Heikin Ashi Candlestics Indicator को शेयर खरीद र विक्रिमा प्रयाेग गर्ने तरीका :

जापानीज भाषामा Heikin भनेको Average र Ashi भनेको Bar हो । Heikin Ashi Indicator चाहे भरखर शेयर बजारमा प्रवेश गर्ने नयाँ लगानीकर्ता हुन् वा पूराना लगानीकर्ता हुन् सबैको लागि एक उत्तम र सरल Indicator हो । यो Indicator बुझ्नमा सरल र उपयोगमा पनि त्यति नै सजिलो छ । त्यसको लागि यसको बनोटको वारेमा सबैभन्दा पहिला जानकारी हुन जरुरी छ अर्थात यसको OPEN, CLOSE, HIGH र LOW को बारेमा ।

Close=1/4 (Open + High + Low + Close)

(The average price of the current bar)

Open=1/2(Open of Previous Bar + Close of Previous Bar)

(The midpoint of the previous bar)

High=Max [High, Open, Close]

Low=Min [Low, Open, Close]

माथि उल्लेख भए बमोजिमको Formula बाट Heikin Ashi Candle को निर्माण हुन्छ ।

Heikin Ashi Candle बन्नको लागि अघिल्लो दिनको Data पनि प्रयोग हुने हुँदा यसले Candle Formation मा हुने Noise लाई हटाउँछ र Smooth Candle को Formation हुन्छ अर्थात Gap Opening हुदैंन ।

Heikin Ashi Candle जम्मा ३ प्रकारको मात्र हुन्छ जब कि अन्य Normal Candle सयौं प्रकारको हुन्छ । ३ प्रकारको Candle हरुमा Dozi, Bearish र Bullish हुन् ।

Heikin Ashi Candlesticks Indicator बुझ्न असाध्यै सजिलो छ । बजारको Trend कता गइरहेको छ सजिलै देख्न सकिन्छ । नर्मल Candlesticks Pattern मा हुने Noise लाई हटाउने हुँदा False Signal बाट बचाउँछ ।

अव यसको प्रयोगबाट कसरी Trend पत्ता लगाउन सकिन्छ हेरौं । तलको चित्रमा Bullish, Bearish र Trend Reversal Pattern देखाइएको छ ।

अव यस्का फाइदाको कुरा गर्नुपर्दा माथि नै उल्लेख गरेझैं तिनवटा मात्र Candle को प्रकार भएकोले बुझ्न ज्यादै सजिलो, एकदमै साधारण नियमहरु र Trend Reversal को प्रारम्भिक संकेत सजिलै बुझ्न सकिन्छ भने बेफाइदाको कुरा गर्नुपर्दा यो अलि ढिलो संकेत गर्ने Indicator को रुपमा लिन सकिन्छ ।

Real Chart मा Heikin Ashi Candlesticks Indicator तल देखाइएकाेछ ।

माथिकाे चार्ट अनुसार काराेवार गर्दा Simply Bearish Trend सुरु भएपछि Exit गर्ने , Bullish Trend मा Entry गर्ने, Strong Bullish Trend मा अझै कित्ता थप्न सकिन्छ भने Strong Bearish Trend मा आफुसँग भएकाे बाकी कित्ता पनि बेच्न सकिन्छ ।

यस सम्वन्धी Tutorial Video हेर्नकाे लागि माथिकाे निलाे ब्यानरकाे अन्तमा भएकाे YOUTUBE CHANNEL Icon मा थिच्नुहाेस् वा तलकाे Link मा थिचेर सिधै YouTube काे Tutorial Video मा जान सकिनेछ ।

Link: https://youtu.be/PVoF2mcYRwo

Leave a Reply

Your email address will not be published. Required fields are marked *