोहि अवधिको तुलनामा १३.२८ प्रतिशत र १.७५ प्रतिशत बृद्धि भएको छ ।
यस सम्वन्धी विवरण तलको तालिकामा देखाइएको छ ।

COMPANYDeposit & Borrowings In
‘000’
Loan & Advances
In ‘000’
Net Interest Income
In ‘000’
RSDC Laghubitta Bittiya Sanstha56579826597897185194
Nepal Finance Limited2244815173673875953
Jyoti Bikas Bank Limited63425431507313891706859
Third Quarter Report Analysis

कंपनीहरुको अपरेटिङ प्रोफिटको कुरा गर्नुपर्दा आरएसडिसी लघुवित्त वित्तीय संस्थाको गत बर्षको तुलनामा ३०.३० प्रतिशतले बृद्धि भएको छ भने बाकीं दुई कंपनीहरु क्रमशः नेपाल फाइनान्स लिमिटेड र ज्योति विकास बैंक लिमिटेडको अपरेटिङ प्रोफिटमा ८२.२३ प्रतिशत र २४.४० प्रतिशतले गिरावट आएको छ । वितरणयोग्य मुनाफाको बारेमा विश्लेषण गर्दा आरएसडिसी लघुवित्त वित्तीय संस्थाको रु. आठ करोड एकसठ्ठी लाख भन्दा बढी रहेको छ भने बाकीं दुई नेपाल फाइनान्स लिमिटेड र ज्योति विकास बैंक लिमिटेडको वितरण योग्य नाफा ऋणात्मक रहेको छ । प्रतिशेयर आम्दानीमा आरएसडिसी लघुवित्त वित्तीय संस्थाको गत बर्षको तुलनामा सामान्य बृद्धि भई रु. १५.८३ पुगेको छ । नेपाल फाइनान्स लिमिटेडको प्रति शेयर आम्दानी २४ पैसा मात्र रहेको छ भने ज्योति विकास बैंक लिमिटेडको रु. ४.६२ रहेको छ ।
यस सम्वन्धी विवरण तलको तालिकामा देखाइएको छ ।

COMPANYOperating Profit
In ‘000’
Distributable Profit
In ‘000’
EPS
(Rs.)
RSDC Laghubitta Bittiya Sanstha1601288618315.83
Nepal Finance Limited1883-2210020.24
Jyoti Bikas Bank Limited220769-2866584.62
Third Quarter Report Analysis

नेटओर्थको सम्वन्धमा तिनैवटा कंपनीको सामान्य बृद्धि भई आरएसडिसी लघुवित्त वित्तीय संस्थाको रु. १२४.६९, नेपाल फाइनान्स लिमिटेडको रु. १३४.८३ र ज्योति विकास बैंक लिमिटेडको रु. १३४.२० पुगेको छ । कंपनीहरुको खराब कर्जाको प्रतिशत मद्दे सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडको ९.२४ प्रतिशत रहेको छ । वितरणयोग्य प्रति शेयर आम्दानीमा आरएसडिसी लघुवित्त वित्तीय संस्थाको रु. १२.१७ छ जुन अघिल्लो त्रैमासको भन्दा बढी हो ।

यस सम्वन्धी विवरण तलको तालिकामा देखाइएको छ ।

COMPANYNetworth
(Rs.)
Non Performing Loan
NPL
Distributable EPS
(Rs.)
RSDC Laghubitta Bittiya Sanstha124.692.9912.17
Nepal Finance Limited134.839.24
Jyoti Bikas Bank Limited134.24.97-8.69
Third Quarter Report Analysis

यस प्रकार पछिल्लो त्रैमासिक रिपोर्टको आधारमा आरएसडिसी लघुवित्त वित्तीय संस्थाको वित्तीय अवस्था अन्य दुई कंपनीहरुको दाँजोमा अलि बढी मजबुत रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *