वारेन एडवर्ड बफेट एक अमेरिकी व्यापारी, लगानीकर्ता र परोपकारी हुन् जसले हाल बर्कशायर हाथवे कंपनीका सह संस्थापक, अध्यक्ष र सीईओको रुपमा काम गर्छन । बफेट विश्वका सबैभन्दा प्रसिद्ध लगानीकर्ताहरु मध्ये एक हुन् । ९३ वर्षका बुफेट अमेरिकाका नेब्रास्कामा जन्मेका हुन् । फोब्सका अनुसार उनी करीब १३८ बिलियन डलरका मालिक हुन् । बफेट अहिलेसम्मकै सबैभन्दा सफल लगानीकर्ताका रुपमा विश्वमा चिनिन्छन् ।


वारेन बुफेटको पोर्टफोलियोमा मूख्य मूख्य निम्नानुसारका १० कंपनीहरुको शेयर रहेका छन् ।

APPLE (AAPL)

Bank of America (BAC)

American Express Co. (AXP)

Coca- Cola Co. (KO)

Chevron (CVX)

Occidental Petroleum (OXY)

Kraft Heinz (KHC)

Moody’s Corp (MCO)

Mitsubishi Corp (8058:TYO)

Mitsui & Co. (8031:TYO)

वारेन बुफेटको कंपनी बर्कशायर हाथवेको महत्वपूर्ण ४५ स्टकहरुमध्ये माथिका १० वटा शीर्ष कंपनीहरुको होल्डिंङले लगभग ८७ प्रतिशत प्रतिनिधित्व गर्दछ । बुफेटको होल्डिंङहरुको त्रैमासिक रुपमा रिपोर्ट प्रकाशन हुन्छ जस्को कारण सर्वसाधारणहरुले उनको पोर्टफोलियोको नियमित जानकारी प्राप्त गर्दछन् ।

वारेन बुफेटले सन् २०२३ मा केहि नयाँ स्टकहरु थपेका थिए ति स्टकहरुमा लिबर्टी लाइभ सिरिज सि, लिबर्टी लाइभ सिरिज ए, सिरियस एक्सएम, एटलान्टा ब्रेभ होल्डिंङस लगायतमा आफ्नो हिस्सेदारी बढाएको पाइन्छ । त्यस्तै कतिपय स्टकहरु भने गत वर्ष विक्रि गरेको पनि खुलाइएकोछ ।

गतवर्षको चौथो क्वाटर रिपोर्ट अनुसार निम्नानुसार शेयरहरु बिक्रि गरेको पाइन्छ ।

Globe Life (GL)

D.R. Horton (DHI)

Stone Co. (STNE)

Markel (MKL)

त्यस्तै गतवर्षको चौथो क्वाटर रिपोर्ट अनुसार केहि कंपनीहरुमा आफ्नो होल्डिंङस घटाएका पनि छन् । घटाएका ति कंपनीहरु यस प्रकार छन् ।

APPLE (AAPL) reduced by 1.1%

Paramount Global (PARA) reduced by 32.4%

HP (HPQ) reduced by 77.7%

वारेन बुफेटको लगानी रणनीति भनेकै दीर्घकालिन हो । छोटो समयको लागि खरीद र विक्रि गर्ने गरी बुफेटको कंपनीले लगानी गर्दैनन् । अटल प्रतिवद्धता र गहिरो अध्ययन पश्चात मात्र कुनै पनि कंपनीमा लगानी गर्ने रणनीतिका कारण बुफेटले पैसा र प्रतिष्ठा दुबै कमाउन सफल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *